जनजातीहरु मसान हुन्

जनजातीहरु मसान हुन्
सोमनारायण थारु -थनेत
जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला । अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको आवाज उठाउनेलाई उत्सुकताको विषय बन्न सक्छ ।
यो वाक्य अथवा भनाई नेकपा एमालेका वरिष्ठ भनाउँदा नेता के पी ओलीको हो । उहाँले आफ़्नो जापान भ्रमणको बेलामा विभिन्न कार्यक्रममा बोल्ने क्रममा यो भनाइ राख्नुभएको हो । अर्थात एउटा पार्टीको जिम्मेवार नेताले त्यही कुरा बोल्छ जुन कुरा त्यो पार्टीको अवधारणा पत्रमा उल्लेख भएको हुन्छ । आदिवासी र जनजातीको परिभाषा के हो ? यिनीहरुको को हुन भन्ने कुरा बताईरहनु पर्दैन । उच्च अहमकारवादी हिन्दुधर्मको आड र भरोसामा यस देशका सामन्त तथा पूंजिंपति वर्गले यहाँका आदिवासी जनजाती तथा सोझासाझा, गरिब, इमान्दार र निमुखा जनतामाथि अनेकौं तरिकाले शदियौंदेखि शोषण दमन र अन्याय अत्याचार गर्दै आए ।
देशमा भएको राजनीतिक परिवर्तन र घटनाक्रम संगसँगै यस देशका आदिवासी जनजाती लगायत शोषण दमनमा परेका सबै वर्ग, तह, तप्का र समुदायका मानिसहरु आफनो मुक्तिको लागी एकजुट भई आन्दोलित हुँदैं आइरहेका छन । कुनै बेला जातिय मुक्ति र वर्गिय मुक्तिको आवाज उठाउने पार्टी मालेलाई आदीवासी जनजाती तथा यस देशका शोषित, पींडित वर्गले आफ्नो बहुमुल्य मत मार्फ सबै भन्दा ठूलो पार्टीका नाईकै थिए । तर जब यहाँका आदिवासी जनजाती शोषित पींडित वर्गले एमालेको असली अनुहार देखे । जब तिनीहरुले एमालेका नेताहरुले काठमाण्डुमा महल ठडयाएको देखे । जब तिनीहरुले सामन्तवादको नाइके राजाको खुट्टामा मोहर चढाएको देखे । अनि यस देशका आदीवासी, जनजाती तथा शोषित पीडित वर्गले एमाले, काँग्रेस र पँचेहरुमा कुनै अन्तर देखेनन ।
यस देशका शोषित पींडित निमुखा आदिवासी जनजातीहरुले धेरै कुरा भोगिसके । धेरै राजनीतिक उथलपुथल अध्ययन गरिसके । उनीहरु अब पुरातनवादी राजनीतिक पार्टी र सिद्धान्तमा विश्वास गर्दैनन । उनीहरु मार्क्सवाद र माओवादबाट पनि परिशिक्षित भईसके । यसकारण उनीहरु अब आफ्नो जातिय मुक्ति केवल जातिय कुरा उठाएर मात्र सम्भव हुदैन भन्ने करा बुझिसकेका छन । यसले जातिय द्वन्द निम्त्याउन सक्छ र जातिय मुक्तिको मात्र कुरा उठाउनेहरु गोरेबहादुर खपाङ्खी जस्तै दरबारमा गएर विलय पनि हुन्छन । जातिय समस्या वास्तवमा वर्गीय समस्या भएको हुँदा यसलाइ त्यही अनुसार जोडेर अगाडि बढेमा मात्र सफल हुन सकिन्छ ।
जहाँसम्म केपी ओलीले जनजाती तथा शोषित पींडित जनताले उठाएका मागहरुलाइ मसान भने भन्ने कुरा छ । माथि नै उल्लेख गरी सकियो की जनजाती तथा शोषित, पीडित जनताले एमालेको असली रुप राम्ररी देखिसके । उनीहरु जसरी पनि वर्षौ वर्ष देखिको उत्पीडनबाट मुक्ति हुन चाहनु स्वभाविक हो । आफ्नो जातिय पहिचान र अस्तित्वको लागी आवाज उठाउनु राम्रो पक्ष हो । आफ़्नो गुमेको हक र अधिकार प्राप्त गर्नको लागी आन्दोलित हुनु पनि राम्रो हो र तिनीहरु निकै जोडदार,जागरुक र शसक्त ढँगले आफ़्नो आन्दोलनलाइ अगाडि बढाईराखेका छन तर यो कुरा केपी ओली जस्ता प्रतिक्रियावादी नेताहरुलाइ पचिरहेको छैन किनभने केपी ओली जस्ता नेतालाइ चिन्ता र डर लाग्न थालिसक्यो । वर्षौसम्म उच्च अहँमकारवादी हिन्दु धर्मको आड र भरोसामा यहांका सामन्तवादी र पूँजिपति वर्गले आदिवासी जनजाती तथा शोषित पींडित जनताहरुमाथि एक धर्म, एक संस्कृति र एक भाषा लादेर यति सम्म दवाएर राखेका थिए की उनीहरु कहिल्यै टाउको उठाउन सकिराखेका थिएनन । अर्थात केपी ओलीको शब्दमा उनीहरु मरिसकेका थिए, मसान थिए । अहिले उनीहरु जागरुक भएको देख्दा केपी ओली कमरेडले मसान जागेको देख्नु स्वभाविक पनि हो । खबरदार ! जनजातीको आन्दोलनलाइ मसानको सँज्ञा दिने प्रतिक्रियावादी नेता हो । यस देशका आदिवासी जनजाती तथा शोषण दमनमा परेका जनताहरु अझै जिउदैं छन । जिउदैं मानिसलाइ चिहानमा गाडने कोशीस नगर । यो देशलाइ बचाउन थुप्रै श्रमजिवी, भोका, नाङगा तथा आदिवासी, जनजातीहरुले रगत बगाएका छन र अझै बगाउन तयार छन । यो देशतिम्रो बाउको बिर्ता होइन । यो देशमा तिमी सामन्तहरुको नाइकेको रुपमा रहेको राजतन्त्र जसलाइ तिमीहरुले भगवान मानेर ढोग्छौ त्यसलाइ त नेपाली जनताले घोक्रेठयाक लगाए भने तिमीलाई लगाउन कुनै बुढो मँगलवार कुनपर्दैन ।
यो २१ औं शताब्दीको वैज्ञानिक युग हो । अहिलेका आदिवासी, जनजातीहरु शोषित ,पींडित, गरिब जनताले भुत, प्रेत, पिसाच र मसानमा बिश्वास गर्दैनन । अहिले त उनीहरुले मार्क्सवाद र माओवादमा विश्वास गर्छन । त्यसकारण केपी ओली जस्ताले देखेको जनजाती मसानलाई जुनसुकै धामी गरौ, र झाक्रीले पनि सुताउन र निको पार्न सक्दैन । बरु केपी ओली र वहाँको पार्टीलाई त्यो मसानले खाइ दिने हो की ? किनकी नेपाली जनताले, नेपालका शोषित, पींडितले, नेपालका आदिबासी ,जनजातीहरुले एमालेबाट जे आशा गरेका थिए, त्यसको ठिक बिपरित पाए । के पी ओली र उसको एमाले पार्टी सर्वहारावर्ग र जनजाती बिरोधी योजना र क्रियाकलापमा लागी परेको छ । हालसालै एमालेका गृहमन्त्री भीम रावलले जनजाती र सर्वहारावर्गको आवाजलाइ दवाउनको निमित्त विशेष शुरक्षा योजना लागु गर्दैछन । यसबाट जनजाती प्रतिको र सर्वहारा प्रतिको एमालेको दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट हुन्छ । सर्वहारा, गरिब, कमैया र जनजाती बिरोधी नै वास्तवमा प्रतिक्रियावादी हो । यहांनिर कसैलाई ब्राहमण भनेर जनजाती बिरोधी भनेको हैन । न त कसैको नाक चुच्चो देखेर नै हो । यहांनिर त व्यक्तिको र पार्टीको नीति र बिचारलाइ भन्न खोजिएको हो । नीति र बिचार प्रतिक्रियावादी बोकेको छ भने मगर पनि जनजाती हुन सक्दैन, शेर्पा पनि जनजाती हुन सक्दैन, थारु पनि जनजाती हुन सक्दैन ।उदाहरणको लागी विजय गच्छेदार थारु भए पनि उसले थारु र जनजातीको प्रतिनिधित्व गर्न सक्दैनन् । अन्य कोही पनि हुन सक्दैन तर प्रचण्ड र बाबुरामको जस्तो नीति र बिचार छ भने गैर जनजाती पनि जनजाती हुन सक्छ ।
केपी ओलीलाइ लागेको मसान सुत्न सक्छ । त्यसको लागी एउटा बैज्ञानिक मार्क्सवादी औषधी छ । त्यो हो आत्मनिर्णयको अधिकार सहितको जातिय, क्षेत्रिय आधारमा संघिय राज्यहरुको स्थापना । अन्य पिछडिएका, उत्पीडनमा परेका जाती क्षेत्रहरुलाई निश्चित समयका लागि विषेश अधिकार । सबै किसिमका शोषण दमन, अन्याय, अत्याचारको अन्त्य । यी कुराहरु लागु गराउन केपी ओलीले आफ़्नो पार्टीलाई अग्रसर गराउन पहल गर्नुपर्छ न की आफ्नै नेताको खोइरो खन्ने तिर । तर यी कुराहरु पुरा गर्न माओवादी बिना सम्भव छैन । त्यसकारण माओवादीलाई सहयोग गर्नुहोस । ओलीलाइ लागेको भुत चट । अनि ओलीले मसान होइन सच्चा, इमान्दार र राष्ट्रियता बोकेका शोषित, पींडित जनता देख्नुहुनेछ । त्यहाँ ओलीले आदिबासी, जनजातीहरुले उठाएका मागहरु जायज पाउनुहुनेछ । अनि वहाँले तिनीहरुसित कांधमा कांध मिलाइ अगाडि बढनुहुनेछ, अनि अर्को पटक जापान आउंदा वहाँले भन्नुहुनेछ ।नेपालमा भुत प्रेत मसान छैन त्यहां त शोषित पीडित नेपाली जनता छन र तिनीहरुले आफ्नो हक र अधिकारको लागि चलाएको आन्दोलन जायज छ । नेपालको पहिचान, अस्तित्व, समृद्ध विकासको लागी यो नै सँघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आवश्यकता –
सोमनारायण थारु -थनेत
नेपाली जनजाती सरोकार मँच, बेल्जियम

जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला । अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको आवाज उठाउनेलाई उत्सुकताको विषय बन्न सक्छ ।यो वाक्य अथवा भनाई नेकपा एमालेका वरिष्ठ भनाउँदा नेता के पी ओलीको हो । उहाँले आफ़्नो जापान भ्रमणको बेलामा विभिन्न कार्यक्रममा बोल्ने क्रममा यो भनाइ राख्नुभएको हो । अर्थात एउटा पार्टीको जिम्मेवार नेताले त्यही कुरा बोल्छ जुन कुरा त्यो पार्टीको अवधारणा पत्रमा उल्लेख भएको हुन्छ । आदिवासी र जनजातीको परिभाषा के हो ? यिनीहरुको को हुन भन्ने कुरा बताईरहनु पर्दैन । उच्च अहमकारवादी हिन्दुधर्मको आड र भरोसामा यस देशका सामन्त तथा पूंजिंपति वर्गले यहाँका आदिवासी जनजाती तथा सोझासाझा, गरिब, इमान्दार र निमुखा जनतामाथि अनेकौं तरिकाले शदियौंदेखि शोषण दमन र अन्याय अत्याचार गर्दै आए ।

देशमा भएको राजनीतिक परिवर्तन र घटनाक्रम संगसँगै यस देशका आदिवासी जनजाती लगायत शोषण दमनमा परेका सबै वर्ग, तह, तप्का र समुदायका मानिसहरु आफनो मुक्तिको लागी एकजुट भई आन्दोलित हुँदैं आइरहेका छन । कुनै बेला जातिय मुक्ति र वर्गिय मुक्तिको आवाज उठाउने पार्टी मालेलाई आदीवासी जनजाती तथा यस देशका शोषित, पींडित वर्गले आफ्नो बहुमुल्य मत मार्फ सबै भन्दा ठूलो पार्टीका नाईकै थिए । तर जब यहाँका आदिवासी जनजाती शोषित पींडित वर्गले एमालेको असली अनुहार देखे । जब तिनीहरुले एमालेका नेताहरुले काठमाण्डुमा महल ठडयाएको देखे । जब तिनीहरुले सामन्तवादको नाइके राजाको खुट्टामा मोहर चढाएको देखे । अनि यस देशका आदीवासी, जनजाती तथा शोषित पीडित वर्गले एमाले, काँग्रेस र पँचेहरुमा कुनै अन्तर देखेनन ।

यस देशका शोषित पींडित निमुखा आदिवासी जनजातीहरुले धेरै कुरा भोगिसके । धेरै राजनीतिक उथलपुथल अध्ययन गरिसके । उनीहरु अब पुरातनवादी राजनीतिक पार्टी र सिद्धान्तमा विश्वास गर्दैनन । उनीहरु मार्क्सवाद र माओवादबाट पनि परिशिक्षित भईसके । यसकारण उनीहरु अब आफ्नो जातिय मुक्ति केवल जातिय कुरा उठाएर मात्र सम्भव हुदैन भन्ने करा बुझिसकेका छन । यसले जातिय द्वन्द निम्त्याउन सक्छ र जातिय मुक्तिको मात्र कुरा उठाउनेहरु गोरेबहादुर खपाङ्खी जस्तै दरबारमा गएर विलय पनि हुन्छन । जातिय समस्या वास्तवमा वर्गीय समस्या भएको हुँदा यसलाइ त्यही अनुसार जोडेर अगाडि बढेमा मात्र सफल हुन सकिन्छ ।

जहाँसम्म केपी ओलीले जनजाती तथा शोषित पींडित जनताले उठाएका मागहरुलाइ मसान भने भन्ने कुरा छ । माथि नै उल्लेख गरी सकियो की जनजाती तथा शोषित, पीडित जनताले एमालेको असली रुप राम्ररी देखिसके । उनीहरु जसरी पनि वर्षौ वर्ष देखिको उत्पीडनबाट मुक्ति हुन चाहनु स्वभाविक हो । आफ्नो जातिय पहिचान र अस्तित्वको लागी आवाज उठाउनु राम्रो पक्ष हो । आफ़्नो गुमेको हक र अधिकार प्राप्त गर्नको लागी आन्दोलित हुनु पनि राम्रो हो र तिनीहरु निकै जोडदार,जागरुक र शसक्त ढँगले आफ़्नो आन्दोलनलाइ अगाडि बढाईराखेका छन तर यो कुरा केपी ओली जस्ता प्रतिक्रियावादी नेताहरुलाइ पचिरहेको छैन किनभने केपी ओली जस्ता नेतालाइ चिन्ता र डर लाग्न थालिसक्यो । वर्षौसम्म उच्च अहँमकारवादी हिन्दु धर्मको आड र भरोसामा यहांका सामन्तवादी र पूँजिपति वर्गले आदिवासी जनजाती तथा शोषित पींडित जनताहरुमाथि एक धर्म, एक संस्कृति र एक भाषा लादेर यति सम्म दवाएर राखेका थिए की उनीहरु कहिल्यै टाउको उठाउन सकिराखेका थिएनन । अर्थात केपी ओलीको शब्दमा उनीहरु मरिसकेका थिए, मसान थिए । अहिले उनीहरु जागरुक भएको देख्दा केपी ओली कमरेडले मसान जागेको देख्नु स्वभाविक पनि हो । खबरदार ! जनजातीको आन्दोलनलाइ मसानको सँज्ञा दिने प्रतिक्रियावादी नेता हो । यस देशका आदिवासी जनजाती तथा शोषण दमनमा परेका जनताहरु अझै जिउदैं छन । जिउदैं मानिसलाइ चिहानमा गाडने कोशीस नगर । यो देशलाइ बचाउन थुप्रै श्रमजिवी, भोका, नाङगा तथा आदिवासी, जनजातीहरुले रगत बगाएका छन र अझै बगाउन तयार छन । यो देशतिम्रो बाउको बिर्ता होइन । यो देशमा तिमी सामन्तहरुको नाइकेको रुपमा रहेको राजतन्त्र जसलाइ तिमीहरुले भगवान मानेर ढोग्छौ त्यसलाइ त नेपाली जनताले घोक्रेठयाक लगाए भने तिमीलाई लगाउन कुनै बुढो मँगलवार कुनपर्दैन ।

यो २१ औं शताब्दीको वैज्ञानिक युग हो । अहिलेका आदिवासी, जनजातीहरु शोषित ,पींडित, गरिब जनताले भुत, प्रेत, पिसाच र मसानमा बिश्वास गर्दैनन । अहिले त उनीहरुले मार्क्सवाद र माओवादमा विश्वास गर्छन । त्यसकारण केपी ओली जस्ताले देखेको जनजाती मसानलाई जुनसुकै धामी गरौ, र झाक्रीले पनि सुताउन र निको पार्न सक्दैन । बरु केपी ओली र वहाँको पार्टीलाई त्यो मसानले खाइ दिने हो की ? किनकी नेपाली जनताले, नेपालका शोषित, पींडितले, नेपालका आदिबासी ,जनजातीहरुले एमालेबाट जे आशा गरेका थिए, त्यसको ठिक बिपरित पाए । के पी ओली र उसको एमाले पार्टी सर्वहारावर्ग र जनजाती बिरोधी योजना र क्रियाकलापमा लागी परेको छ । हालसालै एमालेका गृहमन्त्री भीम रावलले जनजाती र सर्वहारावर्गको आवाजलाइ दवाउनको निमित्त विशेष शुरक्षा योजना लागु गर्दैछन । यसबाट जनजाती प्रतिको र सर्वहारा प्रतिको एमालेको दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट हुन्छ । सर्वहारा, गरिब, कमैया र जनजाती बिरोधी नै वास्तवमा प्रतिक्रियावादी हो । यहांनिर कसैलाई ब्राहमण भनेर जनजाती बिरोधी भनेको हैन । न त कसैको नाक चुच्चो देखेर नै हो । यहांनिर त व्यक्तिको र पार्टीको नीति र बिचारलाइ भन्न खोजिएको हो । नीति र बिचार प्रतिक्रियावादी बोकेको छ भने मगर पनि जनजाती हुन सक्दैन, शेर्पा पनि जनजाती हुन सक्दैन, थारु पनि जनजाती हुन सक्दैन ।उदाहरणको लागी विजय गच्छेदार थारु भए पनि उसले थारु र जनजातीको प्रतिनिधित्व गर्न सक्दैनन् । अन्य कोही पनि हुन सक्दैन तर प्रचण्ड र बाबुरामको जस्तो नीति र बिचार छ भने गैर जनजाती पनि जनजाती हुन सक्छ ।

केपी ओलीलाइ लागेको मसान सुत्न सक्छ । त्यसको लागी एउटा बैज्ञानिक मार्क्सवादी औषधी छ । त्यो हो आत्मनिर्णयको अधिकार सहितको जातिय, क्षेत्रिय आधारमा संघिय राज्यहरुको स्थापना । अन्य पिछडिएका, उत्पीडनमा परेका जाती क्षेत्रहरुलाई निश्चित समयका लागि विषेश अधिकार । सबै किसिमका शोषण दमन, अन्याय, अत्याचारको अन्त्य । यी कुराहरु लागु गराउन केपी ओलीले आफ़्नो पार्टीलाई अग्रसर गराउन पहल गर्नुपर्छ न की आफ्नै नेताको खोइरो खन्ने तिर । तर यी कुराहरु पुरा गर्न माओवादी बिना सम्भव छैन । त्यसकारण माओवादीलाई सहयोग गर्नुहोस । ओलीलाइ लागेको भुत चट । अनि ओलीले मसान होइन सच्चा, इमान्दार र राष्ट्रियता बोकेका शोषित, पींडित जनता देख्नुहुनेछ । त्यहाँ ओलीले आदिबासी, जनजातीहरुले उठाएका मागहरु जायज पाउनुहुनेछ । अनि वहाँले तिनीहरुसित कांधमा कांध मिलाइ अगाडि बढनुहुनेछ, अनि अर्को पटक जापान आउंदा वहाँले भन्नुहुनेछ ।नेपालमा भुत प्रेत मसान छैन त्यहां त शोषित पीडित नेपाली जनता छन र तिनीहरुले आफ्नो हक र अधिकारको लागि चलाएको आन्दोलन जायज छ । नेपालको पहिचान, अस्तित्व, समृद्ध विकासको लागी यो नै सँघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आवश्यकता –

सोमनारायण थारु -थनेत

नेपाली जनजाती सरोकार मँच, बेल्जियम

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: