गःलफ्रेन्डको पीडा सहन नसक्दा…

पोल्याण्डका एक युवालाइ त्यहाँका प्रहरीले दुइ दिन खोज्दा पनि फेला पार्न नसकेपछि हैरान भएका छन् । ती २४ वर्षे ठिटाको लुगाफाटा चाहिँ नजिकैको एउटा ठूलो पोखरीमा फेला पारिएको थियो ।मेसिएज नोवाक नामक यी युवालाइ उनकी गःलफ्रेन्डले अघिल्लो रात उनीसँगको सम्बन्ध सकिएको घोषणा गरेकी थिइन् भन्ने सूचना उनका साथीहरूबाट प्रहरीले पाउन त सफल भयो तर लुगा पोखरी छेउ फ्याँकेर उनी कहाँ बेपत्ता भए भन्ने चाहिँ खुल्न सकेन । उनीहरूका साथीहरूले चाहिँ साथी मेसिएजले कतै आत्महत्या त गरेन भन्ने आशङ्का व्यक्त गरेका थिए ।

उनका साथीहरूले स्थानीय एउटा रक्सी बारमा मज्जाले पिएको बताएका थिए । तर पिएपछि उनी कता लागे भन्ने खबर लिन चाहिँ साथीहरूले भ्याएका थिएनन् । भोलिपल्ट बिहान पोखरी छेउ साथीको लुगा फेला परेपछि, उनीहरू नमीठो आशङ्काले पीडित भएर प्रहरीलाइ खबर गरेका थिए ।

कतै त्यही पोखरीमा हाम त फालेनन् भनेर प्रहरी जवानका कुशल पौडीबाजले पोखरीभरि उनको लास खोजे तर फेला पारेनन् । तर दुइ दिनपछि उनी त्यही पोखरीमा आफ्नो लुगा लिन आएपछि साथीहरूले उनलाइ फेला पारेर प्रहरीसमक्ष बुझाइदिए ।

“जाँड खाएर स्मरणशक्ति ध्वस्त भएपछि आफूले लुगा पोखरी छेउ किन फ्याँकेँ भनेर थाहा हुन नसकेको उसले हामीलाइ जानकारी दिएको छ”, प्रहरी अनुसन्धान अधिकृतले पत्रिकालाइ बताए– “रक्सीले चूर भएको बेला कतै उसलाइ आत्महत्या गर्ने झोँक चलेको हुनसक्छ तर पछि मन परिवर्तन भएर हिँड्दा लुगाका बारेमा बिर्सिएको पनि हुनसक्छ । तर अहिलेसम्मको बयानका आधारमा उनले हामीलाइ खासै नयाँ कुरा चाहिँ बताएका छैनन् ।”

मेसिएज पोखरी छेउबाट सिधै आफ्नो घर पुगेको र उनी लगभग १८ घण्टा सुत्न पुगेको बताएका छन् । जब उनको होश खुल्यो, आफू नाङ्गै भएको र कपडा खोज्न पोखरीतिर लागेका थिए । उनी पोखरीतिर लाग्दा उनका साथीहरूले उनलाइ फेला पारेका थिए ।

यता मेसिएजकी २३ वर्षीया प्रेमिका कासिया लुबेल्स्काले भनिन्– “उसको यस्तै वाहियात् हर्कतकै कारण उसलाइ त्यागेकी थिएँ, अब त झन् म उससित फर्किने सम्भावना नै रहेन ।”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: