दुवै मिर्गौला काम गर्न नसक्ने भएपछि मलेसियाबाट कार्की रित्तो हात घर फर्किए

धन कमाउने आशमा मोटो रकम खर्चेर मलेसिया पुगेका २८ वर्षीय सुरेश कार्की चार वर्षपछि दुवै मिर्गौलाले काम गर्न नसक्ने अवस्थामा जीवनमरणको दोसाँधमा पुगेर रित्तो हात घर फर्किएका छन्।दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि आर्थिक अवस्था कमजोर भएका कास्की भलाम गाविस तल्लाचौर निवासी सुरेशले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । सुरेशलाई आफ्नी आमाले एउटा मिर्गौला दिन तयार भए पनि प्रत्यारोपणको लागि रु. पाँच लाख जुटाउन नसक्दा उनी बिचल्लीमा परेका छन् ।उनीहरूले आफूसक्दो रकम माछापुच्छ्र्रे बैङ्कको बचत खाता नं. १५४०५२४०९४७३८०१ मा जम्मा गरेर सहयोग गर्न अनुरोध गरेका छन् । किड्नीमा समस्या देखापरेपछि सुरेशलाई मलेसियामा उपचार गर्न धेरै खर्च लाग्ने भनेर मालिकले दसैँको मुखमा घर फर्काइदिएका थिए । बुढेसकालको सहारा एक मात्र छोरा दसैँमा खुसी बोकेर आउला भन्ने सोचेका पिता मोहन कार्की उल्टै ऋण खोज्दै बिरामी छोरो बोकेर पोखराको मणिपाल, काठमाडौँको विएण्डवीलगायतका विभिन्न अस्पतालहरू धाए ।

नेशनल किड्नी सेन्टरका डाक्टरहरूले सुरेशलाई मिल्ने एउटा मिर्गौला तुरुन्त फेर्नसके बाँच्न सक्ने सल्लाह दिएपछि पीडित सुरेशकी आमा विष्णुमाया कार्कीले आफ्नो छोरोको जीवनरक्षाका लागि आफ्नो एक मिर्गौला दिन तयार हुनुभएको हो । छोराको जीवन रक्षाका लागि आमाले आफ्नै मिर्गौला प्रत्यारोपण गर्न दिन्छु भन्दा पनि नेशनल किड्नी सेन्टरका डाक्टरहरूले मिर्गैला प्रत्यारोपण खर्चवापत औषधिबाहेक जतिसक्दो छिटो रु. पाँच लाख धरौटी राख्न भनेका पिता मोहन कार्कीले बताए ।

गाउँमा करिब दुई रोपनी पाखोबारी मात्र रहेका मोहन कार्की छोराको उपचारका लागि अहिले आफ्नो बास रहेको जग्गाजमिन बिक्री गरेरै भए पनि रकम जुटाउनतर्फ लागेका छन् तर गाउँको जग्गाजमिन बिक्री गर्दा रु.डेढ/दुई लाख पनि नआउने भएपछि उनले थप रकम आर्थिक सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: