काँग्रेस सभापति कोइराला स्वदेश फिर्ता

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आइतबार काठमाडौं आइपुगेका छन् । सिल्क एअरको विमानबाट अपरान्ह १२ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । साथमा उनकी छोरी परराष्ट्रमन्त्री सुजाता कोइराला र चिकित्सकहरुको टोली फर्किएका छन् ।

विमानस्थलमा संचारकर्मीसंग उनले कुनै प्रतिक्रिया जनाएनन् । कोइराला अघिल्लो शनिबार उपचारकालागि एअर एम्बुलेन्सबाट सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टर गएका थिए । कोइरालाको स्वागातार्थ कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका वरिष्ठ नेताहरु विमानस्थल पुगेका थिए । एक्कासि रगतमा अक्सिजनको मात्रा कमी देखिएपछि कोइरालालाई सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालबाटै थप परीक्षणका लागि उनी सिंगापुर गएका थिए ।

सिंगापुरमै कोइरालालाई भेटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । कोइरालालाई भेटेर फर्किएपछि दाहालले छिट्टै नयाँ गठबन्धनको सरकार बन्ने बताएका थिए । सिंगापुरमा भएको कोइराला र दाहालको भेटलाई निकै अर्थपूर्ण मानिएको छ । कोइराला फर्किएपछि मुलुकमा राजनीतिले नयाँ मोड लिनसक्ने सम्भावना व्यक्त गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: