माफ गर्नु होला, अहिले यो सुविधा छैन…

कल्पना घिमिरे/काठमाडौ,
नमस्कार, यो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गुनासो सुन्ने इकाई हो । कृपया, तपाईंले आफ्नो नाम, सम्पर्क ठेगाना, टेलिफोन नम्बर र गुनासो दुई मिनेटभित्र अभिलेख गराउनुहोस् ।…’माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखिएको टेलिफोन नम्बर ११११ मा बज्ने आवाज हो यो । देशभरका हिंसापीडित महिलाले तुरुन्तै उजुरी गर्न सकुन् भनेर चौबीसै घन्टा खुला गरिएको यो टेलिफोनमा तुरुन्तै बज्ने ‘माफ गर्नु होला, अहिलेलाई यो सुविधा उपलब्ध छैन’ भन्ने आवाजले पीडितलाई जिस्क्याएको भान पर्छ । सुरु भएयता यस्तो मात्र भनेपछि उजुरी गर्नेलाई समस्या परिरहेको कार्यालयका कर्मचारीहरू नै बताउँछन् ।

‘सन् २०१० लाई लैंगिक हिंसामुक्त वर्ष’ बनाउने उद्देश्यले मंसिर १० गते प्रधानमन्त्रीले लैंगिक हिंसाविरुद्ध उजुरी व्यवस्थापन तथा अनुगमन इकाई सुरु गरेका थिए । तर चाहेको समयमा सम्पर्क नहुँदा एक सातामा मुस्किलले तीनवटा उजुरी परेका छन् । कार्यालयका सहसचिव मधुप्रसाद रेग्मी भने टेलिफोन सेवा सुचारु रहेको दाबी गर्छन् । टेलिफोनमा केही टेक्निकल समस्या पर्‍यो कि थाहा भएन,दिनभर फोन आइरहेको बताउँदै उनले अझ व्यवस्थित गर्ने जानकारी दिए । देशभरको गुनासो सुन्ने टोल प|ी -पैसा नलाग्ने नम्बर र लैंगिक हिंसासम्बन्धी गुनासो सुन्ने नम्बर एउटै भएकाले पनि यस्तो भएको कार्यालयकी शाखा अधिकृत सुमना अर्यालले बताइन् ।

‘सबैको गुनासो सुन्ने भएकाले फोन दिनभर नै व्यस्त हुन्छ,’ अन्य उजुरीहरू बढी आउने जानकारी दिँदै उनले भनिन्, ‘महिला हिंसाकै उजुरीहरू भने कम आएका छन् ।’ फोन लागिहाल्यो भने पनि दुई मिनेटमा आफैं काटिने भएकाले गुनासो टिपाउन गाह्रो छ । अर्यालले दुई मिनेटमा काटिने प्रक्रिया हटाएर चाँडै समय थप्ने छलफल भइरहेको बताइन् । उनका अनुसार एक दिनमा ३२ वटा मात्र फोन रेकर्ड हुने व्यवस्था छ । ‘त्यसभन्दा बढी आए सुरुबाट मेटिँदै जान्छ,’ उनले भनिन्, ‘त्यसैले कार्यालय समयभर आफैं उठाउँछौं ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: