जातीय र क्षेत्रीय आधारमा राज्य बनाए देश टुक्रिने:बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान बिजुक्छेले जाति र क्षेत्रको आधारमा राज्यको पुनसंरचना गरे देश टुक्रने दावी गरेका छन् । माओवादीको जातीय-क्षेत्रिय मोर्चाले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम बनाएको बेला बिजुक्छेको उक्त विचार आएको हो । कुखुरा पालक व्यवसायी संघ भक्तपुरको चौथो बाषिर्क साधारण सभा तथा दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै बिजुक्छेले माओबादीको लिडेडिपीमा गणराज्य बनाए देश टुक्रिने बताएका हुन् ।सविधान सभालाई माओबादीले अबहेलना गरी आफनै पुरानो हैकम देखाउन लागेको उनको आरोप छ । अन्तरिम संविधानमा संविधान सभाले निक्र्यौल गरेपछि मात्र राज्य पुनसंरचना घोषणा गर्ने उल्लेख भएपनि माओबादीलाई एलौटी निर्णय गर्ने अधिकार नभएको उनले बताए । ‘अन्तरिम संविधानालाई माओवादीले अवहेलना गर्यो,’ उनले भने ।राज्य पुनसंरचना समितिको अध्यक्ष आफनै पार्टीको भएपनि माओबादी आफैले गलत निर्णय गरेको उनले बताए । माओवादीको निर्णयले शान्ति सम्झौता उल्लंघन भएको उल्लेख गर्दै उनले भने, ‘यस्तो निर्णयले मुलुकलाई द्वन्दमा धकेल्छ ।’अन्तरिम संविधान बाहिर गएर गणराज्य घोषणा गर्ने कार्य गर्न नहुने बताउँदै उनले माओबादीको जबरजस्ती बिरुद्ध अन्य दलले मोर्चाबन्दी गरेर शान्तिपूर्ण बिरोध गर्नु पर्ने बताए । उनले अर्को प्रसंगमा माओबादीले माधव नेपाल नेतृत्वको सरकार ढालेर एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने खेल रचेपनि सफल नभएको बताए । ‘झलनाथ जीलाई एमाले भित्र कै आन्तरिक विवादले प्रधानमन्त्री बन्न पाउनु भएन,’ उनले भने-’त्यो असफल भएपछि कागे्रस सभापति गिरिजाप्रसाद कोइरालाप्रति माओवादी लचिलो भएको हो । प्रधानमन्त्रीलाई जति फकाएपनि प्रधानमन्त्री पद खानका लागि स्वास्थ्यले साथ नदिने बिजुक्छेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: