शारीरिक सुगठनका उत्कृष्ट खेलाडी दुबईमा

शंकर ज्ञवाली६ नोभेम्बर दुबई ।
फस्ट बडीबिल्डिंग च्याम्पियनशीप वल्डकपमा भाग लिन आएका नेपाली खेलाडी सचित प्रधानलाई गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईले बरदुबईको सी शेल इन्न होटलमा एक समारोहबीच स्वागत गर्यो ।गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका अध्यक्ष चुँडामणि ढकालको अध्यक्षतामा सम्पन्न एक स्वागत तथा भेटघाट कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले विश्वकपका प्रतियोगी सचित प्रधानलाई शुभकामना िदंदै हौसला बढाए ।

कैयौं समाजसेवी तथा पत्रकारहरुले प्रतियोगी खेलाडी प्रधानसँग तस्वीर खिचाए ।खेलाडी प्रधानसँगै यूएई आएका नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले हाम्रो खेलाडीले कप जित्न नसके पनि टप टेनमा पर्न सक्ने प्रचुर सम्भावना रहेको बताए । उनले कार्यक्रममा उपस्थित सवैलाई स्वस्थ्य रहन फिटनेससम्बन्धी अभ्यास गर्न सुझावसमेत दिए ।

कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा दक्षिण एसियाली शारीरिक सुगठनका सचिव राजन श्रेष्ठ प्रवासी नेपाली पत्रकार साजालका सायोजक तथा नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैन लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डि।एल। शर्मा नेपाली समाजका महासचिव नारायण अधिकारी आदिवासी जनजाति महासंघका महासचिव डी.आर.गुरुङ अन्तर्राष्ट्रिय साहित्य समाज यूएई च्याप्टरका अध्यक्ष बालचन्द्र पोख्रेल नेपाली एकता समाजका अध्यक्ष मानबहादुर थापा प्रवासी नेपाली संघका अध्यक्ष यमलाल शर्मा पंगेनीले खेलाडीलाई शुभकामना व्यक्त गरे ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका महासचिव सुरेश बस्यालले साचालन गरेको उक्त कार्यक्रममा सोही संघका उपाध्यक्ष शेषनारायण झाले अतिथिहरुलाई स्वागत गरे । सो कार्यक्रमको सभापतित्व गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका अध्यक्ष चुँडामणि ढकालले गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: