मेरो दिलको रानी कल्पना !

मुटु भरिको माया तिमीलाई जन्म जन्म भरिलाई मात्र तिमीलाई है कल्पना ।
कल्पना ! आज म आस्था को कमजोर बैशाकी टेकी जिन्दगीको अस्पस्ट गोरेटोमा अज्ञात सम्भावना को खोजी गर्दै घिस्री रहेको छु ,त्यहा जहाँ म जस्ता हजारौ अभागि आत्मा हरु धेरै बर्षा देखी अथाक अथाक घिस्री रहेका छन । म चाँही घिस्री रहे को छु मात्र तिमीलाई पाउने आशा मा अनी तिमि सगै जीवन बाच्ने अटल विश्वाशमा ।
कल्पना ! सबै कुरा मिलेर अनी बाडेर सापटी र पैचो लियर पनि चलाऊन सकिन्छ तर एउटा कुरा कसै सग पनि बाड्न सकिदैन र मिल्दैन पनि त्यो के हो थाहा छ ? म कुरा गर्दै छु जीवन साथीको बारेमा । हो कल्पना – आफ्नो जीवन साथी एक पलको लागि मात्र पनि अरु कसै पराईको लागि सोच्न मात्र पनि सकिदैन । त्यो नितान्त निजी हुन्छ कसै सग बाड्न मिल्दैन पनि । अनी त तिम्रो आत्मा मा कहिले कही मेरो बारेमा प्रश्न पनि उठ्दो हो । म यसलाई कहिले पनि नराम्रो सोच्दिन किन कि साच्चो माया ले खोज्ने विश्वाश नै यही हो कल्पना । अनी मलाई नै पनि यस्तै लाग्छ आफ्नो मान्छे पराइ नबनोस ।
आज म जे जती लख्दै छु त्यो पनि तिम्रै विश्वाश जित्नलाई नै हो कल्पना म कहिले ईमेल आइडि दिनु तयार हुन्छु भने कहिले ……….यसको एउटा मात्र मग्सद हो तिम्रो माया निरन्तर निरन्तर पाइ रहु अनी अर्को कुरा साच्ची नै तिमी भन्दा मेरो लागि कुनै अरु ठुलो कुरा छैन । यस्को लागि म जुन सुकै अग्निपरिक्षा दिन पनि तयार छु । यो हिजो पनि थियो र बाचुन्जेल रही रहने छ मात्र तिम्रो लागि मात्र । कल्पना अतित को पाना हरुमा तिमी सगको स्वर्णिम पलहरु सुनै सुनले लेखियको छन । हामी भोली पर्सी भेट भयर कुरा गर्दा पनि त्यतिनै रमाइलो लाग्नेछ जती रमाइलो आज लागि रहेको छ । तिमी सग मेरो गहिरो माया मात्र होइन अती गहिरो माया बस्यो । यो माया को लागि मैले दियको बचनहरु त्यतिन्जेल बाचि रहने छ जतिन्जेल म आफु बाच्ने छु । यो कुरा त सच्चाइको कसिमा रघेटिदा मात्र थाहा हुने छ कल्पन । त्यती बेला सबै पर्द खुल्ने छ ।
कल्पना ! हामी पल पल हाम्रो सपना को मन्जिल तिरै लम्की रहेक छौ । सेकेण्ड सेकेण्ड गर्दै बित्दै छ समयहरु । जुन समयले हामीलाई हिजो छुट्टायको थियो त्यो समयले नै भोली भेट्टाइ दिने छ । जुन दोबाटोले हामीलाई अलग गरेको थियो त्यही बाटो ले हामीलाई मिलाउने छ । यही हो साच्चो कुरा यसलाई नै हामीले पनि कुर्नु पर्छ है ।
मेरो जीवन त तिमीलाई नै समर्पन गरी रहेको छु तर आज को रात चाँही बिशेष समर्पन गरे तिम्रो नाम मा । आज निद्रा देबी को काख मा मेरो आँखाले बास लिन सकेन । गुर्लुम्मा सिरक ओढेर जती नै निदाउन खोजे पनि पटक्कै निद्रा लागेन । अनी म आँफै आफ्नो कल्पना मा म रमाउन थाले । सुनेको थिय – ”कल्पना यथार्थ भन्दा जहिले पनि अघाडी हिन्छ रे ” हुन पनि हो नै रहेछ जस्तो पनि लाग्यो । हामी पुग्नु भन्दा धेरै पहिले चाहन र कल्पना नै त पुगेको हुन्छ होईन त ? यस्तै यस्तै सोच्दै कोल्टे फेर्छु । मेरो कल्पना लाई कस्ले पो छेक्न सक्छ र ? म कल्पना मा नै रमाउन लाग्छु । चिसो रातहरुमा म मात्र हुन्छु । यो चिसो को समय मा म तिम्रो न्यानो काख लाई सिरानी बनाउन पाय कती आनन्द आउने थियो होला । मेरो अगालो भरी तिमीलाई कस्न पाय कती मज्जा हुने थियो होला ? अनी मन मा बेग्लाई किसिम को मिठो अनुभुती भयो । मैले तिमीलाई भेटे जस्तो पनि लाग्यो । तिमीले पनि कती रातहरु यसरी नै कल्पना गरेर बितायकी छौ त्यो पनि मलाई थाहा छ । सबै भन्दा ठुलो कुरा त तिमि लाइ मेरो मायाले मेरो सामुमा नै धेरै पल्ट रुवायको छ। यो मैले कहिले पनि भुल्ने छुइन नि कल्पना । मायाले यकले अर्काको साथ खोज्दो रहेछ यकान्तमा समिप्यता खोज्दो रहेछ । मेरो हिजोको सारा रातको लागि समिप्य भयर मिठो साथ दियौ अनी त मैले भने – आज को रात तिम्रो लागी बिशेष बिशेष समर्पन अनी धेरै धेरै धन्यवाद पनि छ तिमीलाई ।

Advertisements

2 Responses to “मेरो दिलको रानी कल्पना !”

  1. Ashika Says:

    GREAT JUST ! KALPANA YOU MUST BE GREAT !!!

    Like

  2. Unknown Says:

    Wow good article

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: