स्वायत्तताविना सङ्घीय राज्य बन्न नसक्ने: डा.भट्टराई

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले सैद्धान्तिकरूपमा जातीय, क्षेत्रीय र भाषिक स्वायत्तताविना सङ्घीय राज्य बन्न नसक्ने बताउनुभएको छ ।नेवाः राष्ट्रिय मुक्तिमोर्चा ७ नं. निर्वाचन क्षेत्रद्वारा शनिबार राजधानीमा आयोजित ‘नेवाः स्वायत्त गणराज्यको विशेषता र स्वरुप’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो भौगोलिक रूपमा स्वतन्त्र राज्यभन्दा पनि स्वायत्त राज्य बनाउनुपर्छ ।

सम्पूर्ण जातिलाई आत्मनिर्णयको अधिकारसहित जातीय अग्राधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिँदै डा.भट्टराईले सङ्घीयता र जातीय मुक्ति आन्दोलनलाई नेवार जातिले नेतृत्व गर्नुपर्छ भन्नुभयो ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले प्रमुख राजनीतिक दलहरूको असमझदारीका कारण सङ्घीय राज्य व्यवस्थाका विषयमा अझै स्पष्ट हुन नसकेको बताउनुभयो ।

प्रदेश घोषणा वा सीमाङ्कन गरेर मात्र नभई त्यसको व्यवस्थापन र टिकाउमा पनि अहिले नै ध्यान दिनुपर्ने विचार राख्दै उहाँले भन्नुभयो भोलि बन्ने प्रादेशिक राज्यलाई कसरी द्वन्द्वरहित बनाउने भन्ने कुराको पनि ख्याल राख्नुपर्छ ।नेता आचार्यले स्वायत्तता, स्वशासन र आत्मनिर्णय भन्दा पनि अग्राधिकारबारे दलहरूबीच अझै बृहत् बहस हुन बाँकी रहेको धारणा राख्दै भन्नुभयो-’राज्य पुनःसंरचना गर्दा राजनीतिक दलहरू मात्रैले भन्दा पनि राष्ट्रिय बहसपछि निर्णय गर्नुपर्छ ।

नेवाः देय दबुका संरक्षक मल्ल के. सुन्दरले स्वायत्त राज्यको घोषणा गर्दा इतिहास, जातीय जनसङ्ख्या, आदिवासीको भूमि र जनमतलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।संविधानसभाको राज्य पुनःसंरचना समितिका सभापति लोकेन्द्र विष्टले नेपाली काङ्ग्रेस र नेकपा एमालेले राज्य पुनःसंरचनाको खाका अझै नदिएका कारण यसबारे मस्यैादा तयार पार्न ढिला भइरहेको बताउनुभयो ।

उहाँले प्रदेशको सङ्ख्या कति हुने, यसको नाम कसरी राख्ने र सीमाङ्कन कसरी गर्ने भन्ने विषयमा दलहरूबीच तत्काल छलफल हुनुपर्नेमा जोड दिनुभयो ।प्राध्यापक परशुराम तमाङले राष्ट्रका आधारमा प्रादेशिक राज्य बनाउनुपर्ने भनाइ राख्नुभयो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: