दुधकोशीको कथा

दुधकोशीको कथामा किरांत व्यंग्य-डा. कवितारम श्रेष्ठ
source:euronepal

रबुवाको पूल तर्ने वेलामा एउटा कलाल (मौवाबाट बनेको
रक्सी) खाएर मातेको राईले साथमा िहंडने मातेकै बाहुन
साथीलाई भन्दै थियो – “थाहा छ? तिमीहरु जस्तो अधर्मी
बाहुनले गर्दा नै यो दुधकोशीमा दुध बग्न छोडेर पानी बग्न
लागेको हो ।” बाहुनले तत्कालै जवाफ दियो – “तँ मोरा
किराँतीलाई के फरक प-यो र रक्सी बगेको भए पो फरक
पर्थ्यो त ।” राई पनि कम थिएन । उसले उल्टै थप्यो –
“रक्सी नै भएपनि तँ बाहुनहरु अघि परी हाल्थिस् नि ।
यी अहिले कसरी अघि परेको छस् ।

हामीले एक टवाक खाँदा आँखा चिम्लेर तीन टवाक ठाडो
घाँटी लाइसकेको हुन्छस् ।” साथमा िहंडने कामी भरिया
मज्जाले खित्का छोड्दै हाँस्यो । बाहुनलाई रिस उठेछ –

“तँ डांग्र्रालाई चािहं के स्वाद प-यो नी ?” कामी भरिया
पनि मातेकै रहेछ । प्रतिकारमा उभियो – “यसरी न
हप्काउनुहोस् है बाजे । अव ता त्यो जमाना गइसकेकोछ
।” बाहुनले लट्ठी उजाएर कामीलाई पिट्न खोज्यो ।
किराँत बीचमा आयो । प्रशंग के भने एउटा लाकोक्ती छ
यस भेगमा, जसले परापूर्वकालमा दुधकोशीमा पानी होइन
दुधैदुध बग्थ्यो भनेर भन्दछ । यो कोशीमा दुध जत्ति
खाएपनि हुन्थ्यो रे । पछि एउटा बाहुन आएर यसको
किनारमै खीर पकाएर खाएछ र जुठो भाँडा यसैमा डुवाएर
पखालेछ । त्यसपछि तत्कालै दुधकोशीबाट दुध बग्न छोडेछ
र पानी बग्न लागेछ । कथाको विषयवस्तुले बुझाउँछ कि
यो कथा बाहुनहरुको होइन अपितु बाहुनबाट असन्तुष्ट त्यस
क्षेत्रका किराँत जतिको हो । लोककथाको व्यपकतालाई हेर्दा
बुझिन्छ कि यस भेकमा पहिलेदेखि नै बाहुनहरु
प्रतिरक्षात्मक स्थितिमा थिए र किराँतहरु अक्रामक ।
प्रस्तुतरुपमा लोककथाको प्रशंग यहाँ छोडिए पनि दुइ
संस्कृतिको विवाद निर्विवाद रुपमा थियो यसमा ।

राईसाथीले बाहुनलाई पहिलो कथनमा किराँतसंस्कृतिलाई
विटुल्याएर अर्थहीन बनाइदिएको अपगाल दिएको छ भने
दोश्रो कथनमा आर्यसमाजका वास्तुकर्मी बाहुनहरुलाई
उनीहरुद्वारानै निर्मित धर्मशास्त्रले तोकेको आचरण तथा
धर्मबाट विचलित दुराचारी लुव्ध र अधर्मी भन्न खोजेको छ
। बाहुन त यसमा प्रतिक मात्र हो । किराँतहरुको यो
निशाना आर्यसंस्कृतिको वास्तुकर्मी बाहुनहरुमार्फत
आर्यसंस्कृतिमै दागेको हो । प्रस्तुतरुपमा यो कथा यस्तै
रमाइलो मजाकमा प्रयोग हुने गरेको भएपनि अप्रत्यक्षरुपमा
त्यहाँ एउटा साँस्कृतिक शीतयुद्धको संकेत मिल्दछ । अर्थात
विवाद यतिखेर सुनिएपनि निरन्तरता यसले पहिलेकै
बोकेको छ । यो दुधकोशी क्षेत्र भनेको किराँतहरुको क्षेत्र हो
(हेर्नु मेरा पुस्तक के किन भानियो? को दोश्रो अध्यायको
साल्पापोखरी ः राईको मुन्धुम र किराँतहरुको भूमी प्रकरण)
। यसलाई त्यसैले ‘माझकिराँत’ भन्ने गरिन्छ ।
आर्यहरुको प्रथम प्रवेश सम्भवतः महाभारतकालमा भयो ।
यसको संकेत भीमसेनले पहिलोपल्ट कोशीक्षेत्रका
किराँतहरुमाथि विजय प्राप्त गरेको प्रशंगले दिन्छ । त्यो
समय अन्दाजी ५००० बर्ष भनेर भन्न पर्ने हुन्छ ।

किराँतहरु त्यसताका सामान्यतः शीकार खेलेर
जीविकोपार्जन गर्थे । देश खाएर शेष भएका आर्यहरुमा धेरै
ज्ञान, अनुभव तथा प्रविधिहरु यस्ता थिए जो किराँतहरुका
लागि नयाँ थिए र जीविकोपार्जनमा सहायकसीद्ध हुन्थे अनि
जीवन सुगम हुन्थ्यो र सुसंस्कृत हुन्थ्यो । यसरी
आर्यजातीका धेरै खाले भौतिक संस्कृतिलाई उनीहरुले
उपयोग गरे । हेर्दाहेर्दै आर्यसंस्कृति किराँतसंस्कृति माथि
हावी हुन लाग्यो र आफ्नो साँस्कृतिक अस्तित्वको लागि
यो शीतयुद्ध शुरू भयो जसको परिणाममा यो दुधकोशीको
कथा हामी सुन्ने गर्दैछौं । साथमा भएको आरोप यो पनि
छ कि बाहुनहरुले पहिले रक्सी नखाने भएर सदाचारिताका
ढोंगबाट किराँतहरुलाई ठगे र आज भौतिक युग पदार्पन
भएपछि त्यो आफैले आफ्नोलागि बनाएको नियम छोडेर
राईहरुले भन्दा बढी रक्सी खान तयार छन् । जताबाट पनि
फाइदामा हुने यसको शोषक नीति छ । दुधकोशी भन्ने
नाम यसमा दुध बग्ने गरेको हुँदा रहन गएको हो भन्ने
कुरा यस कथाले भन्न खेजेको छ । यो आशयको कथा
यता उपलव्ध आर्य ब्रहमणहरुद्वारा रचित हिमवतखण्डमा
उल्लेखित पाइन्न । वास्तवमा दुधकोशी भन्ने नामसम्मको
पनि यसमा उल्लेख छैन । दुधकोशी नै मात्र किन ? अरु
सातैवटा कोशीनदीहरुको नाम पनि अर्कै संस्कृत नामबाट
भएको पाइन्छ । स्थानीय नामहरुसंग तिनलाई तादात्म
गर्न गाह्रो पर्ने स्थिति छ ।

जस्तै तीनलाई शुभश्रवा, पापघ्नी, भद्रावती, महाप्रभा,
दुखघ्नी, सत्यवाहिनी आदी नामहरुले पुकारिएको छ ।८
यसमा दुधकोशी नै कुन हो भन्नेसम्म पनि छुटयाउन गाह्रो
पर्दछ । तर यीनीहरु कोशी नदी हुन् भन्ने संकेत भने राम्रै
दिइएको छ . किनभने यसको अन्तमा यी सात
नदीहरुलाई प्राणीहरुले शप्तकोशी भन्ने छन् भनेर राम्रै
किटिएको छ । हिमवतखण्डकै एकहत्तरौं अध्यायमा यी
नदीहरुलाई देवीहरुको नामबाट पुकारिएको उल्लेख छ ।
जस्तै यसमा दुर्गा नारायणी चण्डी शिवदुती कपर्दिनी वाराही
शचिगौरी आदि कौशिकी नदी हुन् भनिएको छ । त्यस्तै धेरै
अरु पौराणिक ग्रन्थहरुमा कोशीनदीको उल्लेख सम्मानसाथ
भएको पाइन्छ । तर यीनमा स्थानीय नामलाई कतै
स्वीकारिएका छैन । जस्तै मार्कण्डेय पुराणको पाँचौं
अध्यायमा भगवती अम्बिकाको कोशबाट उत्पति भएको
सप्तधारा भनेर भनिएको छ । तर स्थानीयताको गन्धसम्म
छैन । वाल्मीकीरामायणको चौंतिसौं सर्गमा कौशिक
विश्वामित्रकी दीदीको नदीस्वरुप भनेर उल्लेख भएको पाइन्छ
। तर स्थानीय नाम यीनमा पनि छैन ।

नेपाल महात्म्यको चालिसौं अध्यायमा कुशिक भन्ने
व्यक्तिले सेवा गरेवापत नदीले ‘उनैको नामबाट कौशिकी
भनेर चिनिइने छु’ भनेर वरददान दिएको प्रशंग आएको
देखिन्छ । यी सवैमा उल्लेखनीय यही छ कि स्थानीय
नामको अर्धभाग कोशी शव्द भने यीनमा मिल्दछ । प्रश्न
उठ्छ के किराँतहरुले यो नाम आर्यसंस्कृतिबाट उधारो
लिए ? कि आर्यहरुले नै स्थानीय नामहरुलाई पौराणिक
आख्यानहरु जोडेर आर्यकृत गरे ?

कोशी भन्ने नाम दुवैमा मिल्न गएपनि यो नामको
व्युत्पतिकोबारेमा ती श्रोतहरु एकमत छैनन् । कोही के
कोही के, थरिथरिका कथा बनेका देखिन्छन् । यसले
बुझाउँदछ कि आर्यहरुले स्थानीय नामलाई नै आफ्ना
बनाएर आर्यकृत गर्ने कोशिस गरेका हुन् । उत्पतिकथाहरु
जेजस्तो सीर्जिएको भएपनि यो वस्तुतः किराँतनामकै
निरन्तरता िदंदै किराँतहरुमा आर्यसंस्कृति लाद्ने एउटा
कोशिस थियो भन्ने कुरा पौराणिक नाम तथा स्थानीय
नाममा कत्तिपनि नजदिकी नहुनुले स्पष्ट गर्दछ । यसको
संकेत यही हो कि आर्यहरुले सीर्जेको नामहरुलाई स्थानीय
आदिबासी िकंराँतहरुले स्वीकारेनन् । नाम मात्र होइन
तीनमाथिका आस्था र विश्वासहरुसमेतमा उनीहरुले बाहिरी
संस्कृतिबाट विटुलो हुन दिएनन् ।

बरु उल्टै आर्यहरुको अतिक्रमणबाट रुष्ट ती आदिबासीहरुले
दुधै बग्ने नदीलाई जुठो पानी बग्नपर्नेसम्मको स्थितिमा पु-
याएको अपगाल लगाए र आजसम्म त्यही कथा ढीडकासाथ
दन्त्यपरम्पारमा आइरहेछ । यसको अर्थ हो – किराँतहरु
आर्यहरुसंग भएको सांस्कृतिक शीतयुद्धमा आदिकालदेखि
अहिलेसम्मनै कहिल्यै पनि हारेनन् र सँधै माथि नै परेका
थिए । र सँधै माथि नै पर्न चाहन्छन् । कथामा व्यंग्य छ
नि होइन ? यो हेर्नु होस् है ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: