लाखौं नेवा:हरुको माझमा दशरथ रङसालामा नेवा: स्वायत्त राज्य घोषणा सभा सम्पन्न

नेवार समुदायको बाहुल्यता रहेको राजधानीमा नेवाः स्वायत्त गणराज्य घोषणा भएको छ । नेवाः मंका खल सङ्घर्ष समितिमा आवद्ध विभिन्न नेवार सङ्घसङ्गठनहरूको आयोजनामा भएको घोषणासभामा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्यहरू, नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका दलहरूका नेताहरू सहभागी छन् ।

शनिबार राजधानीको दशरथ रङ्गशालाबाट नेवाः राज्यको सीमा पनि घोषणा गरिएको छ भने छुट्टै झन्डाको आकार पनि घोषणा गरिएको छ । यस्तै नेवाः राज्यका लागि राष्ट्रिय गान पनि छुट्टै बनाइएको माओवादी सभासद् हितमान शाक्यले जानकारी दिए ।

यसअघि माओवादीले केन्द्रीयस्तरबाट नेवाः राज्य घोषणा गरेको थियो । नेवाः राज्यमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेलगायत विभिन्न १२ वटा जिल्लाहरू समावेश गरिएका छन् ।

अहिले पनि विभिन्न ठाउँबाट नेवारी सँस्कृति झल्किने झाँकीसहितको र्‍याली काठमाडौँको दशरथ रङ्गशालामा आउने क्रम जारी छ । घोषणासभामा हजारौं नेवार सैनिकहरुले परेड र सलामी चढाएका थिए । नमस्ते युरोप बाट

आफ्नै झण्डा र राष्ट्रिय गान सहित नेवारद्वारा छुट्टै राज्यको घोषणा

नेवार स्वायत्त संघर्श समितीले आज राजधानिबाट नेवार स्वायत्त गणराज्य घोषणा गरेको छ । प्रमुख राजनितीक दलका प्रतिनिधिहरु सहितको उपस्थितीमा राजधानिको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजित कार्यक्रमका विच नेवा स्वायत्त गणराज्य घोषणा गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: