जातीय गणराज्यको घोषणा प्रक्रिया, सीमाङ्कन र हैकमवादी अभियान प्रति घोर आपत्ति :नेपाः खल

एकीकृत नेकपा (माओवादी) ले हालै घोषणा गरिएका विभिन्न जातीय गणराज्यको घोषणा प्रक्रिया, सीमाङ्कन र हैकमवादी अभियान प्रति घोर आपत्ति र असमहति व्यक्त गर्दै नेपाः खलः राष्ट्रिय महासंघले गणराज्यबारे अविलम्व जनमत संग्रहको माग गरेको छ ।

कुनैपनि दलले एकलौटी रुपमा नभई सर्वसम्मति र जनमतको आधारमा राज्यको पुनसंरचना गर्ने राजनीतिक समझदारी र सहमतिको आज ठूलो आवश्यकता भएकोले शोषणमुक्त समाजको स्थापना, राष्ट्रिय एकता र अखण्डताको पक्षमा एकजुट हुन महासंघले आग्रह गरेको छ ।
नेपाली राष्ट्रिय एकता र जातीय सद्भाव समाप्त पार्दै देशमा हत्या, ंहिसा र आतंक फैलाउन पूर्वाधार खडा गर्ने त्यस्तो राष्ट्रघाती अभियानप्रति सरकार र अन्य राजनीतिक दलहरु मौन रहेकोमा पनि आपत्ति जनाइएको छ ।
उत्तरमा चीनको स्वशासित तिब्बत र दक्षिणमा भारतसँग सीमा जोडिएको नेपालको ती मुलुकसँगको व्यापारिक र साँस्कृतिक सम्वन्धमा पनि ख्याल नगरी सस्तो लोकपि्रयताको नाममा काठमाडौं खाल्डोलाई मात्र नेवाः राज्य भनेर एकपक्षीय रुपमा घोषणा गर्नुले देशभरका सम्पूर्ण नेवारहरुको पनि अपमान र उपेक्षा भएको महासँघले जनाएको छ ।
महासङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा वीर पुर्खाले आर्जेको राष्ट्रलाई तहसनहस र समाप्त गर्ने कार्यमा माओवादीजस्तो जिम्मेवार पार्टी लाग्नु दुःख र आश्चर्यको विषय भएको उल्लेख गरिएको छ ।
जातजाति र भाषाको आधारमा समाज र राज्यको गठन र पुर्नगठन गर्ने कुनैपनि कदम माक्र्सवाद र समाजवादको सिद्धान्तभित्र नपर्ने बताउँदै विज्ञप्तिमा रुस, चीनलगायत विश्वका थुप्रै मुलुकहरुमा भएको जातीय संघर्ष र विभाजनले मच्चाएको आतङ्क र रक्तपातले आज मानव इतिहास नै कलङ्कित भएको अवस्थामा यस्ता समाज, राष्ट्र र भविष्य विरोधी कदमलाई इतिहासले क्षमा गर्ने छैन भनिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: