माओवादीद्वारा देशभर प्रदर्शन

४ नोभेम्बर, ०९ । एकीकृत नेकपा माओवादीले आज देशभरका जिल्ला प्रशाशन कार्यालयहरु घेराउ गरिरहेको छ । राष्ट्रपतिको असंवैधानिक कदम सच्याउन माग गर्दै दोश्रो चरणको आन्दोलनमा उत्रिएको माओवादीले आज र भोली प्रशाशन कार्यालयहरु घेराउ गर्ने भएका हुन ।

विहान ९ वजेदेखि वेलुका ५ वजेसम्म सम्पूर्ण कामकाज ठप्प पार्ने गरी देशैभरका प्रशाशन कार्यालयहरु घेराऊ गर्न माओवादी कार्यकर्ताहरु देशैभरका जिल्ला प्रशासन कार्यालयमा पुगिसकेका छन् ।

यता नेवा राज्य समिति अन्तरगतका तीन ओटै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरमा उल्लेख्य जनसहभागीतामा घेराउ गरिरहेको एकीकृत ने.क.पा माओवादीले जनाएको छ ।

माओवादीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेपछि प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रदर्शनमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्न सरकारले उच्च सतर्कता अपनाएको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: