तराई आर्मीका प्रमुख सहित आत्मसमर्पण

प्रहरीको सर्वाधिक खोजिको सुचिमा रहेका भुमिगत सगठन तराई आर्मिका केन्दि्रय नेतासहित २ जनाले बुधबार जिल्ला प्रहरी कार्यालयमा हतियारसहित आत्मसमर्पण गरेका छन् । लामो समयदेखि चन्दा अपहरण तथा बम बिस्फोटमा सलग्न दुबैलाई राजनीतिक दलको पहलमा प्रहरीले आत्ममर्पण गराएको हो ।प्रहरीले ६ महिना भित्रमा रौतहटमा दुई दर्जन भन्दाबढि भुमिगत सगठनका नेता तथा कार्यकर्तालाई आत्मसमर्पण गराईसकेको छ । रौतहटको रघुनाथ पुर गाबिस घर भएका भुमिगत सगठन तराई आर्मिका केन्दि्रय अध्यक्ष सञ्जय साह (मिस्टर सागर) र केन्दि्रय सदस्य बलीरामदास तत्मा (मिस्टर बिशाल) ले आत्मसमर्पण गरेका हुन । उनीहरुले एक थान नलकटुला पेस्तोल, एक थान थि्रफिफि्टी पेस्तोल र एक थान देशी राईफल र ६ राउण्ड गोली सहित आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द थपलियाले बताए ।स्थानीय सरमुजवा गाविसका मुखिया रामचन्द्र साह र मिठुअवा गाविसका सचिदानन्द साहको पहलमा उनीहरुले आत्मसमर्पण गरेको सचारकर्मीलाई बताए । तराई आर्मीका तत्कालिन केन्दि्रय मिस्टर जोन प्रहरी कारबाहीमा मारिए पछि केन्दि्रय कमाण्डको मोर्चा मिस्टर सागरले नै सम्हालेका थिए ।

तराई आर्मीले काठमाण्डौं, रौतहटको चन्द्रनिगाहपुर, कटहरिया, सर्लाही, पर्सा लगायतको स्थानमा बम बिस्फोट गराई एक दर्जन बढिको हत्या गरेेको थियो । घट्नामा दुई दर्जन बढि घाईते भएका थिए । आत्मसमर्पण गरेका दुबैले पार्टीको नीति ठिक नभएकाले आत्मसमर्पण गरेको बताए ।

राजधानमा ०६४ भदौमा तराई आर्मिले नै बम बिस्फोट गराएको थियो । आत्मसमर्पण पछि सन्जय साहलाई प्रहरीले निगरानीमा राख्ने गरी छाडे पनि बलीराम दास तत्मा भने ब्यापारी अपहरणको मुद्धामा जाहेरी परेकाले प्रहरी हिरासतमा छन ।

प्रहरीले जिल्लाको बिभिन्न स्थानमा सर्च गरी पक्राउ गरेका जनतान्त्रीक ज्वाला समुहका एरिया ईन्चार्ज मधुसुधन राय जिल्ला सदस्य भुपेन्द्र यादब र कार्यकर्ता सुनिल यादबलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको छ । प्रहरीले उनिहरुको साथमा रहेको ३ थान हतियार र गोली समेत बरामद गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: