स्वदेशको माया र पर्वको सम्झना:

स्वदेशको माया र पर्वको सम्झना:
अर्जुन दुङमेन् / बगदाद, इराक
सुनिन्छ र भन्छन अहिले पनि गाउँघरतिर जनजाति, दलित, पिछडिएका तथा गरीबहरुका परिवारको छोराछोरीहरुले बिदेश जानुपर्छ। अनि कमाएर ल्याउँछन। क्षेत्री,  ब्राम्हण समुदाय वा त्यो परिवारको ब्यक्ति सानै उमेरदेखि इखालु, मेहनती, तेज अर्थात चलाख हुन्छन। उनिहरु बिदेश जान र गएर अरुको गुलामी बन्न चाहँदैनन। परिश्रम र मेहनत गरी धेरै पढेर आफ्नो देश मै ठूला-ठूला मान्छे बन्छन। त किन उनिहरुले बिदेश जानुपर्‍यो र ? यता जनजाति भित्रका भने अझै बिशेषत: राई, लिम्बु, गुरुङ, मगर, नेवार समुदायका यूवाहरुले चाँही सिङ्गापुर प्रहरी तथा भारतीय र बेलायती सेनामा भर्ती भएर लाहुरे भनी उपाधी पाउँनुपर्ने बहुतै साँघुरो मनस्थिति उसको घर-परिवार, समाजबाट नै बनाईदिईएको हुन्छ। मलाई पनि त्यो ‘टिनएज’ मा लाहुरे हुने हुँईमको हावाले भने हल्का तानिरहेको थियो शायदै। उक्त मनस्थितिले टनटनी बाँधिएकोले गर्दा नै होला मैले पनि आफ्नो त्यो उमेरमा यसो प्रयास भने नगरेको होइन। तर हामीले लाहुरे हुनैपर्छ र बिदेश जानैपर्छ भन्ने बिचारबाट भने बिल्कुलै असहमति राख्ने स्वभाबको थिए म । घर-परिवार र काका-बाबा अनी दाजुभाइहरुको यि यस्ता लाहुरेको कुरो र बिदेशको कुरो रति पनि मलाई सह्य हुँदैन थियो। परदेशबाट भन्दै बिदेशबाट हजार-दुइहजारको जुत्ता ठट्टाएर घर आउँने दाजुभाइ, साथीभाइहरुको गफ उस्तै। कसैले त सहि र पच्य हुने कुरो नै पनि गर्थे त कसै-कसैका भने एकदमै अहमता सहितको। झनै मलाई मन नपर्ने। त्यसैले पनि मैले बिदेश भनेको जीवनमा जाँदिन भन्ने मनमा अठोट गरेको थिए। मेरा अधिकतम साथीहरु पनि गैर जनजातिहरु नै बढी हुनुहुन्थ्यो । वहाँहरुले केही बर्ष अघिनै राम्ररी माष्टर डिग्री गरेर आफ्नो जीवन शिक्षाको ज्योतिले भरिपूर्ण र चमक्दार बनाई अहिले कुनै न कुनै आ-आफ्नो क्षेत्र अंगाली सक्नुभयो।
तर त्यतिबेला, यतातिर मेरो भने बिबिएस दोश्रो बर्षको रिजल्ट आयो। उपयुक्त परिणाम आएन। धेरै दु:ख लाग्यो। एउटा नेपाली उखान अनुसार- ‘एकै पटक दुईवटा डुंगामा पाइला राख्यो भने पारी तर्न सकिदैन।’ मलाई त्यस्तै लाग्यो। अनि करिब २ बर्ष जति प्राईभेट ईन्ष्टिच्युट अनि ४ बर्ष देखि स्थानिय सेकेण्डरी लेवल अंग्रेजी बिद्यालय (प्राइभेट स्कूल) मा शिक्षण गर्दै आएको आफ्नो बर्तमान पेशालाई माया मारेर पढाईलाई अगाडि बढाउँने शिलशिलामा धरानबाट मेरो तेश्रो बर्षको पढाई ‘माईग्रेशन’ गरी काठमाण्डौ तर्फ हाँकिए। आफ्नो बिबिएसको पढाई दु:ख-सुख कट्यो । तर त्यहाँ पो झन समस्याहरु त थुप्रिएर ताँत लागे। एकातिर आफ्नो उदेश्यको लहर छ, कुनै पनि हालतमा धेरै शिक्षा हाँसिल गर्ने अनि एउटा सफल शिक्षक बन्ने, ता की आफुमा भएको ज्ञान अरुलाई बाँडौ । अर्थात आफ्नो पनि जीवनमा शिक्षाको उज्यालो होस् र उक्त प्रकाशले अरुलाई पनि छाओस। तर के गर्ने ? पढ्छु भनेर मात्रै पनि नहुने ! बसेर खाना कसैलाई कही पनि मिल्दैन। यसमा पनि आदिकवि भानुभक्त आचार्यका प्रश्नोत्तर कवितामा लेखेका छन, याद आयो- ‘जिउँदै मर्‍याको भनि नाम् छ कस्को ? उद्यम विना बित्तछ काल जस्को ।’ भने झै जिउँदै मरेको जीवन जस्तै हुने भो, बेरोजगारीको कारणले। देशमा बेरोजगारी समस्या त्यही हो। बन्द, हड्ताल, चक्काजाम, तोड्फोड आदि। दिनानु दिन तिब्र गतिमा बढेको बढ्यै। केही काम छैन। काम (कर्म) नगरेपछी मन पनि त्यसै दु:खी।
यस भन्दा अगाडि नै नेपालको सरकारी निकायको बिभिन्न प्रकारका निजामती सेवाहरुका लोकसेवा आयोगहरुमा पनि थुप्रै पटक भाग लिएको थिए । तर के गर्ने र ? हामी गरिब देशको कंङ्गाल नागरिक ! कुनै एउटा पखेराको झुपडीमा जन्मेका कारणले गर्दाहोला त्यस्तो जेहेन्दार विद्यार्थी पनि परिएन। माथि-माथि नै मन्त्रालयबाट फोन गरीदिने ब्यक्ति पनि कोही भएनन, छैनन। बिभिन्न दलका नेतृत्वपंङ्तिमा रहेका हाम्रा नेतागणहरुले भन्नको लागि सबैले भन्छन। मज्जाले भन्छन आफ्नो भाषणहरुमा अनि लेख्छन आफ्नो घोषणा-पत्र र पर्चाहरुमा- पूर्ण रोजगारीको ब्यबस्था। शिक्षाको गुणस्तरमा बृद्धि। शिक्षा र स्वास्थ्यमा लगानी । बिजुलीबत्ती तथा खानेपानीको राम्रो ब्याबस्था । कल-कारखाना र सडक निर्माण आदि। तर गर्ने बेलामा केहीपनी गर्दैनन। प्रथमत: बेरोजगारी नै देशको सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ। यही युवा जमातको बेरोजगारी र ज्यादा फुर्सदीलो समयको कारणले गर्दा हत्या, हिंसा, तोड्फोड, नारा-जुलुश, सडकमा टायर बाल्ने जस्ता बिकृतिहरुले तिब्रता पाएको हो । यसैले, मैले पनि अब आफ्नो अठोट तोड्नु पर्ने भयो । सोंच्नैपर्ने बेलाभयो, बाध्य भएँ। मैले अब बिदेश जानैपर्ने रहेछ। केही दुई पैसा कमाएर पनि आफ्नो जिन्दगीको जिउँने आधार बनाउँनुपर्ने हुन्छ। ‘मनि इज नट एभ्रिथिङ्ग बट समथिङ्ग’ भने झै केहि गर्नको लागि पैसा पनि त चाहिने नै भयो । धेरै पैसा कमाएर फर्कन्छु अनी पुन: ईच्छा पूरा हुने गरेर पढ्छु। घर-परिवारमा पनि राम्रो संग आफ्नो दायित्व पूरा गर्छु । यसरी मिठा-मिठा सपनाहरु हृदयभरी गुन्दै बिदेश लागे। अब एउटा आफ्नो गन्तब्य स्थल तर्फ आफ्नै गतिमा कुदिरहेको रेल लिगभन्दा बाहिर गए झै उदेश्य भन्दा बिपरित भई दियो जीवन। पढाई नै माया मारेर बिदेश हिंड्नुपर्‍यो। कर्मको रेखाले यही पुर्‍याई दिएछ यो- खाडीमा । दु:ख र सुख त हामी मानवको जीवनसाथी नै हो। तर आफ्नो घर अनि आफ्नो देशबाट बाहिर लागिसकेपछी सुखको त के नै अनुभुति गर्न सकिन्छ र ? अर्काको गाली, ताली अनी लात्ती पनि यि त स्वाभाबिक नै हुन । तर, पहिले जे-जे र जस्तो सुकै समस्याहरु भोग्न परेको भएता पनि अहिले खुशी कै भान भईरहेछ । यो अर्थमा की, म पहिले बिदेश जान र जानेलाई घृणाको भावनाले हेर्ने गर्थे। यद्यपि, अझैपनि बिदेश जानु राम्रो हो भनेर चाँही म कदापी भन्न सक्तिन। किनकी, बिदेशिनु भनेको स्वदेशको हरेक कुरोलाई त्यागेर बिदेशका कुराहरु अबलम्बन गर्नु वा स्वीकार गर्नुहो। जसमा जे पनि हुन सक्छन। तर मलाई यो लाग्यो- देशमा जो-जो साँढे भएर, कसैको मतियार भएर बसेका छन भने झन त्यस्ता ब्यक्तिले बिदेश जानुपर्ने हुँदो रहेछ। तब उसलाई थाहा हुन्छ। अर्थात जो कोहीमा पनि हरेक कुरोमा परिपक्कता आउँछ। जीवन के रहेछ ? जीवन जिउँने आधार बनाउँन के-के गर्नुपर्दो रहेछ ? ति कुरोहरु उसले स्वयंम भोग्न वाध्य हुन्छ। यो एउटा सकारात्मक पक्ष हो भने अर्को यहाँ बिदेशमा खाली दलित, जनजाति वा गरिब-दुखीहरु मात्रै रहन्छन अर्थात बिदेश जान्छन भन्ने होइन, रहेछ। काम गर्ने ति मलीला हातहरुले कुनै ठूला-साना, धनी-गरीब, जात-जाति केही पनि नछुट्याउँदो रहेछ र छुट्याउँदैन पनि।
हामीले अमेरिका र यूरोपियन देश भने पछी जान त हैन, सुन्नमा नै कति फुरुक्क र हुरुक्क हुन्छौ। तर त्यही अमेरिका, यूरोपियन राष्ट्रबाट आएका अमेरिकन, यूरोपियनहरु उही प्रतिदिनको १२-१८ घण्टाको दरले भरदिन काम गरिरहेका छन। उनिहरु र उनिहरुको देश त्यही भएर पनि हरेक क्षेत्रमा अग्रणी रहेको हुनुपर्छ। यहाँको काम गर्ने शैलीमा कुनै थिचो-मिचो छैन। म ठूलो मान्छे यो काम गर्दिन, तिमी सानो मान्छे, तिमीले नै यो काम गर्नुपर्छ भन्ने त्यस्तो खालको कार्य बिभेद पनि हुँदैन। जो कोहीले पनि जस्तोसुकै काम गर्न तयार हुन्छन र हुनुपर्छ। हरेक कार्य समयानुकुल समयको ख्याल गरेर, प्रबिधीगत र सुरक्षित तवरले गरिन्छ। आ-आफ्नो कार्यमा सबै इमान्दारी एबम उत्तरदायी हुनुपर्छ। कसैलाई बेवारीसे दिन बिताउँने फुर्सदको समय मिल्दैन। यहाँ कसैलाई जात, धर्म, बर्णले काम गर्न रोकेको हुँदैन। यसरी यहाँ अर्थात (अहिले म बगदाद, इराकको कुरो जोडीरहेछु) मा कुनै निश्चित समुदायको मान्छे मात्र नभएर हरेक जात-जाति र समुदायका नेपाली दाजुभाइहरु यो खाडीको टन्टलापुर टटिलो घाम त कहिले आषाढ-श्रावणको कुहिरो जस्तो धुलो-धुँवाको कुनै प्रबाह नगरिकन रगत पसिना बगाउँदै आफ्नो कर्ममा ब्यस्त छन, वा छौ; बिधिगतरुपमा यो अबैधानिक राष्ट्रमा भएर पनि। यो सत्य हो- वहाँहरु जो कोहि आनन्द र खुशी अनी रहरले बिदेशिनु भएको पक्कै पनि हुन सक्तैन। कथा ब्यथा सबैको उस्तै-उस्तै हुनुपर्छ यहाँ। रगत पसिना बहाउँदै मैले पनि म र मेरो परिवारको निम्ति केहि गर्नु पर्छ भनेर आ-आफ्नै परिस्थिति र बिवसताले ज्यान धितो राख्तै बिदेशिनु परेको हो। यतिबेला आफ्नो देशमा हामी नेपाली तथा हिन्दूहरुको महान चाड बडादशैं अनी दिपावली नजिक-नजिक नजिकिरहेको छ। के गर्ने ? बिदेशमा रहेर बैदेशिक जीवनयापन गरिरहनु परेको बेलामा अति नै गाउँघर, परिवार, साथीभाइहरु अनी ति रमाइला-रमाइला चाडपर्वहरुको यादले भने सबैलाई उत्तिकै मात्रामा पक्कै पनि सताईरहेको हुनुपर्छ। तर अहिले यहाँ बर्ष भरिको चाडपर्वहरु मनाउँन १ दिन पनि समय मिल्दैन। छुट्टी मिल्दैन। भन्दा-भन्दै अब त दुई-दुइवटा बडादशैं र दिपावली पनि यही खाडीमा नै बितिसकेछ। तर, केहि छैन दु:ख मानेर नहुने ! नमरे बाँचे अर्को सालहरुका दशैं अनि दिपावलीहरु रमाईलो गरेर मनाईएला !!
यसैगरी अब आगामी दिनहरुमा यि बिदेशी भूमिमा प्रतिदिन १२-१५ घण्टा निरन्तर चल्ने मलिला हातखुट्टा अनि स्वदेश मै पनि बेरोजगार भएर रहेका काम (कर्म) गरे सुन फलाउँन सक्ने हातखुट्टाहरुले ति नेपालका भिरपाखा खोतले पनि सडक निर्माण हुनेछ। दल्छिन ढुङ्गो अर्थात चट्टान फुट्टाए पनि बिजुलीबत्ती बल्नेछ। आफ्नै ठाउँमा रगत, पसिना बहाए पनि कृषिप्रधान देश नेपालको खेतीबालीमा सिंचाईको निम्ति नहर निर्माण हुनेछ। अन्तत: सबै खालका जनशक्तिले बिकृतिमय र हिंसात्मक गतिबिधी त्यागी सबैले कोही ठूलो र कोही सानो नभएर काम गर्न अल्छि र लाजलाई जीवन भन्दा टाढै राखेर मेहेनत र परिश्रम गरे हामीलाई स्वदेश नै काफी छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: