एक दिन काम गरेको पारिश्रमिक रु पाँच

अहिलेको युगमा पनि एक दिन काम गरेको पारिश्रमिक रु पाँच देखि १० सम्म हुन सक्छ भन्ने सुन्दा कसैलाई पत्यार लाग्दैन, तर यो सत्य हो ।
विराटनगरमा रहेको मोटरसाइकल वर्कसपमा काम गर्ने सयौँ श्रमिकहरुले यसरी नै बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म काम गर्दा रु पाँच देखि रु. १० सम्म पारिश्रमिक पाइरहेका छन् ।उनीहरुलाई ग्यारेजले नगद रु. पाँचदेखि रु. १० र दिनभरीमा दुई कप चियामात्र खुवाउने बताउँछन् ।उनीहरु काम सिकेर भविष्यमा राम्रो मोटरसाइकल मेकानिक बनी धेरै धन कमाउने उद्देश्यका साथ यसरी काम गरिरहेका छन् ।वर्कसप मिस्त्री -गुरुजी)ले पहिलो छ महिनादेखि एक वर्षसम्म पानीद्वारा मोटरसाइकल धुने काम गर्न मात्र दिन्छन् भने त्यसको एक वर्षपछि औजार ल्याउने र नट, बोल्ट खोल्ने काम गराउने गर्दछन्, वर्कसपमा काम गरिरहेका एक मजदुरले बताए ।
विराटनगर-८ स्थित जिके. मोटरसाइकल वर्कसपका धनी गणेश कोइरालाले पहिले नै केटाहरुलाई सबै काम गर्न लगाएमा चाँडो सिकेर अर्को वर्कसपमा भाग्ने हुनाले ढिलो र दिगोरुपमा काम सिक्नका लागि समय लाग्ने बताए ।
आफूले पनि अर्काको ग्यारेजमा यसरी नै काम सिकेको तथा आफूले विगत १५ वर्षको वर्कसपको अनुभवका ५० जनाभन्दा धेरै केटालाई काम लगाएको तर काम जान्ने बितिक्कै भाग्ने गरेको उनले बताए ।
दुई वर्ष काम सिकेपछि महिनाको रु.तीन हजारदेखि रु.पाँच हजारसम्म तलब दिने गरेको कोइरालाले बताए ।
यस्तै कृष्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने मजदुरले आफूले ग्राहकको मोटरसाइकल राम्ररी धुने र पुछिदिने हुनाले मोटरसाइकल धनीले बक्सिसबापत रु पाँचदेखि रु १० सम्म दिने हुनाले दिनमा रु ५०। ६० आम्दानी हुन सक्ने बताए ।
विराटनगरमा मोटरसाइकल ग्यारेज करिब ५०० को सङ्ख्यामा रहेको तथा त्यसमा काम गर्ने तीनजनाको दरले एक हजार ५०० जनाले सीपमूलक तालिम सिकिरहेको एक ग्यारेज धनीले बताए ।
सीप सिकेपछि रोजगारीको ग्यारेन्टी भएकाले पनि यस क्षेत्रप्रति आकर्षण बढेको किरण मोरटसाइकल ग्यारेजका धनी किरण श्रेष्ठ बताउँछन् ।
उनी आफूले १४ वर्षको कलिलो उमेरदेखि आफन्तको मोटरसाइकल ग्यारेजमा लगनशीलताका साथ काम सिकेर बजाजको सोरुममा मुख्य मिस्त्री पदसम्म पुगेको बताउँदै मोटरसाइकल मिस्त्री भएकोमा आफूलाई गर्व लागेको छ श्रेष्ठ बताउँछन् ।
एउटा ग्यारेज खोल्न रु १५ हजार भए पुग्ने भएकाले काम सिकेपछि आफ्नो ग्यारेज खोली अरुलाई पनि रोजगारी दिन सकिने हुनाले लगभग निःशुल्करुपमा अभिभावकहरुले पढाइ पूरा गर्न नसकेका आफ्ना छोरालाई वर्कसपमा मोटरसाइकल मर्मत काम सिक्न पठाउँंछन् ।
भारत बिहार घर भएका गणेश राजवंशीले आफ्नो छोरालाई नेपालको ग्यारेजमा विभिन्न किसिमको मोटरसाइकल आउने भएकाले छोरा दक्ष मेकानिक भएर भोलि भारतमै थोरै रकम लगानी गरी ग्यारेज खोल्ने उद्देश्यकासाथ छोरालाई मोटरसाइकल ग्यारेजमा पठाएको बताउँछन् ।
किरण मोटरसाइकल ग्यारेजमा कार्यरत धिरज राजवंशी ग्यारेज धनीकोमै खान, बस्नुकासाथै काम सिकिरहेका छन् भने नौ महिनाको छोटो अवधिमै सबै ब्रान्डका मोटरसाइकल खोली मर्मत गर्न सक्ने सक्षम भएका छन् ।
मोटरसाइकल सिक्नुका साथै हाँक्न पनि पाइने हुनाले आफू ग्यारेजमा सिक्न आएको विराटनगर चारस्थित एक ग्यारेजमा कार्यरत मजदूर कमल साह बताउँछन् ।
भविष्यमा काम सिकेपछि आम्दानीका साथै मोटरसाइकल पार्टस विक्रेताबाट सामान बिक्री गरेवापत कमिसन पनि आउने हुनाले यस पेसाप्रति आकर्षण बढी भएको मजदुर साह बताउँछन् ।
विराटनगरमा सबै भारतीय ब्रान्डका मोटरसाइकलको बिक्रेता रहनुका साथै नेपाली, चाइनिज र कोरियन मोटरसाइकल बिक्री वितरण हुनाले यहाँ मोटरसाइकलको चापमा वृद्धि भएको छ ।
मोरङ जिल्लामा ६० हजारभन्दा ज्यादा मोटरसाइकल रहेका छन् भने रिकन्डिसन मोटरसाइकलको संस्थागत छ तथा अन्य निजी र ग्यारेजले गरीे मासिक ५०० थान भन्दा बढीको बिक्री वितरण गर्दछन् ।
यस क्षेत्रमा रिकन्डिसन -पुरानो) मोटरसाइकलको बिक्रीमा वृद्धि भइरहेको सन अटो रिकन्डिसन हाउसका नयन श्रेष्ठ बताउँछन् ।
मानिसको क्रयशक्तिमा वृद्धि हुनुकासाथै विदेशमा कार्यरत आफन्तबाट विप्रेषण प्राप्त गर्नाले रिकन्डिसन मोटरसाइकलको बिक्री बढेको विराटनगर-६ का निरज जोशी बताउँछन् ।
सार्वजनिक सवारीसाधन प्रर्याप्त मात्रामा नहुनु तथा रिक्सा भाडा महङ्गो हुनुका कारण मानिसमा छिटो, सजिलो र सस्तो साधन मोटरसाइकल हुन पुगेको अनुपमा बुक एन्ड अर्डर सप्लायर्सर्का दिलीप पोद्दार बताउनुहुन्छ ।
निजी क्षेत्रको बैङ्क तथा सहकारी संस्थाले मोटरसाइकल खरीदमा सहुलीयतदरमा कर्जा उपलब्ध गराउनाले पनि यसको बिक्री वितरणमा वृद्धि भएको बजाज मोटरसाइकलका अधिकृत बिक्रेता बताउँंछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: