किशोर वैज्ञानिक… सोलार कार…

Nepali_Car_स्पिडी-इगल नामक हेलिकोप्टर बनाएर चर्चामा आएका किशोर वैज्ञानिक कुशल केसीले सोलार कार निर्माण गरेका छन् । कुशलले मंगलबार मध्याह्न जम्मा भएको भीडका बीचबाट आफूले बनाएको कार कुदाएर वाहवाही बटुले ।
अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वषरीय कुशल केसी, १६ ले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी ‘सोलार कार’ निर्माण गरेका हुन् । कारमा तीनजना बस्न सकिन्छ । सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम, विभिन्न संघ/संस्था र व्यक्तिगत गरी संकलित ६ लाखको लागतमा सोलार कार निर्माण गरेको बताए । कारमा २० वाटको प्यानल ६ वटा, १८ एम्पाएरको ब्याट्री २० वटा र मोटरको प्रयोग गरिएको उनले जानकारी दिए । कार उद्घाटनपछि सदरमुकाम बाग्लुङ बजार घुमाइएको थियो । सदरमुकाम बाग्लुङ बजारमा भेला भएका नगरवासीले तालीको गड्गडाहटबाट कुशललाई प्रोत्साहन र बधाई दिएका थिए ।
‘सामग्री जुटाउन मात्रै तीन महिना लाग्यो,’ कुशलले भने, ‘सामग्री जुटाएपछि ४२ दिनमै कार तयार भयो । तीन क्विन्टल तौल रहेको कार प्रतिघन्टा ५० किमी गुड्नसक्ने उनले जानकारी दिए । यो त नमुना सोलार कार मात्रै हो, आर्थिक सहयोग मिले विविधतायुक्त कार बनाउने सोच छ,’ प्रसन्न मुद्रामा उनले सुनाए । सोलार कारको अवधारणा कसरी आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा कुशलले भने,धुवाँबाट प्रदूषित बन्दै गएको विश्वको वातावरण जोगाउन र नेपालमा सधैँ खड्किरहने डिजेल/पेट्रोलको अभावलाई पूर्ति गर्न सोलार कार निर्माणमा रुचि जाग्यो ।सोलार कार निर्माण गर्ने घोषणा गरी आर्थिक संकलन अभियान सञ्चालन गरे पनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाउँदा दुःख लागेको कुशलले बताए। उनले भने, ‘सरकारले सपोर्ट गरेमा नयाँ प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ ।’ सो अवसरमा कुशलका बाबु भीम केसी र आमा रुद्र केसीलाई विद्यालयले सम्मान गरेको थियो । ०५० चैत १७ गते जन्मिएका कुशलले यसअघि ‘स्पिडी-इगल’ नामक हेलिकोप्टर, डायनामो, टेलिस्कोप, फोटो-प्रोजेक्टरसमेत निर्माण गरिसकेका छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: