राजदूतहरू पत्र तान्न राजी

काठमाडौं। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयर बससम्बन्धी विवाद मुलुकमा चर्किरहेका वेला प्रस्तावित एयर बस कम्पनीका तर्फबाट यसै साता नेपाल सरकारसमक्ष लिखित पत्र आउने भएको छ। अर्थ मन्त्रालयले हिजो केही राजदूतलाई बेालाएर दुई पृष्ठ लामो पत्र थमाएपछि त्यसको जवाफमा नेपाल सरकारलाई चिठी आउने भएको छ।
हिजो मंगलबार सरकारी अधिकारीहरूले एयर बस खरिद प्रकरणका बारेमा बेलायत, फ्रान्स, जर्मनीलगायत युरोपियन युनियनका राजदूतसित छलफल गरेका छन्। सकेसम्म जहाज चाहिएको छ, तर मूल्य बढी तिरेर बद्नाम हुने घाटामा जाने इच्छा छैन भन्दै सरकारका तर्फबाट एयर बस खरिदसम्बन्धी केही सर्त सुनाइएको स्रोतले जनआस्थालाई बतायो।
कुनै पनि हालतमा एयर बस खरिदमा अवैध पैसाको लेनदेन हुन नहुने, उपहार आदान–प्रदान हुन नहुने र कमिसन पारदर्शी हुनुपर्ने नेपाल सरकारले कूटनीतिज्ञलाई सुनाएको छ। यसका लागि बिक्रेता कम्पनीले एजेन्ट नराखी काम गर्नुपर्ने र खरिद प्रक्रिया अघि बढाउनुपूर्व प्रतिबद्धतासहितको लिखित उपलब्ध गराउनुपर्ने नेपाल सरकारले माग गरेको छ।
सरकारले राजदूतलाई सुझाएअनुसार एयर बसको तर्फबाट आउनुपर्ने लिखित प्रतिबद्धता पत्रमा मन्त्री, एजेन्ट र ब्युरोक्र्याट्सलाई केही नदिएको स्पष्ट, जनाइनुपर्ने कमिसन भए गाडी चढ्न, कार्यालय चलाउन वा के बापत हो सो खुलाउनुपर्ने र शंकास्पद देखिएको रकमको पुष्ट्याइँ गर्ने आधारसमेत हुनुपर्ने माग गरिएको छ। जर्मन राजदूतले बिक्रेता कम्पनीले त्यस्तो पत्र लेख्नुपर्ने र आफूहरूले लेख्न लगाउने आश्वासन सरकारलाई दिएका छन्। यस्तो पत्र ४/५ दिनभित्रैमा आउन सक्ने बताइएको छ। यस्तो पत्रका आधारमा पछि कुनै तल–माथि देखिए कम्पनीलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन सकिने विश्वास छ।
यसै क्रममा फ्रान्सेली राजदूतले भुटान सरकारले एयर बस खरिद गर्दा नेपाली एजेन्टले कारोवार गरेको बताएका छन्। भुटानले साना साइजका दुईवटा एयर बस किन्दा नेपालको एजेन्टले काम गर्योम, तर कसले गर्योा थाहा भएन,’ फ्रान्सेली राजदूतको भनाइ उद्धृत गर्दै स्रोतले जनआस्थासित भन्यो।

Jana Aastha

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: