देश नै कामरेडको कब्जामा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आरुनो पार्टी विपक्षमा भए पनि सारा देश आरुनो नियन्त्रणमा रहेको बताएका छन्। यसै हप्ता भएको एक आन्तरिक प्रशिक्षणमा प्रचण्डले सो दाबी गरेका हुन्।’कमरेडहरू, हामी प्रतिपक्षमा छौँ, तर देश भने हाम्रो कन्ट्रोलमा छ, कांग्रेस र एमाले सरकारमा छन्, तर हामीले निर्णय नदिईकन उनीहरूले केही गर्न सक्दैनन्’ सदन खोल्न दिने पार्टी केन्द्रीय समितिको निर्णयको भोलिपल्ट आइतबार बिहान आयोजित संविधानसभा दलको बैठकमा प्रचण्डले सभासद्हरूसँग भने, ‘बाहिर हेर्दा उनीहरू छन् सत्तामा, तर वास्तविकतामा चाहिँ हामी सत्तामा छौँ। प्रचण्डले बजेट पारित किन गर्नुपर्योर त्यसबारे पनि सभासद्हरूलाई बताएका थिए। ‘सरकार मात्रै बनाउने कुरा प्रमुख हुन्थ्यो भने बजेट पारित गर्नै नदिनेगरी सदन थुन्याथुन्यै गरे पनि हुन्थ्यो, तर हामीले यतिवेला हाम्रा एजेन्डालाई स्थापित गर्न खोजेको हो,’ प्रचण्डले भने, ‘फेरि संविधानसभा विघटन गर्ने खेल चल्न थाल्या’छ, त्यो रोक्न पनि हामीले बजेट पारित गर्न दिन लाग्या’ हो।’
बजेट पारित गर्न नदिँदा पार्टीप्रति नकारात्मक प्रभाव पर्ने सम्भावना बढेको र बजेट पारित हुँदा लाभान्वित हुने तल्लो वर्ग स्वाभाविक रूपमा माओवादीप्रति आकर्षित हुने उनको कथन थियो। ‘बजेट पारित नहुँदा सेना, प्रहरी र कर्मचारीतन्त्रका ठूला अफिसरलाई कुनै प्रभाव नपरेको, तर तल्लो तहमा अप्ठ्यारो पर्न थालेको बताउँदै प्रचण्डले भने, ‘संवेदनशील क्षेत्रमा ठूलो असर पर्न थाल्यो, जेल, अस्पताल, सेना, प्रहरी, कर्मचारी र आधारभूत जनताको तहमा समस्या देखापर्न थाल्यो, यस्तो हुँदा सेना–प्रहरी, कर्मचारी र आधारभूत जनताको तहमा हामीप्रति नकारात्मक धारणा पैदा हुनसक्छ, यो तल्लो वर्गप्रति जिम्मेवार हुनुपर्छ भनेर हामीले बजेट पारित गर्नका लागि तीन दिन सदन खोल्ने निर्णय गरेका हौँ।’ शाहीकालमा ०६२ भदौमा गरिएको तीनमहिने एकपक्षीय युद्धविरामसँग तुलना गर्दै प्रचण्डले थपे, ‘त्यतिवेला तीनमहिने युद्धविराम गरेका थियौँ, यसपटक तीनदिने युद्धविराम गरेका छौँ, यसबाट नेपालको भाग्य, भविष्य हाम्रो हातमा छ भन्ने कुराको फैसला हामीले गर्न सक्छौँ।’
करिब आधा घन्टा लामो मन्तव्यका क्रममा उनले पार्टीले सुरु गरेको आन्दोलनको चरित्रका कारण अन्तर्राष्ट्रिय समुदाय माओवादीप्रति सकारात्मक धारणा बनेको र सत्तामा रहेका दलहरू लाचार र चरित्रहीन देखिन थालेको दाबी गरेका थिए। प्रधानसेनापतिको कदममार्फत संविधानसभा विघटन गर्ने तानाबाना बुन्न थालिएको बताउँदै उनले त्यसपछि लाचार बनेर सरकारमा बस्ने र सरकार छाड्ने दुई विकल्प रहेको, साथै सरकार छाड्ने विकल्पमा जाँदा देशव्यापी रूपमा जनमत बढेको बताएका थिए। सो बैठकमा प्रचण्ड र पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि बोलेका थिए। उनले पार्टीले बजेटका विरुद्ध नभई राष्ट्रपतिका कदमका विरुद्ध आन्दोलन र त्यसको एक अंशको रूपमा सदन अवरुद्ध गरेको बताउँदै तीन दिनका लागि सदन खोल्ने प्रस्ताव राखेपछि त्यसलाई बैठकले पारित गरेको थियो। बैठकको सञ्चालन संविधानसभा दलकी सचेतक जयपुरी घर्तीले गरेकी थिइन्।
सो बैठकले संसदीय बोर्डको सचिवमा देव गुरुङलाई बनाउने निर्णय गरे पनि त्यसलाई सार्वजनिक गरिएको छैन। घर्तीले नै गुरुङलाई सो जिम्मेवारीको प्रस्ताव गरेकी थिइन्। राष्ट्रपतिको कदमविरुद्ध संकल्प–प्रस्तावमाथि छलफल गर्न नदिइएको तथा सिंहदरबार घेराउको क्रममा भएको लाठीचार्जका विरुद्धसमेत बैठकले खेद प्रस्ताव पारित गरेको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: