आजदेखि नेपाल संवतको नयाँ वर्ष,हर्षोल्लासका साथ भाइटीका लगाइदै

काठमाडौ, २०६६ कार्तिक २ – नेपाल संवतको नयाँ वर्ष ११३० आजदेखि सुरु भएको छ । नेपाल संवत नेपालको मौलिक परम्परा र आफ्नै संस्कृति बोकेको क्यालेण्डर हो । यसलाई राज्यले राष्ट्रिय संवत घोषणा गरिसकेको छ । नेपाल संवतकै राष्ट्रपति डा.रामवरण यादवले सबैमा मंगलमय शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले शुभकामना सन्देश दिंदै नयावर्षले सम्पूर्ण नेपालीबीच एकता,सदभाव र मेलमिलाप अझ दरिलो बनाउने क्षमता प्राप्त हुने आशा व्यक्त गरेका छन् । शान्ति प्रक्रियालाई पूर्णता दिने र तोकिएको समयमा संविधान बनाउने काममा सबैलाई केन्द्रीत भएर अधि बढ्न प्रेरित गर्न पनि नेपाल संवत ११३० सफल हुने उनले कामना गरेका छन् । पूर्व प्रधानमन्त्री एंव कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला,एमाले अध्यक्ष झलनाथ खनाल,राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल संवतका अवसरमा जारी गरेका शुभकामना सन्देशमा सर्बै भाषा भाषी,धर्मलाई सम्मान गर्ने नेपाली परम्परालाई नेपाल संवतले थप उजागर गरेको उल्लेख गरेका छन् । नेपाल संवतकै अवसरमा आज विभिन्न कार्यक्रमहरु आयोजन गरिदैंछ ।

आज तिहारको अन्तिम दिन आज भाइटीकाका रुपमा मनाउने गरिन्छ । आज नेवार समुदायमा यसलाई ‘किजापुजा’ भन्ने चलन छ । आज दिदी बहिनीहरुले यमराजलाई साक्षी राखेर आफ्ना दाजुभाइलाई तेलको मण्डप लेखी पञ्चरङ्गी अविरले सिंगारी धानका मुठीहरुमा फूल अक्षताले पुज्ने गरिन्छ । आज दाजुभाइहरुले पनि आफ्ना दिदीबहिनीहरुलाई माया र स्नेहको प्रतीकका रुपमा चोलो, फरिया वा अन्य उपहार दिने चलन छ ।

पौराणिक कथनहरुअनुसार यमराजलाई बहिनी यमुनाले पुजा गरिरहेका बेला एक दिन मानिसहरुमा पनि इसतै स्नेह र माया गरी दाजुभाइलाई दिदीबहिनीलेहरुले पुजा गर्ने दिन तोकिदिनुहोस भनी अनुरोध गर्दा यमराजले बहिनीको कुरा स्वीकार गरी सो दिन तोकेको मानिन्छ । एउटा पौराणिक कथाअनुसार कात्तिक शुक्ल द्वितीयका दिनमा दिदीले भाइलाई पुजा गरिरहेको अवसरमा आयु सिद्धिएका भाइलाई आफ्ना दूतहरुसहित यमराज लिन आएछन् । त्यसैबेला दिदीले यमराजलाई पनि बडो भक्तिभावले पुजा गरिछन् । तिनको भक्तिभावपूर्ण पुजा देखेर यमराज खुशी भई बरदान माग्न आज्ञा दिएअनुसार पुजा गरिरहेकी दिदीले मौका पाउन साथ आयु छिन्न भएका मेरो यो भाईलाई यो पुजा गरिरहेको भूँइ-मण्डपमा भएको तेल नसुकेसम्म र बलेको बत्री ननिभेसम्म र भाइलाई पहिराएको मखमली फूलको माला नओइलाएसम्म, भाइलाई दिएको विमिरा नसुकेसम्म, ओखर पानीमा भिजाउँदा नभिजेसम्म भाइलाई लैजान पर्सियोस भनी विन्ती गरी बरदान मागेको र सो बरदान दिएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरेको मानिन्छ । त्यसैले आफ्ना दाजुभाइको दीर्घ जीवनको कामना गर्दै आज दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने गर्दछन् ।

आफ्ना दिदीबहिनी नहुनेहरुसमेत अन्य दिदीबहिनी वा त्यो पनि नभए कसैलाई दिदी वा बहिनी मानेर टीका लगाउने गर्दछन् । त्यसैगरी राजधानीमा दिदीबहिनी नभएकाहरुलाई सामूहिक टीका लगाइदि

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: