मन्त्रीको संरक्षणमा प्राधिकरणमा आठ करोडको भ्रष्टाचार

– नतिजा धाँधलीमा प्रशासन प्रमुख ढकालको मुख्य हात
– प्रतीक रावल / सबै नेपाली दशैं मनाइरहेका बेला नेपाल विद्युत प्राधिकरणमा भने भ्रष्टाचारको बाली भित्राउन भ्याइनभ्याई थियो। प्राधिकरणमा तीन तहको लेखा समूहको परीक्षाको नतिजा प्रकाशन गरी करौडांै रुपैयाँ कुम्ल्याइयो। यस भष्ट्राचार काण्डमा  ऊर्जामन्त्री डा. प्रकाशशरण महतले निकै ऊर्जा खर्च गरेका छन्।
महतकै ठाडो निर्देशनमा प्राधिकरणका महानिर्देशक जिबेन्द्र झा र प्रशासन विभागका प्रमुख बिनोदप्रसाद ढकालले प्रत्येकबाट ३ लाखदेखि ५ लाखसम्म असुलेर नतिजामा धाँधली गरेका हुन्। मुलुकलाई ऊर्जा संकटबाट मुक्त गर्ने जिम्मा पाएका मन्त्री महतको कदमले लोकतन्त्रकै उपहास गरेको छ। यस परीक्षामा जम्मा १ सय ५९ जनाको नामावली प्रकाशन गरिएको छ। नतिजामा थप २४ जना बैकल्पिक उम्मेदवारको रुपमा नामावली प्रकाशन गरिएको छ। प्राधिकरणमा लेखा समूहको तीन तहका लागि २०६३/०६४ मा विज्ञापन गरिएको थियो। यस पदका लागि ३६ हजारको निबेदन परेको थियो। नतिजामा प्राधिकरणमा मासिक ज्यालादारीमा कार्यरत ७० जनाको नामावली परेको स्रोतको भनाइ छ। मौखिक अन्तर्वार्ताका आधारमा नतिजा सार्वजनिक गरेर प्राधिकरणले कर्मचारी प्रशासन सेवासम्बन्धी नियमावलीकै खिल्ली उडाएको छ। नियमावलीमा कुनै पनि तहमा कर्मचारी भर्ना गर्नुपरेमा लिखित र मौखिक दुबै परीक्षा लिनुपर्ने उल्लेख छ।  प्राधिकरणले २०६३/०६४ मा विभिन्न पदका लागि जम्मा ९ सय १० जनाको दरबन्दीसहित कर्मचारी मागेको थियो। सबै तहका लागि जम्मा ७२ हजार जनाको निबेदन परेको थियो। सबै तहका परीक्षाको नतिजा यसअघि नै सार्वजनिक भइसके पनि तीन तहको लेखा समूहको परीक्षाको नतिजा भने असोज ८ गते निर्णय गरेर असोज १६ को गोरखापत्रमा सार्वजनिक गरेको थियो।  तीन वर्ष लामो प्रक्रिया पुर्याभएर गरिएको बिज्ञापनको नतिजा दशंैको बिदाको अन्तिम दिन गर्नु र यसको ८ दिनपछिको गोरखापत्रमा प्रकाशित गर्नु नै ठूलो रहस्यको विषय हो।

प्राधिकरणको जनगुनासो विभागका प्रमुख दण्डपाणी बस्याल यस नतिजाले कर्मचारीदेखि सर्वसाधरणमा प्रश्नचिह्न खडा भएको बताउँछन्। पुरानो बिज्ञापनका आधारमा नतिजा सार्वजनिक गरिए पनि दशैंको मुखमा बिदाका बेला नतिजा सार्वजनिक गर्दा आम कर्मचारीले यसमा शंका गरिरहेका छन्। ज्यालादारी कर्मचारीहरुको मागलाई सम्बोधन नगरिएका कारण पनि नतिजामा झनै असन्तुष्टि बढेको उनको भनाइ छ। उनका अनुसार ज्यालादारी कर्मचारीले नतिजा प्रकाशनसँगै थप रिक्त दरबन्दीको बिज्ञापन गर्नुपर्ने माग गरेका थिए। कर्मचारी पदपूर्ति सिफरिस समितिको अध्यक्ष पद खाली भएका कारण थप पदका लागि विज्ञापन गर्न नसकिएको भनाइ उनको छ।  ‘जनताको घरमा बिजुलीबत्ती छैन। न त कुनै आशालाग्दो खालका ठूला परियोजना निर्माणाधीन छन्। सबैको ध्यानै खाने, कमाउने र भ्रष्टाचार गर्नेछ भने यसले बिजुली हैन, अब नेपाली जनतालाई हावा संकलन गरेर मात्र दिन सक्छ,’ प्राधिकरणमा कार्यरत एकजना कर्मचारीले दृष्टिसँग भने।

३ लाख दिएका व्यक्तिहरुको समेत पैसा कम भएर गर्न नसकेको भन्दै रकम फिर्ता गरिएको स्रोतको भनाइ छ। यसमा एकजना कर्मचारी बराबर ५ लाखसम्म लिएको स्रोतको दाबी छ। यसरी एकजना बराबर ५ लाखका दरले १ सय ५९ जनाको हिसाब गर्दा करिब ८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको छ।
‘प्राधिकरणमा तह अनुसार एक तहमा १ लाख, दुई तहमा २ लाख, ंतीन तहमा ३ लाख, चार तहमा ४ लाख लिने परिपाटी त पुरानै हा,े तर यसपालीको सबैभन्दा बढी पैसा उठाएर व्यापक भ्रष्टाचार गरिएको हो,’ स्रोतले भन्यो। यस भ्रष्टाचार काण्डमा प्राधिकरणका महानिर्देशक जिबेन्द्र झा, प्रशासन प्रमुख उपमहानिर्देशक विनोदप्रसाद ढकाल, जनसाधन विभागका निर्देशक ईश्वरीप्रसाद खतिवडाको मुख्य हात देखिएको छ। नतिजा भागबण्डामा कर्मचारी संघ/संस्थाहरुको भने एकएक जना राखिएको स्रोतको भनाइ छ। त्यसैले उनीहरु चुपचाप छन्। तर, प्राधिकरणका विभिन्न विभागमा कार्यरत महाप्रबन्धकहरुको सिफारिसमा एकजना पनि नपरेको कारण भित्रभित्रै बिरोध गरिरहेका छन्।
यस नतिजापछि प्राधिकरणमा दिनहुँ विरोधका घटना भइरहेका छन्। गत बुधबार ज्यालादारी र मासिक ज्यालादारी कर्मचारीहरुले प्राधिकरणका महानिर्देशक जिबेन्द्र झालाई बेलुका ८ बजेसम्म उनकै कार्यकक्षभित्रै ताला लगाएर थुनेका थिए। उनलाई प्रहरी प्रशासनको सहयोगमा ताला फोडेर राती अबेर मुक्त गरिएको थियो।
यस्तै, बिहीबार नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरु घिमिरेको एक समूहले प्रशासनका उपमहानिर्देशक बिनोदप्रसाद ढकालमाथि हातपात गरेको थियो। घिमिरेले आफ्नो श्रीमतीको नाम ननिस्केको भन्दै ढकालमाथि हातपात गरेका थिए। उनले यस नतिजामा ढकालले करौडौं रकम खाएको आरोप लगाउँदै कारबाही गर्नुपर्ने बताएका थिए।
प्राधिरकणमा दिनहुँ तनावको वातावरण छ। धेरैजसो विभागीय प्रमुखहरु कार्यालय आउन छाडेका छन्। यस काण्डले प्राधिकरणमा खैलाबैला मच्चिएको छ। प्राधिकरणमा वर्षेनी ३ सयको हाराहारीमा दरबन्दी खाली हुन्छन्। यसको कर्मचारी संख्या हाल जम्मा ९ हजार २ सय ८० छ। यसमध्ये १ हजार २ सय ६३ जना मासिक ज्यालादारी कर्मचारी छन्।
प्राधिकरणले आवश्यकता अनुसार श्रेणीविहीन कर्मचारीहरु दैनिक ज्यालादारीमा नियुक्ति गर्दै आएको छ। हाल प्राधिकरणमा करिब १ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त अवस्थामा छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: