जापानमा हराए नेपालीछात्रा , महिनौ बित्यो ‘रहस्य’ अझै खुलेन

सुबिन श्रेष्ठ (ललितपुर) । जापानका हराएकी नेपाली छात्रा सविना महर्जनको खोजी चलिरहेको बताएपनि अहिलेसम्म कुनै खबर बाहिर आएको छैन् । जापानका रहेका नेपाली नियोग लगायत स्थानीय प्रहरीहरु यसबारे निरन्तर खोजी गरिरहेको खबर छ ।

जापानस्थित नेपाली नियोगले जनाएअनुसार सविनाको खोजीका लागि पत्रिकामा तथा नियोगको वेवसाईटमा उनी हराएको विज्ञापन राखिएको जनाएको छ । यद्धपी अहिलेसम्म पनि उनी कहाँ कसरी हराईन् भनेर रहस्य खुल्न नसकेको र खोजी निरन्तरभईरहेको नियोगले सबिनाका बुबा सानुलाल महर्जनलाई खबर गरेको छ । महर्जनका अनुसार उनले छोरी हराएको दुई महिना बितिसक्दा अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट दुईपटक प्रगति विवरण पाएका छन् । भने, जापानस्थित नेपाली नियोग अन्य व्यक्ति विशेषबाट पनि सबिनाको खोजीका लागि अनुरोध गरिएको र निरन्तर फोन सम्पर्कको माध्यमबाट जानकारी लिईरहेको सानुलालले जानकारी दिनुभयो ।

साथै जापानमा रहेका सहयोगीका अनुसार जापानी प्रहरीले अनुसन्धानको पहिलो चरणमा उनी अध्ययनरत एकडेमीबाट उनका सहपाठीका सम्पर्क नम्बर लगेका छन् । जापानी प्रहरीले अदालतबाट आदेश प्राप्त भएपछिमात्र अनुसन्धानको पहिलो चरण शुरु गरेका हुन् । यही क्रममा सबिना हराउनु पुर्वका सम्भावित आधार खोजी गर्नछ । नेपाली नियोगका सम्बन्धित कर्मचारी अनुसार सो घटना जे जस्तो भएपनि सत्य चाँडै सार्वजनिक हुने बताएका छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: