देशभर बाढी र पहिरोको प्रकोप, मृत्यु हुनेको संख्या चालिस नाघ्यो, हजारौं विस्थापित

वर्षायाम सकिनै लाग्दा मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको छ। विभिन्न जिल्लामा गरी चालीसजना भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन्। सयौं घरहरु पहिरोले पुरिएका छन्। लगातार परेको वर्षाका कारण उद्दार कार्यमा अबरोध भएको छ। अछाममा मात्रै दुई दिनमा २३ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यसैगरी पर्वतमा पाँच, डडेलधुरामा बाह्र जनाको पहिरोमा परि मृत्यु भएको छ। आजमात्रै अछामको सिद्धेश्वर र विन्दिवासिनी गाविसमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दीपा बूढा, रतनदेवी बूढा, डबल बूढा, पिम्पल बूढा रहेका छन् भने एकजनाको सनाखत हुन सकेको छैन। त्यसैगरी पर्वतमा छापाठाना पाँच पतेवारमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्गा भण्डारी, निजकी श्रीमती विन्दु भण्डारी, सात वर्षीया छोरी सिमाना भण्डारी र चार वर्षीय छोरा विसन भण्डारी रहेका छन्। दुई छोरीहरु विन्दु भण्डारी र रेखा भण्डारी भने बाँच्न सफल भएका छन्। पर्वतमा पानी पर्ने क्रम केहि रोकिएपछि उद्दारकार्य सहज भएको हाम्रा सम्वाददाताले जनाएका छन्।

धनगढीमा पनि अझै पानी पर्नेक्रम रोकिएको छैन। धनगढीमा एक हजार परिवार विस्थापित भइसकेका छन्। पहिरोकै कारण भिमदत्त, राजमार्ग दुई दिनदेखि अबरुद्ध छ। बाढीका कारण बागलुङ बजार पनि डुवानमा परेका छ। वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले पर्वत, म्याग्दी सडकखण्ड अबरुद्ध भएको छ। म्याग्दीबाट मुस्ताङ, ढोरपाटन र दरवाङ जाने गाडीहरु चल्न सकेका छैनन्।।

यसैगरी वर्षाले वर्दिया जिल्लाका अधिकांश गाविसहरु डुवानमा परेका छन्। जिल्लाको कर्णाली पारीका ११ गाविस अत्याधिक जोखिममा परेका छन्। त्यहाँ रहेको एक लाख पचास हजार जनता जोखिममा परेको प्रहरीले जनाएको छ।

कर्णाली नदीमा चल्दै आएको डुंगा बन्द हुन पुगेको छ। यसैगरी विभिन्न ठाउँमा गएकेा पहिरोका कारण सल्यान मुसीकोट सडकखण्ड अबरुद्ध हुन पुगेका छ भने हवाइ सेवा पनि बन्द भएको छ।

यसैगरी स्याङ्जाको बिचारे चौतारा गाविस–सातमा सुमरे खोलाले बगाएर एकजनाको मृत्यु भएका छ। स्याङ्जामा पनि लगातार बर्षा भईरहेको छ। स्याङ्जाकै कालिगण्डकी जलविद्युत परियोजनाको ड्याममा पानीको बहाव बढेपछि स्याङ्जा, पर्वत र गुल्मीका दुई दर्जन घर परिवार विस्थापित भएका छन्।

यता डोटीको गजेरी गाविस वडा नम्बर चारमा घर भत्कँदा स्थानीय अमर बहादुर थापाको मृत्यु भएको छ। लगातारको वर्षा पछि आएको बाढीले दीपायलमा रहेको एक सय किलोवाट क्षमताको विजुली पावर हाउस पनि बगाएको छ। दिपायलमा विद्युत आपूर्ती अबरुद्ध भएको छ भने टेलिफोन सेवा पनि अबरुद्ध भएको छ। यसैगरी रुकुममा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ।

उता डडेलधुरामा हिजो गएको पहिरोमा पुरिएकाहरुको सव निकाल्न सकिएको छैन्। बर्षा तथा पहिरो नरोकिएका कारण सवहरु निकाल्न नसकिएको बताईएको छ। सदरमुकामबाट गएको उद्दार टोलीले बाह्रवटा सव निकाले पनि माथिबाट झरेको पहिरोले ती सवहरुलाई फेरी पुरेको छ। डडेलधुराको मष्टामाण्डौं एकमा गएको पहिरोमा परी दुई परिवारका बाह्र जनाको मृत्यु भएको थियो।

उता बर्षाका कारण बाँकेको गन्धौउली नालीमा डुबेर गएराती एक जनाको ज्यान गएको छ। जुम्ला घर भई हाल रझेना १ मैटहवा बस्ने ४३ बर्षिय रत्न प्रसाद तिमील्सेनाको नालीमा डुबेर ज्यान गएको हो।

लगातारको बर्षापछि राप्तिनदिमा पानीको सहतपनि बढेपछि राप्तिपारीका बैजापुर, फत्तेपुर लगायतका गाबिसमा काटेर राखेको सयौ बिघाको धानबाली नदिले बगाएको छ। बर्षाले नेपालगञ्ज नगरपनि जलमग्न भएको छ।।

यसैगरी बाढीले झापाको सदरमुकाम चन्द्रगढी पनि डुवानमा परेको छ। बाढीले झापाको दक्षिणी गाविसहरु प्रभावित हुन थालेका छन्। बर्षा रोकिएका कारण झापामा बाढी घट्दै गएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: