एसएसबीद्वारा नेपाली घर भत्काउन दवाव

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले इलामका नेपाल-भारत सीमावर्ती श्रीअन्तु-८ गुफापाताल नजिक नेपाली भूमीमा बनाइएका घरटहरा भत्काउन दवाव दिएको छ । ती नेपाली टहरा आफ्नो सीमा सुरक्षा पोष्ट नजिक रहेको भन्दै एसएसबीले भत्काउन दवाव दिएको हो ।

‘मेरै जग्गामा बनाएको घर टहरा दशगजा क्षेत्रमा परेको भन्दै भत्काउन दवाव दिइरहेका छन्,’ स्थानीय चन्द्रमान लिम्बुले भन्नुभयो, ‘आजै उठ, भोली उठ भन्छ, यस्तो दवावमा कसरी बस्नु ।’ दशगजा क्षेत्रमै भारतीय नागरिकले बनाएका घटहराबारे भने नेपाली अधिकारीहरुले पनि नबोलेको स्थानीयको गुनासो छ ।

‘नेपाली जमिन मिचेको कुरा गर्‍यो भने दुई देशबीचको कुरा हो, माथिको जे आदेश आउँछ त्यही गर्छौं भन्छन्,’ मिलन क्षेत्रीले भननुभयो । एसएसबीका अधिकारीहरुले नेपाली सुरक्षाकर्मीसँग पनि दुर्व्यवहार गर्ने गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवेन्द्र पाण्डेले स्वीकार गर्नुभयो ।

‘हामीलाई पनि हेप्न खोज्छन्,’ पाण्डेले भन्नुभयो, ‘सर्वसाधारणलाई नहेप्ने त कुरै भएन ।’ पूर्वी इलामको पशुपतिनगर क्षेत्रमा भारतीय पक्षबाट ज्यादती भइरहेको सीमा प्रशासन शाखाका प्रमुख यज्ञप्रसाद आचार्यले बताउनुभयो । ‘हामी निरीक्षणमा जाँदा ठिक्क पार्छन्, कोही नहुँदा स्थानीयबासीलाई धम्क्याउने र तर्साउने गर्छन्’ आचार्यले भन्नुभयो, ‘यो समस्या यथावत छ ।’ राजधानी दैनिकबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: