भक्तपुरखण्डमा दैनिक दुर्घटना

अरनिको राजमार्गखण्डअन्तर्गत भक्तपुरखण्डमा भएको सडक अतिक्रमणका कारण यस क्षेत्रमा दैनिक दुर्घटना बढेको पाइएको छ ।
अतिव्यस्त राजमार्गको रुपमा रहेको यो सडकखण्डको आसपास दुवैतर्फ अनिक्रमण हुँदा दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी परिसर र डिभिजन सडक कार्यालय, भक्तपुरले जानकारी दिएको छ ।भक्तपुरको सूर्यविनायकदखि काठमाडौँको कोटेश्वरसम्म अति दुर्घटना हुन थालेको ट्राफिक प्रहरीले बनाएको छ ।ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख केसीले यो सडकखण्डमा प्रति मिनेट ६० वटा भन्दाबढी सवारी साधन गुड्ने बताउनुभयो ।
राजमार्गको दुवैतर्फ अतिक्रमण गर्ने, निर्माण सामग्री थुपार्ने, पसल राख्ने, विभिन्न सामग्री राख्ने, होडिङ वोर्ड राख्नेजस्ता कार्यले दुर्घटनामा वृद्धि भएको केसीले बताउनुभयो ।
यो सडकमा अतिक्रमणका कारण दैनिक एकदर्जन सानो ठूलो सवारी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
डिभिजन सडक कार्यालयका प्रमुख वसन्तलाल श्रेष्ठले क्षमता भन्दाबढी सवारी साधन गुड्ने हुनाले दुर्घटना बढेको बताउँदै उहाँले साँघुरो राजमार्ग अतिक्रमणको चपेटामा परेको बताउनुभयो ।
कार्यालयले अतिक्रमण रोक्न पटकपटक प्रयास गर्दा स्थानीयले उल्टै कार्यालय घेर्ने गर्नाले समस्या आएको बताउनुभयो ।
यसैबीच मोटरसाइकल दुर्घटनामा परी भक्तपुरको जगातेमा गएराति ८ बजे एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भक्तपुरबाट घरतर्फ जाँदै गर्दा बा३१प ४९९३ नम्बरको मोटरसाइकल दुर्घटनामा परी काभ्रे उग्रचण्डी गाविस-१ बस्ने वर्ष ३१ का हेमबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी निरीक्षक गोकुल केसीले बताउनुभयो ।
जगातेमा मोटरसाइकल लडिरहेको अवस्थामा अचेत अवस्थामा भेटिएका थापाको उपचारका लागि भक्तपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जगाते प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताउनुभयो ।
मादक पदार्थ सेवन गरेको अवस्थामा चालक थापाले चलाएको मोटरसाइकल कुकुरसँग ठोक्किएर दुर्घटना भएको आशङ्का प्रहरीको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: