भाइरल ज्वरोले पर्वतमा विरामीको संख्या दुई हजार नाघ्यो

१८ कात्तिकपर्वतको सदरमुकाम कुस्माबजारमा गत सातादेखि फैलिएको भाईरल ज्वरोका कारण बिरामी पर्नेहरुको संख्या बढेर साँझसम्म दुई हजार नाघेको छ । जिल्ला अस्पताल पर्वतले दिएको जानाकारी अनुसार मंगलवार साँझ सम्ममा २ हजार १ सय जना विरामीले जिल्ला अस्पताल र निजी क्लिनिकमा उपचार गराएका छन । सदरमुकाममा कात्तिक १० गतेदेखि फैलिएको प्रकोपका कारण सदरमुकामका सबै शिक्षण संस्था बन्द भएका छन् । प्रकोपवाट शिक्षक कर्मचारी र सर्बसाधरण पनि प्रभाबित भएका छन । विरामीहरुमा एक्कासी ज्वरो आउने रुघाखोकी लाग्ने टाउँको र घाँटी दुख्ने लक्षणहरु देखिएका छन । बिरामीहरुको थ्रोट स्वाव वा खकार र र्याल परिक्षणका लागि काठमाण्डौ पठाइएको र बिहीबार सम्म रिर्पोट आइपुग्ने अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । बिरामीहरुमा एक्कासी ज्वरो आउने रुघाखोकी लाग्ने टाउँको र घाँटी दुख्ने लक्षण देखिएका छन । केही दिन अगाडि शिवालय नमुना उच्च मावि र नयाभैरवी दल गुल्मका केही जवानहरुवाट घाँटीको र्याल जाँच गर्न केन्द्रमा पठाइएको र रिजल्ट नआएसम्मका लागि प्रकोपको एकिन नभैसकेको अस्पतालले जनाएको छ । रुघाखोकी मासमा फैलिएकाले समस्या देखिएको हो स्वाइन फ्लुको कुनै शंका नै छैन । अस्पतालका मेडिकल अफिसर डा.सन्देश कोइरालाले बताउनुभयो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: