संसदमा मन्त्रीहरु जवाफ दिँदै, बजेट आज पारित हुने

काठमाडौँ, मङ्सिर ९ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकले आ.व.२०६६–६७ को बजेट पारित गर्ने भएको छ। एकिकृत नेकपा माओवादीले तीन महिनादेखि अवरुद्ध संसद पार्दै आएको संसद बजेत पारित गर्नलाई मात्र भन्दै तीन दिनको लागि खोलेपछि सोमबार बसेको संसदको बैठकले विनियोजन विद्येयक अन्तर्गत १६ मन्त्रालयमाथिको छलफल सकेको थियो। मंगलकार ११ बजेबाट शरु भएको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिईरहेका छन्। मन्त्रीहरुले जवाफ दिने कार्यक्रम पछि बजेट पारितको कार्यक्रम रहेको छ। एकिकृत नेकपा माओवादीको तर्फबाट दुई जना मात्र सभासद उपस्थित गराएपछि विना मतदान नै बजेट पारित गरिने जनाइएको छ। यसअघि सरकारमा सहभागी दलहरुले आफ्ना सबै सभासदलाई सदनमा अनिवार्य उपस्थितिको लागि निर्देशन जारी गरिसकेका छन्। यसैगरी आजको बैठकको प्रारम्भमा समय माग गर्दै विभिन्न पार्टीका महिला सभासद्हरुले अछाममा कार्यरत महिला प्रहरी सुन्तली धामीमाथि भएको सामूहिक बलात्कार घटनाबारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँहरुले घटनाका बारेमा न्यायिक छानबिन गर्न, दोषीमाथि कडा कारबाही गर्न माग गर्र्दै पीडितलाई क्षतिपूर्ति दिन र प्रधानम्ान्त्री र गृहमन्त्रीले घटनाबारे सदनलाई यथार्थ जानकारी दिन समेत माग गर्नुभयो।

घटनाको छानबिन गरिराखेका डिआइजी पार्वती थापालाई सरुवा गर्ने कुरा बाहिर आइरहेको छ यसबारे पनि स्पष्ट पार्न उहाँहरुले आग्रह गर्नुभयो।

यसरी आफ्नो धारणा राख्नुहुनेहरुमा एकीकृत नेकपा माओवादीका दामाकुमारी शर्मा, नेकपा एमालेका उषाकला राई, नेपाली काङ्ग्रेसका मोहम्मद सिद्धिकी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिभा राणा हुनुहुन्थ्यो।

सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेल,गृहमन्त्री भीमबहादुर रावल, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सर्वदेवप्रसाद ओझा, वातावरणमन्त्री ठाकुर शर्मा,सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मिनेन्द्र रिजाल,युवा तथा खेलकुदमन्त्री गणेश तिवारी,कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार यादव,वन तथा भू–संरक्षण मन्त्री दीपक बोहरा, ऊर्जामन्त्री डा.प्रकाशशरण महत, वाणिज्य तथा अपूर्तिमन्त्री राजेन्द्र महतो, शिक्षामन्त्री रामचन्द्र कुशवाहा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरी, स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्मा लिम्बु, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतका मन्त्रीहरुले जवाफ दिनुभएको छ।

मन्त्रीहरुले जवाफ दिईसकेपछि संसदमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: