नागरिक सर्वोच्चताका नाममा नौटंकी प्रदर्शन नगर्न माओवादी अध्यक्षलाई आग्रह – राष्ट्रपति डा यादव

राष्ट्रपति डा रामवरण यादवले बिहीबार भेटका लागि पुग्नु भएका एनेकपा माओवादी अध्य पुष्पकमल दाहालाई राष्ट्राध्यक्षको पदको मर्यादा कायम राख्न आग्रह गरेका छन्। संस्थालाई नै विवाद पार्ने कोसीसप्रति यादवको गुनासो थियो। आफूले सधै संविधानअनुरुप नै काम गर्दै आएको बताउँदै यादवले मेरो विगतको राजनीतिक आस्थाका कारण मेरो कारणले राष्ट्राध्यक्ष जस्तो सस्थालाई नै विवादमा पार्ने कोसीस गर्नु दुर्भाग्य भएको बताएका थिए।
आफूलाई राजनीतिक दलहरुले गर्ने सहमति मान्य हुने भन्दै सहमति गरेर छिटो राष्ट्रिय अवरोधलाई हटाउन समेत दाहाललाई राष्टपतिले आग्रह गरेका छन्। दाहालले भने सेनापति प्रकरणपछि नागरिक सर्वोच्चता गुमेको भन्ने शब्व उच्चारण गर्दा राष्ट्रपतिले कुन नागरिक सर्वोच्ताको कुरा गरेको भन्दै जनताको कुन चाँहि सर्वोच्चता गुम्यो भन्दै आक्रोप पोखेका थिए। राष्ट्रपतिले नौ नौ महिना १५ हजार जनता मारेर शासन प्राप्त गर्दा पनि केहि माखो मार्न नसकेपछि लाजले सत्ता छोडेर मलाई नै दोष दिनु दुर्भाग्य हो भनेका थिए। मलाई भन्नुस कसले तपाईलाई काम गर्न दिएन। के तत्कालिन सेनाप्रमुखले कुन चाँहि विकास कार्य रोके। मैले रोके अन्य राजनीतिक दलले रोके। सरकारको काम शान्ति सुरक्षा दिनु हो त्यो त तपाईहरु आफै जनता मार्दै हिड्नु भयो। जनताले विकास खोजे आफ्नो कार्यकर्तालाई बजेट बाडेर दुरुपयोग गर्नुभयो अब कुन चाँहि नागरिक सर्वोच्ताका कुरा गर्नु हुन्छ भनेर आक्रोस पोखेका थिए। तपाई र बाबुराम जीले देशमा हुँदै नभएका गाविसका नाममा विकासका लागि करोडौ रुपैयाँ को व्यक्ति हो भनेर खुल्ने अवस्थासमेत नराखि अर्थमन्त्रालयबाट दिइरहेको रकम तपाईको सत्ता वर्हिगमनपछि बाँडन नपाएर नागरिक सर्वोच्चता गुमेको हो भन्दै प्रतिप्रश्न गरेपछि दाहाल चुपचाप लागेका थिए। राष्ट्रपतिले अन्य दलका मन्त्री र प्रधानमन्त्री भएका भए तिनीहरुभन्दा ठूलो भ्रष्टाचारी कोही नहुने भन्दै तपाईहरुका अगाडी कोही बोल्ने आँट नै गर्दैनन् सबैलाई परिवारको चिन्ता छ त्यसले नागरिक सर्वोच्चताको नौटंकी देखाउँदै नहिनुस् भन्दै सहमतिमा आउन र नआएर कसले सविधान नचाहेको हो भन्ने पुष्टि हुने भन्दै त्यसपछिको अवस्थाको जिम्मेवारी आफै लिन दाहाललाई सुझाव दिएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: