डीसी क्षेत्रमा ३० ईन्चसम्म हिउँ पर्न सक्ने

वासिंङटन डीसी मेट्रो क्षेत्रमा शुक्रबार अर्थात् फेव्रुअरी ५ तारिख विहान दश बजेदेखि पर्ने अनुमान गरेको हिउँ विहान साढे नौ बजेदेखि नै पर्न शुरु गरेको छ ।

स्थानीय ग्रोसरी स्टोरहरुमा विहानै छ बजेदेखि नै आफूहरुलाई चाहिने दैनिक अत्यावश्यक सामानहरुको जोहो गर्नेहरुको भीड १२ बजे दिउँसोसम्म पनि भीडभाड देखिन्थ्यो ।

स्थानीय पेट्रोलपम्पहरु -ग्याँसस्टेशन)मा गाडीमा तेल भर्नेहरुको भीड पनि उत्तिकै देखिन्थ्यो । स्थानीय सरकारी कार्यालयहरु समेत आकश्मिक विदा दिइएको छ भने अति आवश्यक सेवा गर्ने ठाउँहरुमा कर्मचारीका लागि नजिकैका होटलहरुमा बस्ने व्यवस्था मिलाइएका छन् । त्यसैगरी स्थानीय होटलहरुमा काम गर्नेहरुका लागि पनि होटलमै बस्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी स्थानीय क्षेत्रका डल्लास, रोनाल्ड रेगन तथा बाल्टिमोरमा रहेका एयरपोर्टहरुमा विहानका सेवा सुचारु रुपमा चलेपनि दिउँसोदेखि उडानहरुमा अवरुद्द हुन थालेको छ र स्थानीय हवाइ सेवाले यात्रुहरुलाई एयरपोर्ट आउनुअघि आफ्नो उडानकाबारेमा जानकारी लिइमात्र एयरपोर्ट आउन आहृवान गरेको छ ।

आज फेरी हिउँ २० देखि ३० ईन्च सम्म पर्न सक्ने संभावनाहरु रहेको मौसमविद्हरुले जानकारी दिएका छन् । अहिले हल्का रुपमा झर्न थालेको भए पनि शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म अत्यधिक मात्रामा हिउँ झर्ने अनुमान रहेको स्थानीय एवीसी समाचारका मौसमविद्हरुले जानकारी दिएका छन् ।

आउने आइतबार भने घाम लाग्ने जानकारी गराइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: