बोडेको दही बेचेर बेलायतमा पढाइ

बोडेको दही बेचेर बेलायतमा पढाइ
नाङ्लोमा दही बेचेर आफ्नो पाँच जनाको परिवार पालेको बताउनुहुन्छ बोडेका गौतम श्रेष्ठ ।भक्तपुरको बोडे घर रहेका उहाँले यो व्यवसाय गरेको २७ वर्ष पुगिसक्यो । यस बीचमा छोरालाई बेलायतमा पढ्न पनि पठाइसक्नुभयो ।दही बचेर आर्जन गरेको पैसाले नै सबै काम गरेको उहाँ बताउनुहुन्छ । बिहान भक्तपुरबाट व्यापार थालेर बेलुका कोटेश्वरमा बिटमार्नु उहाँको दैनिकी हो ।

आजभन्दा पाँच वर्ष अगाडिसम्म १० वटा भैंसी पाल्ने गरेकोमा अहिले उहाँसँग जम्मा तीन वटा भैंसी छन् ।त्यही भैंसीको दूध दहीबाट कमाएको पैसाले घर परिवार चलाउने गरेको छु ।” उहाँले भन्नुभयो ।दुई छोरीलाई स्नातक तहमा पढाइरहेको बताउनुहुने उहाँको यो व्यवसाय बुबाको पालादेखि सुरु भएको हो ।उहाँले मात्र दही बेच्ने होइन, त्यहाँ त टोल नै यस व्यवसायप्रति कटिबद्ध छन् । कलङ्कीमा नारायणभक्त जैन श्रेष्ठले दही पुर्‍याउनुहुन्छ भने राजेश ठोसा श्रेष्ठले नयाँ बसपार्क र देश भक्तजैन श्रेष्ठले बौद्धमा दही पुर्‍याउनुहुन्छ ।

यतिमात्र होइन पाटनसम्म बोडेकै दही जान्छ । तर अहिले भैंसी अलि महङ्गो भएकाले किनेर पाल्न गाह्रो भएको छ ।आफूहरूले गरेको व्यवसायले अहिलेसम्म निरन्तरता पाए पनि अबको पुस्ताले भने यस व्यवसायलाई निरन्तरता नदिने डर उनीहरूमा छ ।भक्तपुरे जुजु धौ भनेपछि सबैले मीठो मानी खाने गरेका छन् । सानो माटोको भाँडोमा दही राखेर बेचिराख्नुभएका गौतमको नाङ्लोबाट दही किनेर खाँदै सर्लाहीका शिवहरि पोखरेलले दही धेरै मीठो रहेको प्रतिक्रिया दिनुभयो ।

यसैगरी अर्का दही पारखी विपी यादवले आफूले भक्तपुरको दहीको बारेमा सुनेपछि आज त्यो सौभाग्य प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।‘सर्लाहीको दहीभन्दा भक्तपुरको दही साह्रै मीठो र राम्रो रहेछ’, उनीहरू दुबैको एउटै विचार थियो

Posted in nepal. 1 Comment »

One Response to “बोडेको दही बेचेर बेलायतमा पढाइ”

  1. ganesh shrestha Says:

    what a cheap Popularism.
    Shame on this Article people of bode know the FACT n REALITY……Sasto lokpriyata

    We respect occupation…but..”बोडेको दही बेचेर बेलायतमा पढाइ” this is totally Fake…..fake fake fake fake

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: