श्रेष्ठलाई मानार्थ विद्यावारिधि

काठमाडौ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको तानाशाहि व्यवस्थाका समयमा सहायकमन्त्री तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसमेत भइसक्नुभएका राजेशकाजी श्रेष्ठ भारतकै प्रख्यात अनुसन्धान संस्थाबाट मानार्थ विद्यावारिधिको पद्वीबाट सम्मानित हुनुभएको छ।
भारतको नयाँदिल्लीस्थित फरेन पोलिसी रिसर्च इन्स्टिच्यूटले नेपालको व्यापारिक क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी पदमा रही आर्थिक गतिविधिका साथै दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रबर्द्धनमा विशेष भूमिका निर्वाह गरेवापत अध्यक्ष श्रेष्ठलाई सो पदबाट सम्मानित गरिएको हो।
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका अध्यक्ष समेत रहेका श्रेष्ठलाई एक समारोहबीच
उक्त उपाधि प्रदान गरिएको छ।
सो अवसरमा भारतीय इन्स्टिच्यूटका अध्यक्ष एवम् सभासद् प्रा.डा. प्रसन्नकुमार पटासिनीले शान्ति स्थापना, आर्थिक प्रबर्द्धन र कुटनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयुक्त राष्ट्रसङ्घसम्बद्ध राष्ट्रका विशिष्ट व्यक्तित्वलाई यस किसिमको मानार्थ विद्यावारिधिबाट सम्मानित गर्ने संस्थाको नीति रहेको स्पष्ट पार्नुभयो।
सम्मानित व्यक्तित्व अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य तथा व्यापार प्रबर्द्धन क्षेत्रमा निरन्तर लागिपरेको बताउँदै प्राप्त सम्मानबाट आफूमा थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो संस्थाका कार्यकारी निर्देशक डा. जेके पटेलले भारतसँग विभिन्न देशको कुटनीतिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९१ मा स्थापना गरिएको सो संस्थाले आफ्ना देशका साथै बाहिरी मुलुकका नीति निर्माणकर्तालाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउँदै आएको बताउनुभयो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: