माओवादी प्रतिपक्षमै बसः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संसदीय व्यवस्था मान्ने हो भने एकीकृत माओवादीले प्रतिपक्षमै रहेर सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रमुख दलहरु अहिले संयमित भएको आफुले अनुभव गरेको बताउँदै उहाँले प्रतिपक्षमा रहेको दल सरकारमा सहभागी नभै सशक्तरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेमा जनतालाई बलियो बनाउन सकिने धारणा राख्नुभयो ।

घोषित मितिमा राम्रो संविधान बनाएर निर्वाचनमा जानुपर्नेमा जोड दिंदै उहाँले ठूला दलहरु संवेदनशील भएमा समयमै संविधान बन्नेमा शंका नरहेको स्पष्ट पार्नुभयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले संविधानसभाका समितिहरुमा दलहरुबीच एकमत नहुँदा संविधान निर्माण कार्यमा अप्ठ्यारो आएको बताउनुभयो ।

“दलहरुबीच मतैक्यता नहुँदा समितिहरुमा निर्णय गर्न कठिनाई भएको छ, जसले संविधान निर्माण कार्यमा अप्ठ्यारो पारेको छ” उहाँको भनाई थियो ।

संविधानसभामा रहेका ६ सय १ जना सभासदलाई संविधान निर्माण गर्ने क्रममा एनजीओ र आइएनजीओका सोही संख्या भन्दा बढीले सहयोग पुर्‍याइरहेकोले कसले संविधान बनाउँदै छ भन्ने कुरा स्पष्ट भएको समेत उहाँले खुलासा गर्नुभयो । अध्यक्ष बिजुक्छेले संविाधानसभामा ६२ प्रतिशत कम्युनिष्ट सभासद रहेको तर तिनीहरुबीच एकता नहुँदा पुँजीवादी संविधान बन्ने खतरा रहेको दावी गर्नुभयो ।

संविधान निर्माण र लडाकु व्यवस्थापनलाई एउटै प्राथमिकतामा राखेर हेर्न नहुने भन्दै उहाँले विस्तृत शान्ति सम्झौता अनुसार उनीहरुको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्र कानुन र वैधानिक हैसियत प्राप्त नभएकोले त्यसले सहमति र सहकार्य बाहेक अरु कुराको छिनोफानो गर्न नसक्ने बिजुक्छेको भनाई छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: