सिंहदरबार घेराउ क्रममा माओवादीका कून कून नेता कुटिए ?

show_image_spPGNewspro.php

माओवादीले सिंहदरबारको दक्षिणगेटमा शान्तिपूर्ण धर्ना दिइरहेका आफ्ना नेता कार्यकर्तालाई उत्तेजित पार्न प्रहरीले रबरको गोली र लाठि प्रहार गरेको दावी गरेको छ । बिहीबार दिउँसो सिंहदरबार घेराउ क्रममा धर्नामा रहेका माओवादी नेताहरु अमिक शेरश्चन, बषामान पुनलगायत तीन दर्जन घाइतेर रहेको माओवादी प्रबक्ता दीननाथ शर्माले बताए ।

बर्षमान पुनको टाउको फुटेको छ । भागदौडको क्रममा सभासदहरु शिवचन्द्र कुशवाहा, ललिता खातुन, दामा शर्मा, सुस्मा शर्मा घिमिरे, सरला रेग्मी, लीला भण्डारी, सुकदैया चौधरी, केशब भण्डारी, पुरन राना थारु, रुपा चौधरी, भगत बडुवाल र गुणाखर बस्याल घाइते् भएका छन । घाइतेमध्ये बाराका सभासद् शिवचन्द्र कुशवाहाको अबस्था गम्भीर रहेको छ । घाइतेहरुको एभरेष्ट नर्सिङ होम, वीर, मोडल अस्पताल लगायत राजधानीका अन्य विभिन्न अस्पतालमा उपचार भइरहेको माओवादीले जनाइएको छ ।

प्रहरीले माओवादी कार्यकर्ताले निषेधित क्षेत्र तोडने प्रयास गर्दा बल प्रयोग गर्नु परेको तबाएको छ।माओवादीले भने शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले उत्तेजित पार्न बल प्रयोग गरेको दाबी गरेको छ। अधिकांश घाइते कार्यकर्ताको हात खुट्टा भाँचिए वा चोट लागेको छ । माओवादीको दोस्रो चरणको आन्दोलनको अन्तिम् कार्यक्रम अनुसार बिहीबार पहिलो दिन सिंहदरबार घेराउ गरेको थियो । शुक्रबार पनि घेराउ जारी रहने छ । राष्ट्रपतिको कदम असंवैधानिक रहेको उल्लेख गर्दै सुरु भएको आन्दोलनमा प्रधानमन्त्री माधव नेपालको राजिनामा पनि माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट दक्षिणी ढोकामा घेराउ गरिरहेका माओवादी कार्यकर्ता र प्रहरीबीच दिउँसो झडप भएको थियो । प्रहरीले लाठी, अश्रुग्याँस र रबर गोली चलाएको थियोभने माओवादी कार्यकर्ताले पनि ढुङ्गा र इट्टा प्रहार गरेका थिए । धर्नाकारीले सिंहदरवारको दक्षिणी ढोकातर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । प्रहरीले धर्नाकारीमाथि अश्रुग्याँस र लाठि प्रहार गरेका छन्भने धर्नाकारीले पनि ढुङगा प्रहार गरेका थिए ।

दिउँसो १२ बजेर ५० मिनेट जाँदा झडप भएको थियो । माओवादीले बिहान ८ बजेदेखि सुरु भएको सिंहदरवार घेराउ कार्यक्रम अन्य स्थानहरुमा भने नाचगान गरेर शान्तिपूर्ण रह्यो । घेराउ भद्रकाली, माइतीघर, जिल्ला प्रशासन कार्यालय, पूर्वी गेट, घट्टे कुलो र पद्मोदय मोडमा माओवादी कार्यकर्ताले नाचगान, प्रहसन, कविता मुक्तक सुनाउने देखाउने गरेर दिनभर घेराउ गरेका थिए

Advertisements

One Response to “सिंहदरबार घेराउ क्रममा माओवादीका कून कून नेता कुटिए ?”

  1. tulsi ram yakami Says:

    yadi timi sachcha nepali ho bhane timi mawobadi lai samman gharnuparcha kinaki mawobadi bhaneko ti bhoka,pichadiyaka,utpidit nepali ho.

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: