स्पेनको पुलिस रिपोर्ट सम्बन्धि समस्याको समाधान र यसका धन्यबादका पात्रको?

जगन्नाथ डाँडा कटेरी(yubabahas)
स्पेन अलिकान्ते
लामो समय पछि स्पेनमा नेपालीहरुको पुलिस रिपोर्ट सम्बन्धि बिबाद समाप्त भएको छ । सहि सत्य र यथार्थता बाहिर आउनु, बिचार विमर्शको र स-सम्मान को राजनीति गर्नु मानबिय कर्तव्यका साथै दायित्व हुन आउछ।लामो समय सम्म स्पेनमा नेपालीहरुले भोग्नु परेको समस्याको समाधानलाई व्यक्ति गत तथा विभिन्न संघ सस्था हरुले आफ्नो क्षेत्र बाट गरेको सहयोग तथा योगदानलाई सबै नेपाली साथीभाईहरुले बुझ्नुपर्ने तथा गरेका सहयोगी लाई धन्यबादको पात्र बनाईदिनु पर्छ ।हास्यद्पद्कुरा के छ भने ” काम कुरा एका तिर कुम्लो बोकी कता तिर भने जस्तो स्पेनको रास्ट्रीय मान्यता प्राप्त राजनैतिक सस्था जन सम्पर्क समितिले पूर्व सम्माननीय प्रधान मन्त्रि शेर बाहादुर देउबालाई धन्यबादका पात्र बनाउदै आफ्नै सहयात्री स्पेन बासि नेपाली साथीहरुलाई लत्याएको र स्पेन भित्रै रहेका संघ सस्था तथा स्पेनिश सस्थाहरुको असम्मानलाई के हामी हरु लाई स्वीकार्य हुन सक्छ । अवस्यनै हुन सक्दैन ।

युरोपियन जन सम्पर्क समिति को कार्यक्रमलाई सम्बोधन गर्न आएका शेर बाहादुर देउबालाई स्पेन मा ल्याई पेपर नभएका नेपाली दाजुभाई लाई समस्याको समाधान गर्न का लागि ल्याईएको भनि कार्यकर्म सफल पार्नु, आफुहरु नेता हुने तथा अगाडी देखिनु मात्र हुन आउछ बास्तबमा यो समस्याको समाधान कसरि , को बाट भयो भन्ने कुरा त छर्लंग थाहा छ तर पनि हामीले के स्वीकार र कसको सम्मान गर्नु पर्छ भने जो जसले जहा बाट जसरि सहयोग गरेको छ तिनीहरुको गुण गान तथा प्रसंशा हुनु आजको आवस्यकता हो ।

स्मरणीय रहोस की पूर्व प्रधान मन्त्रि शेरबाहादुर देउबाले आफु प्रधान मन्त्री हुदा बेल्जियम मा आई युरोपियन हरुका बीच हाम्रो देशमा कुनै समस्या छैन भनि बेल्जियम देखि जर्मन सम्मका शरणआर्थी नेपालीहरुलाई समस्यामा परेका थिए । र नेपालीहरुले त्यस्को नकरात्मक असर भोग्नु परेको थियो भने के स्पेनमा नेपाली हरुको समस्या छ समाधान गर्नु पर्‍यो भन्दै हिंडेका होलान त ।

यहाँ प्रश्न चिन्ह खडा हुन्छ तर यो कुरा भने स्विकार हुन्छ कि उनि यरपोर्ट मा पत्रकार बिच मात्र जानकारी गराएका हुन । यो कुरा लाई केही हद सम्म स्विकार गर्न सकिन्छ तर प्रसम्शा र धन्यवाद का पात्र भने मान्न मिल्दैन । ७००km सम्म पैदाल यात्रा गर्ने र काम नगरि मोबाईल्मा पैसा राख्दै पेरिस् देखि म्याड्रीड सम्म फोन गर्ने को खोइ यहाँ प्रसम्शा तसर्थ हामीले स्पेनमा भएका सबै शुभ चिन्ताक नेपाली दाजु भाई हरु तथा बिभिन्न संघ सस्था र स्पेन भित्र को स्पेनिश संघ सस्था को सम्मान र उचित मुल्याङ्कन गर्नु पर्दछ । एउटा जाडो गयो भन्दैमा अर्को जाडो आउँदैन भन्ने होईन यहाँ प्रत्यक्ष प्रसम्सा हुनु पर्दछ । चिन्तामणी सापकोटा लाई एन आर एन ले समस्याको समाधानका गर्न का लागि खडा गरेको होईन ।

गणेश ताल्चाभदेललाइ नेपाल पठाएँको होईन । प्रगतिशिल मन्च स्पेन का अध्यक्ष ईस्वर शर्मा ३० दिन पैदाल यात्री होईनन । नेपाली समाज स्पेन ले यस्को वकालत गरेको छैन । यि सबै ले आफुले लागेर हुने सम्म काम गरेका छन । तसर्थ यिनिहरु सबैको प्रसम्शा र काम को सम्मान हुनु पर्दछ । किनकी काम गर्ने एउटाले सम्मान पाउने अर्को ले भयो भने यस्ता समस्या हरु फेरी पनि आउँदा नेपालीहरुले अझ लामो समय सम्म समस्या भोग्नु पर्ने हुन्छ तसर्थ शाही कुराको वकालत र उचित मुल्याङ्कन गर्नु आजको परिस्थिती हो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: