सबभन्दा बढी गाली खाने प्रधानमन्त्री को?

राज्यको नेतृत्वतहमा पुगेपछि जनताको वाहवाही पाउनु पर्ने प्रधानमन्त्रीहरुले कहिल्यै जनताको माया र सद्भाव पाएको नेपालको राजनीतिमा देखिदैन। २०४६ सालको बहुदलदेखि ०६२/६३ को लोकतन्त्रसम्मलाई केलाएर हेर्ने हो भने ८ जना प्रधानमन्त्री भएका छन्।
तर, कुनै पनि प्रधानमन्त्रीलाई जनताले राम्रो दृष्टिले हेरेको पाइन्न। प्रधानमन्त्री हुनु पूर्व निकै नाम कमाएका नेताहरु प्रधानमन्त्री भएपछि एकाएक जनताको नजरबाट गिरेका हुन्छन्। भ्रष्टाचार, कुर्सीमोह, नातावाद, कृपावाद, कार्यकर्ता मोह, विदेश मोह जस्ता घृणित कृयाकलापले गर्दा नै देशले हरेक पटक पाएका प्रधानमन्त्री जनताका लागि आँखाको कसिंगर भएका छन्। भोट माग्न जनतालाई आश्वासनको लड्डु बाढ्ने र चुनाव जितेपछि जनतालाई नै लोप्पा खुवाउने प्रवृत्तिले गर्दा नै आम जनता सरकार र राजनीतिक दललाई जुन जोगी आए पनि कानै चिरिएको भन्दै तिरष्कार गर्न थालेका छन्।
सरकारमा बसेपछि विपक्षीको आलोचना र गाली सुन्नु लोकतान्त्रिक पद्दतिको अनुशरण मानिन्छ। विश्वका जुनसुकै लोकतान्त्रिक मुलुकमा सरकारले विपक्षी चर्को आलोचना सुन्नुपर्दछ र जुन नेपालमा पनि भइरहेको छ। देशमा २०४६ सालको बहुदलदेखि २०६२/०६३ को लोकतन्त्रसम्ममा आइपुग्दा हरेक दलका सरकारले विपक्षीको चर्को आरोप खेपेको छ। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला ७ पटक प्रधानमन्त्री भए, कांग्रेस नेता शेरबहादुर देउवा ३ पटक प्रधानमन्त्री भए, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द दुई–दुई पटक प्रधानमन्त्री भए। त्यस्तै एमाले नेता स्व. मनमोहन अधिकारी, माओवादी अध्यक्ष प्रचण्ड एक–एक पटक प्रधानमन्त्री भए। यि सबै प्रधानमन्त्रीले विपक्षी र जनताको समेत गाली खाएका छन्। कोइराला लाउडा एयर काण्ड र पार्टीमा भ्रष्टाचार संस्कृति भित्र्याएकाले गालीको पात्र बने, देउवा ज्ञानेन्द्र शाहलाई जनताको अधिकार सुम्पिएर आलोचित बने। स्व. अधिकारी महाकाली सन्धि गरेर सबैको आाखाको कसिंगर बने, सूर्यबहादुर थापा आ136नै दलका नेतालाई हटाएर प्रधानमन्त्री बन्ने र दरबारलाई खुशी पार्ने काममा लागेका गालीको पात्र बने, चन्द जसले जे भन्यो त्यसैको लहलहैमा दौडिने भएकाले सधैा गाली खाइरहे र माओवादी अध्यक्ष प्रचण्ड सबभन्दा ठूलो दलको नेतृत्व गर्दै प्रधानमन्त्री भएर पनि सबैलाई समेटेर हिाड्न नसकेकोले आलोचित हुनुपर्योन।

यि सबै प्रधानमन्त्रीहरूमा सबभन्दा बढी गाली खाने र आलोचित हुने प्रधानमन्त्री को होलान्? माथि उल्लेखित मध्ये कोही पनि होइनन्। गाली खाएर रेकर्ड ब्रेक गर्ने ती हुन् वर्तमान सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल। प्रधानमन्त्री नेपालले कुर्सीमा बसेदेखि नै गाली सुन्दै आएका छन् टिके र हरुवा प्रधानमन्त्री भनेर। विपक्षीहरूले उनलाई शब्दैपिच्छे हरुवा र टिके भनेर तिखो व्यंग्य गर्छन्। आन्दोलनरत एकीकृत नेकपा माओवादी नेतहरू हरेक दिन प्रधानमन्त्रीलाई सत्तो सराप गर्छन् कठपुतली सरकारको प्रधानमन्त्री, विदेशीको इशारामा बनेको प्रधानमन्त्री आदि इत्यादि भनेर। प्रधानमन्त्री नेपाल जहाा पुग्छन् त्यहाा माओवादी कार्यकर्ता कालो झण्डा देखाउन पुग्छन् र ढुंगामुढामै उत्रिन्छन्।

माओवादीको मात्र होइन प्रधानमन्त्री नेपालले आम सर्वसाधारणको पनि उत्तिकै गाली सुन्नु परेको छ। उनले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै बन्द र हडतालको सिलसिला ह्वात्तै बढेको छ मूल्यबृद्धिले आकाश छोएको छ, दण्डहिनताले प्रशय पाएको छ। नागरिक समाजका अगुावहरू भन्छन्– देशमा टिकेहरूले राज गरेपछि यस्तै दुरावस्था आउाछ। प्रधानमन्त्री नेपाल हातबाट टिका लगाएर मन्त्री बनेकाहरू विदेश सयर गर्ने मोह र भ्रष्ट आचरणले पनि प्रधानमन्त्रीलाई नै गाली खुवाइरहेको छ।

सरकारको नेतृत्व सम्हालेदेखि गाली सुनेरै हैरान भएका प्रधानमन्त्रीले विदेशीबाट पनि उत्तिकै गाली सुन्नु परेको छ। भारतको आशिर्वादमा प्रधानमन्त्री भए लगत्तै ढोगभेट चढाउन दिल्ली पुगेका प्रधानमन्त्री सुपुर्दगी सन्धि, एयर मार्शल सम्झौता र अधुरो सीमा नक्शामा हस्ताक्षर गर्न तयार नभएपछि भारतको गाली सुनेर फर्किए। पछिल्लो समयमा भारतीय विदेशमन्त्री एसएम कृष्णाले नेपालमै आएर प्रधानमन्त्रीलाई गाली गरेर फर्किएका छन्। माओवादीले शुरु गरेको सीमा अतिक्रमणविरुद्धको आन्दोनल नदबााएको भन्दै विदशेमन्त्री कृष्णा प्रधानमन्त्रीदेखि रिसले चुर भएको उनी निकट श्रोत बताउाछ। त्यस्तै सोमबार दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी प्रमुख उपसहायक विदेशमन्त्री प्याटि्रक मुनले प्रधानमन्त्री नेपाललाई ४५ मिनेटसम्म गाली गरेको श्रोतको दावी छ। श्रोतका अनुसार माओवादीका गतिविधि रोक्न नसकेको भन्दै मुनले प्रधानमन्त्री र सरकारको चर्को आलोचना गरे। उनले कुनै हालतमा पनि माओवादीलाई शक्तिमा नल्याउन प्रधानमन्त्रीलाई निर्देशन दिएको श्रोत बताउाछ। श्रोत भन्छ– मुनले चीन विरोधी आन्दोलनमा सरकारले सहयोग नगरेको भन्दै रोष प्रकट गरेका छन्।
janadabab weekly

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: