पर्वतमा स्वाइन फ्लु फैलिएपछि पश्चिम नेपालमा सन्त्रास

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा एक साता देखि फैलिएको अज्ञात रोग स्वाईनफ्लु भएको पुष्टि भएपछि सो क्षेत्रका सर्वसाधारणमा सन्त्रास बढेको छ। पर्वत सदरमुकाम कुश्मामा रुघा, खोकी र ज्वरोको प्रकोप देखिएपछि एक साता अघि देखि बन्द भएका विद्यालयहरु अंझै खुल्न सकेका छैनन्।गत १२ गते एक्कासी रुघाखोकीको प्रकोप बढेपछि १२ जना विरामीको खकार र रगतको नमुना परिक्षण गर्दा ९ जनामा स्वाइनफ्लु भएको पुष्टि भएको थियो।
स्वाईफ्लुबाट जोगीनको लागि उच्च सर्तकता अपनाउन कुश्मामा सर्वपक्षिय बैठक बसेको छ। बैठकले स्वाइनफ्लुबाट बच्न रोगप्रभावित क्षेत्रका सम्पूर्ण विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सभा, सम्मेलन र बैठकको आयोजना नगर्न सर्वसाधारणहरुलाई सुचित गरेको छ। पर्वतमा मात्र करिब २५ सय भन्दा बढिमा रुघाखोकी र ज्वरोको लक्षणहरु पाईएपछि स्वाईनफ्लुको आशंकामा पर्वतवासीहरु चिन्तित भएका छन्। स्वाईनफुलुबाट बच्नका लागि जिल्ला जनस्वास्थय कार्यालयले जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ। जनस्वास्थ्य कार्यालयले सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेको छ। जनस्वास्थ्य कार्यालयले रोगको आवश्यक औषघि आइसकेकोले ज्वरो र रुघाखोकीका विरामीहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।यसैविच परिक्षणको लागि केन्द्रीय प्रयोगशालामा नमुना लगिएकाहरुमा स्वाइनफ्लुका जिवाणु भएको भनीएता पनि कुश्मा स्थित भैरवी दल गुल्मका सवै जवानहरु स्वस्थ्य भई तालीमको लागि खटइिसकेको सो गुल्मले जनाएको छ। त्यसैगरी नमुना परिक्षणको लागि पठाइएका अन्य सवैजना स्वस्थ्य भईसकेको जिल्ला स्व्ाास्थ्य कार्यालय पर्वतले जनाएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: