साउदी गएकी चेली आइरनले डामिएर घर फर्किन्

पैसा कमाउन साउदीअरब पुगेकी नेपाली चेली शरीरभरि आइरनले पोलेका डाम लिएर घर फर्केकी छिन् । १० महिनाअघि साउदी गएकी बाँके कोहलपुरकी नन्दकला भुसालले काम गरेको पैसा त पाइनन्, घरमालिकले भनेबमोजिम गर्न नमान्दा शरीरमा कहिल्यै नमेटिने दाग लिएर घर पर्कन बाध्य भइन् ।नन्दकलालाई छिमेकी चन्द्रकान्त सापकोटाले राम्रो काम लगाइदिने प्रलोभन देखाएर साउदीअरब लगेका थिए । उनको पइतलादेखि कम्मरसम्म नै आइरनले डामेका दाग छन् । आफूलाई जबर्जस्ती गर्न खोज्ने घरमालिकको प्रतिकार गर्दा आइरन तताएर शरीरभरि डामेको उनले बताइन् ।मैले काम गर्ने घरका लोग्ने मानिसले सधै जबर्जस्ती गर्न खोज्थे, उनले भनिन्, प्रतिकार गर्दा उनीहरूले तताएको आइरनले मेरो पइताला, तिघ्रा र त्यहाँमाथिको भागमा समेत डामिदिए ।

घरमालिकले दैनिक आफूसँग जबर्जस्ती गर्न खोजेको र प्रतिकार गर्दा कुटपिट गरी यातना दिने गरेको नन्दकलाले बताइन् ।चरम कुटपिटपछि आइरनले डामिएपछि म घरमै मर्छु भन्ने डरले उनीहरूले मलाई मार्ने योजना बनाइरहेका रहेछन् । सो कुरा सुनेपछि घरको तीन तलामाथिबाट हामफालेर भाग्न सफल भएँ, उनले भनिन्, यसै मर्छु, उसै मर्छु भनेर तीन तलामाथिबाट हामफाले, संयोगले बाँचिएछ ।घरबाट हामफालेपछि बेहोस भएको र होस आउँदा आफूलाई अस्पतालको बेडमा पाएको नन्दकलाले सुनाइन् । ‘होस आउँदा मलाई सउदीकै अस्पतालमा भर्ना गरिएको रहेछ,उनले भनिन्, साउदीमा रहेका नेपाली दाजुभाइले उपचार गरेर मलाई नेपाल पठाइदिए ।

शरीरभरि आइरनले डामिएर यातना पाएकी नन्दकला मानसिक रूपमा विक्षिप्त छिन् । उनले आफूलाई यातना दिएको घरको ठेगानासमेत थाहा नभएको बताइन् । साउदी हो, तर कुन टोल र सहर हो, थाहा छैन,उनले भनिन् । नेपाल फर्किन सफल भएकी नन्दकलालाई माइती नेपाल काडमाडौंले संरक्षणमा लिई उपचारपछि नेपालगन्ज, माइती नेपालमा कानुनी कारबाही र पुनस्र्थापनाका लागि पठाएको छ । माइती नेपालले उनको उपचारमा सहयोग गरिरहेको छ ।

उपचारपछि उनी आफ्नै माइती घरमा बाबुसँग बसेकी छिन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले नन्दकलाको उपचार र कानुनी सहयोग दिइरहेको बताए ।नन्दकलालाई साउदी पुर्याउने दलाल सापकोटालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।सापकोटामाथि चलाइएको मुद्दाको अनुसन्धानका लागि अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

चन्द्रकलालाई भारतको बाटो भएर साउदी पुर्याइएको थियो ।दुई बच्चाकी आमा उनलाई ‘तिम्रो निकै दुःख छ’ भन्दै सापकोटाले राम्रो काममा लगाइदिने प्रलोभनमा पारी आफ्नै खर्चमा राहदानी बनाएर साउदी पठाएका थिए । उनले काम गरेबापत पारिश्रमिक नपाएको बताइन् । पारिश्रमिक माग्दा कुटपिट गर्थे ।

तिमीलाई हामी जे पनि गर्न सक्छौँ भनेर धम्काउँथे,उनले बताइन् ।उनले आफू त्यहाँ पुग्नसाथ आफूसँग रहेको राहदानी लगायतका कागजात घरमालिकले नै खोसेको बताइन् ।तलाई हामीले किनेका छौ । जे भन्छौ मान्नैपर्छ । मानेनौ भने प्रहरी लगाएर फसाइदिन्छौ,उनले घटनाबारे सुनाइन्, घरबाट बाहिर निस्किन दिँदैनथे । नन्दकलाले आफूलाई यातना दिने व्यक्तिमाथि कारबाहीको माग गरेकी छिन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: