हतियार सहित भारतीय प्रहरी नेपाली भुमीमा /नयाँ तरिकाले सोच्छौं- माओवादी

नेपालमा राष्ट्रिय स्वाधिनताको आन्दोलन चलिरहेकै वेला भारतीय प्रहरी एसएसवीका जवानहरु हतियार सहित नेपाली भुमीमा प्रवेश गरेका छन् । मंगलवार विहान ११ बजे उनीहरु हतियार सहित नेपालको वहृमदेबजारमा प्रवेश गरेका हुन् । उनिहरुले नेपाल प्रवेश गरि माओवादीद्धारा प्रकाशित राष्ट्रिय स्वाधिनताको पोष्टर च्यातेर लगेका छन् । सुरुमा भारतीय प्रहरीले नेपाल प्रहरीलाई पोष्टर च्यात्न आग्रह गरेको र नेपाली प्रहरीले नमानेपछी उनिहरुले आफै पोष्टर च्यातेर लगेको स्थानियवासी तारा नेगीले बताए ।

उनीहरुले नेपालका सिमा स्तम्भ हेर्ने भन्दै नेपाल प्रवेश गरेपछी नेपालका प्रहरीले उनीहरुलाई बाटो देखाउदै लगेको स्थानियपासीले जानकारी दिएका छन् । सोही घटनाको विरोध गर्दै जनताहरुले वहृमदेव टनकपुर सिमा क्षेत्र तीन घण्टा वन्द गरेका छन् । एउटा सार्वभौम मुलुकमा हतियार सहित प्रवेश गरेका एसएसवीलाई कार्वाही गरिनुपर्ने भन्दै जनताहरुले नाकावन्दी गरेका हुन् । प्रवेशपछी त्याहाको जनजीवन आतंकित भएको छ ।

नेपालमा हतियार सहित प्रवेश गरेका एसएसवीलाई गिरफ्तार गर्नुको साटो संरक्षण गरेको भन्दै जनताहरु प्रहरीप्रति आक्रोशित भएका छन् । हतियार सहित भारतीय प्रंहरी जिल्लाकै दोधारा सुन्दरनगरमा प्रवेश गरेको महिना दिन वित्न नपाउदै भारतीय प्रहरी फेरी नेपाली भुमीमा प्रवेश गरेको हो । यसैबीच एकिकृत नेकपा माओवादीका ईन्चार्ज डिडि पाण्डेय सहितको टोलीले वुधवार नै सो क्षेत्रको निरिक्षण गरेको छ ।

ईन्चार्ज पाण्डेयले सो विषयमा आफ्नो पार्टी गम्भीर भएको र त्यसवारे नया तरिकाले सोचिने वताउनुभयो । उहाले पटक पटक यस्तो हुने गरेको र सरकारको लाचारीपनका कारण सो समस्या उत्पन्न भएको वताउनुभयो । प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काले हतियार सहित नेपाली भुमीमा प्रवेश गर्नु अन्तराष्ट्रिय कानुन विपरित भएको बताउनुभयो । उहाँले सीमा समस्या समाधानका लागि भारतीय पक्षसंग वार्ताको तयारी भैरहेका जानकारी दिँदै सीमामा भारतीय ज्यादती भएको स्वीकार गर्नुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: