कतारमा १० महिनादेखि २१ जना अलपत्र, एकको मृत्यु

कुमार कार्की/दोहा,वैदेशिक रोजगारका लागि कतार आएर १० महिनादेखि अलपत्र रहेका एक नेपाली युवाको सुतिरहेकै अवस्थामा हृदयघातबाट मृत्यु भएको छ । आठविस डाँडागाउँ- ८, ठुलीबार्खु, रुकुमका इन्द्रबहादुर पुन मगरको गत १८ नोभेम्बरमा असामयिक निधन भएको उनकै गाउँका कर्णबहादुर परियारले जनाएका छन् ।कतारको मन्सुरास्थित एक क्याम्पमा सुतिरहेकै अवस्थामा रातको १ बजे हृदयघाततबाट मृत्यु भएका २७ वर्षीय इन्द्रबहादुर १० महिनाअघि एक भवन निर्माण कम्पनीमा श्रमिकका रूपमा कतार आएका हुन् ।मृतकका बारेमा आफन्त तथा सहकर्मीहरूले नेपाली दूतावासमा जानकारी गराइसकेका छन् भने हाल हमद अस्पतालमा रहेको मृतकको शव आवश्यक कानुनी प्रक्रियापश्चात नेपाल पठाइने भएको छ ।दोहामा अलपत्र अवस्थामा जीवनयापन गर्दै आएका इन्द्रबहादुरलाई यथासक्य सहयोग गर्दै आएका कर्णबहादुर परियारले जनाएअनुसार कतार आएदेखि नै उनले काम गर्ने भनिएको कम्पनी पत्तालागेको थिएन । आएदेखि नै कम्पनीविहीन हुनेहरुमा अन्य २१ जना युवा पनि छन् ।

कर्णबहादुरले जनाएअनुसार कम्पनीविहीन ती युवामध्ये इन्द्रबहादुरसहित ८ जना एकै गाउँ, रुकुमको ठुलीबार्खुका हुन् । ‘यी २१ जनाको अवस्था अत्यन्तै नाजुक छ’ पीडितहरूलाई सहयोग गर्दै आएका कर्णबहादुरले भने- ‘जाडो मौसम सुरु भयो ।खानपिनको समस्यासँगै क्याम्पमा बस्नका लागि अत्यन्तै नाजुक अवस्था छ ।’ यी युवाहरुलाई रुकुमको ठुलीबार्खुका जोगबहादुर पुन र दाङका रञ्जित पुनःले मिठो आश्वासन दिएर कतार पठाएका हुन् ।पीडितहरूलाई न्याय र क्षतिपूर्ति, पिडकहरूलाई आवश्यक कारबाही, मृतकको शव स्वदेश फिर्ता तथा मृतकका आश्रति परिवारलाई क्षतिपूर्ति र सहयोगका लागि कर्णबहादुर, मनोज पुन, सुनिल बुढामगरलगायतका सहयोगी युवाहरूले अपिल गरेका छन् ।

नेपाली दूतावासले पहल अघि बढाइरहेको उनीहरूले बताए । यिनै सहयोगी युवाहरूले पीडित २२ जनालाई खानपिनमा सहयोग गर्दै आएका छन् । अब चन्दा सङ्कलन गरी पीडितहरूलाई सहयोग गर्ने उल्लेख गर्दै उनीहरूले सहयोगका लागि आग्रह गरेका छन् । पीडितहरूको मुद्दा हाल श्रम अदालतमा चलिरहेको छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: