राजपरिवारलाई कुबेत एअरपोर्टमा स्वागत गर्न हामी नै गएको थियौ :प्रेम शाह

yubaसन १९६१ सालमा नेपालको पश्चीमी जिल्ला बाग्लुङ जन्मनु भएका प्रेम शाह पिताको जागिरको कारण बाग्लुङबाट म्याग्दी पुग्नु भयो र प्राथमिक शिक्षा त्यहिबाट पुरा गर्नु भएको थियो काठमाडौंबाट माद्यायमिक शिक्षा पुरा गर्नु भएपछी सानै उमेरमा बैदेशिक रोजगारको सिलसिलामा सन १९८३मा कुबेत आउनु भएको थियो। २७ साल पहिला वयटरको रुपमा होटेल sas बाट शुरु गर्नु भएको र हाल आएर अल होमाइजी कम्पनी अन्तर्गत IKEA मा फुड एन्ड बेबरेज मेनेजर सम्मको सफरमा उहाले धेरै उतार चडावहरु पार गर्नु भएको छ। उहाले होटेल ब्यबस्थापन बिषयमा कुबेत,होल्यान्ड,स्विजरल्यान्डबाट कोर्स गर्नु भएको छ त्यस्तै होटेल ब्यबस्थापनमा बिश्र प्रसिद्द सयुक्त राज्य अमेरिका स्थित कर्नेल विश्व बिद्यालयबाट पनि उहाले कोर्स पुरा गर्नु भयो। हाल सम्म २५/३० वटा देशको भ्रमण गरिसक्नु भएका प्रेम शाह बताउनु हुन्छ आफुले कमएको धेरै हिस्सा पढाईमा खर्च गरेको छु। फिलिपिनो नागरिकसँग विवाह गर्नु भएका शाहका २ छोरा,३ छोरी सहित पिलीपिन्समा रहने भबिश्यको योजना छ र त्यसका लागि पूर्वधार पनि तयार गरी सक्नु भएको छ। अत्यन्त जोशिला मिजालिशा अनी काममा लगानका कारण उहाले रेडीसन होटेलबाट बेस्ट मनेजेरको पुरस्कार तथा IKEA बाट २ पटक बेस्ट मेनेजरको पुरस्कार पाइसक्नु भएको छ। आफ्नै लगनीमा कुबेतमा जस्मिन बिर्यानी नामक नेपाली रेस्टुरेन्ट पनि उहाको लामो अनुभबका कारण ब्यबस्थित र राम्रो तरीकाबाट चलाउने बिचार गर्नु भएको छ। । गैर आवासिय नेपाली परिषद(NRNA)कुबेतको सल्लाहकार समेत रहनु भएका,कुबेतबासी नेपालीहरुमाझ निकै चर्चित ब्यक्तित्व प्रेम शाहसँग मरुभूमीको कोसेलीका सल्लाहकार तथा युवा बहस डट कमका कुवेत स्थित संवददाता आर बि बुढाथोकीले बिभिन्न जिज्ञासा राख्नु भएको थियो

सोही कुराकानीको सारसंक्षेपः

प्रश्न:-कती सालमा कुबेत आउनु भयो अनी कुन कम्पनीबाट काम शुरु गर्नु भयो ?

सन १९८३मा कुबेत छिरेको हो जुन समयमा म होटेल SASमा वयटरको रुपमा काम गर्थे त्येतिबेला अहिलेको जस्तो नेपालीहरुको कुनै पनि चहलपहल थिएन अनी कुनै पनि सङघ सस्थाहरु थिएनन। अहिले र २७ बर्ष पहिले कती अन्तर थियो तपाईंले पनि अनुमान लगाउन सक्नु हुन्छ जुन समयमा हामी जम्मा जम्मी ९, १० जना नेपालीहरु थियौ। काम गर्दै जदा समय बितेको पत्त्तै भएन। अहिले सबै बस्तुको भाउ बढेको छ अनी सबै कुराको सुबिधा पनि छ।
प्रश्न:-कुबेतमा नेपाली कामदारहरुको अवस्था कस्तो देख्नु हुन्छ ?

पहिलाको हेरिकन धेरै राम्रो देखेको छु। झन्डै तीन दशक देखी म नेपालीहरुको अवस्था हेर्दै आएको छु। पहिला कुबेतमा नेपालीहरु पनि छन भन्ने कुरा धेरै कमलाई मात्र थाहा थियो तेसैले यहाँ कुनै पनि सरकारी निकायले वास्ता गरेनन तर अहिले नेपालीहरुको जमात धेरै छ अनी समस्या पनि। बिशेषगरी भाषाका कारण नेपाली महिलाहरुले धेरै दु:ख भोग्नु परेको समाचार दिनहु सुन्छु। सरकारको ठोस निती नभएका कारण सबै नेपालीहरुले श्रमको वास्तविक मुल्य पनि पाएका छैनन। धेरै पढे लेखेका नेपालीहरुले पनि निम्न तलब भत्तामा काम गरिरहेका देखिन्छन अर्को दु:खद कुरा नेपालीहरुलाई हेर्ने सरकारी निकाय नहुनाले लगानी गर्न, कुनै ब्यापार ब्यबसाय गर्न पनि त्यतिकै कठिन छ जसले गर्दा अरु देशको तुलनामा नेपाली बजारका उत्पादन कुबेतमा देखिदैन।

प्रश्न:-खाडीमुलुकमा अदक्ष जनशक्ती मात्र आउछन,दक्षचाही युरोप अमेरिका तिर लाग्छन भन्छन नि सत्य हो ?
वास्तवमा सत्य पनि हो दक्ष्य बन्नको लागि शिक्षामा धेरै लगानी भएको हुन्छ अनी प्रतिफल छिटो लिनको लागि युरोप अमेरिका जानु बेस सम्झन्छन,साथै खाडी मुलुकमा एसियनहरुलाई त्यती ठुलो पदमा रहेर काम गर्ने मौका कमैलाई मिल्छ,जिम्मेवारी सम्हाल्न सक्दैनन भन्ने धारणा उनिहरुको छ तर म चाँही यसमा विश्वास गर्दिन। योग्य ब्याक्ती जुनसुकै देशको होस दिएको जिम्मेवारी सजिलै सम्हाल्न सक्छ। अर्को कुरा यहाँ धर्म पनि आउछ, धर्मको कारणले अनी त्यस्तै भाषा पनि पर्न आउछ। अमेरिका तिर लामो समय बसेपछी त्यहा स्थायी रुपमा बस्न पाइने नियम छ तर यहा तपाईं जतीनै बर्ष बस्नुस् त्यसको कुनै लेखा जोखा हुँदैन यिनै कारण हुन सक्छन।

प्रश्न:-कुबेतमा कुनै पनि सरकारी कुटनितिक नियोग नहुनुमा तपाईं कस्को दोश देख्नु हुन्छ ?
यसमा सरकारलाई मात्र दोश दिन पनि मिल्दैन हामीहरुको पनि गल्ती छ कुबेतमा रहेका कयौ नेपालीहरुको नेपालसरकारसँग रेकर्ड नै छैन किन कि धेरै जसो नेपालीहरु बिशेषगरी नेपाली दिदी बहिनिहरु भारत तथा बङलादेशको बाटो गरेर अबैधानिक तबरबाट कुबेत छिरेका छन। त्यसैले नेपाल सरकारलाई कुबेतमा जम्मा जम्मी कती नेपाली छन भन्ने वास्तविक तथ्यानक छैन कारणबश दुताबास नदिएको हुनसक्छ तर हालै आएर सरकारले दुताबास दिने निर्णय भएको सुनिएको छ कुबेतमा कानुनी प्रक्रीया पुरा भएपछी अबस्य खुल्छ अनी कुबेतमा कार्यरत नेपालीहरुले पनि सक्दो पहल गर्दै गर्नु पर्छ। पहिला बिरेन्द्र सरकार दुई पटक सवारी भएको थियो कुबेतमा त्यस्तै दीपेन्द्र सरकार खेलकुद सम्बन्धी कार्यक्रम नजर गर्न पनि सवारी भएको थियो। राजपरिबार कुबेतमा सवारी हुँदा एअरपोर्टमा वेल कम गर्न हामी नै जाने गर्थ्यौ। त्यो समयमा धेरै जसो प्रधान मन्त्रीहरुले कुबेतको भ्रमण गर्नु भएको थियो त्यती बेला पनि कुबेतमा बिरेन्द्र सरकारले दुताबासको कुरा उठैइसेको थियो तर अहिले सम्म पूर्ण भएको छैन।

प्रश्न:-धेरै बर्षदेखी बिदेशमा रहनु भयो,नेपालको राजनीति कत्तिको बुझ्नु हुन्छ ? नेपालमा भोट हाल्नु भएको छ ?

नेपालको राजनीति सुन्य हो, केही पनि थाहा छैन अनी त्यती चासो पनि राख्दिन,पारिवारिक माहोलको कारण अनी ब्यस्तताले गर्दा नेपाली राजनीतिमा के भैराखेको हुन्छ ख्याल नै हुँदैन। मेरो जीवनमा एक पटक छुट्टीमा जादा वडा अदक्ष्यको लागी भोट हालेको छु त्यसपछी अहिले उमेर सम्म जो कोहीलाई पनि भोटिङ गरेको छैन.
प्रश्न:-अन्य देशको तुलनामा नेपाली बजारका समानहरु कुबेतको बजारमा फिटिक्कै देखिदैन कारण के होला ?

मुख्य कारण दुताबास नहुनु हो अर्को कुरा यहाँ नेपालीहरुको बाहुल्यता अरु देशको तुलनामा ज्यादै कमी छ नेपालको सामान खपत हुनको लागि पहिला नेपालीको चाप हुनु पर्‍यो अनी मात्र लगानी कर्ताहरुले चासो दिन्छन अर्को कुरा यहाँ नेपाली समान आयात गर्न ढुवानी मह्नगो छ धर्म निमिल्ने हुनाले कुबेत नेपाल सरकारकोबिच समन्वय हुन सकेको देखिदैन साथै नेपाल सरकारको बैदेशिक लगानीको अर्थ निती पनि स्पट छैन कारणबस कुनै पनि लगानी कर्ताले जोखिम मोलेर अग्रसर हुन चाहेको देखिदैन।

प्रश्न:- नेपाली बजारका खाद्यान तथा अन्य बस्तुहरु कुबेतको बजारमा ल्याउन सरकारले अनुमती तथा सहुलेत दिएमा गर्नु हुन्छ

अबश्य गर्छु,कुबेतमा लामो समयसम्मको अनुभब छ यहाँको नियम कानुन बुझेको छु अनी मैले काम गरिरहेको कम्पनी मार्फत नै गर्न सकिन्छ। पहिला अफर र सहुलियतको बातावरण तयार पारिदिनु पर्‍यो सफल पारेर देखाउने काम मेरो हुने छ।

प्रश्न:- थोरै नेपालीहरुको जमात रहेको कुबेतमा धेरै लगनी गरेर रेस्टुरेन्ट खोल्नु भएको छ,जोखिमा हात हाले जस्तो लाग्दैन ?

लामो समय सम्मको होटेल ब्याबसाय सम्बन्धी अनुभबको कारणले हात हालेको हो,अनी एउटा नेपालीले चलाऊन नसकेर बन्द भएको नेपाली रेस्टुरेन्टलाई किन बन्दै गर्नु भनेर सहयोग गरौ न त भनेर मात्र हो नत्र यो कुनामा आएर पैसा कमाउ भन्ने सोचले चाँही होइन, चल्ने नचल्ने तपाईंहरुकै हातमा छ तपाईंहरुले साथ दिनु भयो भने अबश्य चल्छ कतिको महँगो खाना भन्ने सवाल छ त्यो तपाईंहरुले पनि बुझ्नु पर्ने कुरा हो कुबेतमा हरेक समानको मुल्य कती बडेको छ,भाडा, कामदारलाई तलब भत्ता दिनु नै पर्‍यो। फाइब स्टार होटेलमा लामो समय सम्म काम गरेको मान्छे म स्तर घटाएर जस्तो पायो त्यस्तै बिग्रेका समान बेच्न पनि सक्दिन,थोरै बढी पैसा तिर्नुस राम्रो खाना खानुस,बिदेशमा बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु जरुरी हुन्छ.

प्रश्न:-अत्याधिक मात्रामा नेपालीहरु खाडी मुलुकमा निम्न स्तरको काममा मात्र छन भन्ने भनाइलाई तपाईंले एउटा प्रतिष्ठित कम्पनीमा एक जिम्मेवार पदमा रहेर, नेपाली पनी दक्ष्य हुन्छन भन्ने उदाहरण दिनु भएको छ के भन्नु हुन्छ ?

मेरो गुन गाउँनु भएकोमा सर्बप्रथम धन्याबाद,यसमा सबभन्दा महत्वपूर्ण कुरा भनेको शिक्षाको राम्रो ब्याकग्राउन हुनु जरुरी छ,तपाइलाई थाहा नै छ मैले पनि शिक्षामा धेरै लगानी गरेको छु। तन मन लगाएर काम गरेर देखाउन सक्नु पर्‍यो इमान्दारी अनी सधै साकारात्मक सोचका साथ हरेक दिनलाई नयाँ रुपमा लिन सक्नु पर्छ पुराना गल्ती कमी कमजोरिलाई सम्झेर आफ्ना नयाँ सुनौला दिनहरुलाई बिगार्नु बेकार हो त्येसैले सधैभरी नयाँ सोचका साथमा अघी बड्ने जो कोही सफल हुन सक्छ।
प्रश्न:-कुबेतमा घरेलु कामदार नेपालीहरुको अवस्था अत्यन्त नाजुक देखिन्छ यसमा नेपाल सरकारले चासो नदेखाउनु को कारण के होला ?
यसमा पहिलो गल्ती नेपाल सरकारको भन्दा पनि हामीहरु आँफैको छ सरकारले कानुनी रुपमा नेपाली महिलाहरुलाई खाडी मुलुकमा घरेलु कामदारको रुपमा बन्देज लगाएको धेरै बर्ष भइसक्यो तर एजेन्ट मार्फत बिभिन्न चोरी बाटो पहिल्याएर कुबेत भित्रिन्छन नेपाली महिलाहरु र अहिले त झन बढेको छ किन कि सबभन्दा सस्तोमा नेपाली घरेलु कामदार पाईन्छ प्राय देशहरु फिलिपिन्स, भारत,इन्डोनेशिया, श्रीलन्का सरकारहरुले आँफैले आफ्ना कामदारहरुको तलब भत्ता तोकिदिएको छ न्युनतम मापदन्ड पुर्याउन नसके आफ्ना कामदार नपठाउने अडानमा छन। त्यसैले एउटै घरमा काम गर्ने नेपाली र अन्य देशको महिलाको समान काम तर फरक तलब हुन्छ। अनी अर्को कुरा नेपाली महिलाहरुमा भाषाको अत्यन्त समस्या छ.
प्रश्न:-मरुभुमिको कोसेली पत्रीकाको माध्यमद्वारा कुबेतबासी नेपालीहरुलाई के भन्न चाहनु हुन्छ ?
सर्बप्रथम सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा बिजया दशमीको हार्दिक शुभ कामना । सबै नेपालीहरुको प्रगती होस परिवारमा सुख शान्ति छाओस संसारको जुनसुकै कुनामा रहेपनी हामीलाई नेपाल प्यारो छ । बिदेशमा प्रायगरी सबैजना पैसानै कमाउने हेतुले आएका हुन्छन पैसा कमाउनु पर्छ आफ्नो परिवारलाई पनि हेर्नु पर्छ त्यती मात्र नभै धेर थोर बचेको समय अन्य अतिरिक्त कार्यमा लगाएर बिदेशमा नेपाली नेपाली बिच समन्वय,सदभाब र एक अर्कामा भाईचारा अनी सहयोगको लागि बिभिन्न सश्थासँग आबद्द हुनु उचित देख्छु र यहाहरुले पनि बिदेशमा बसेका नेपालीहरुको आबाजलाई बुलन्द्द गरिदिन यस मरुभूमीको कोसेली मार्फत लागिपर्नु भएको छ तपाईं हरुलाई पनि सफलताको शुभ कामना छ। मरुभूमीमा तिर्खाइ रहेका नेपालीहरुलाई झरनाको कलकल, स्वच्छ,सफा,चीसो पानी पिलाउने काममा तपाईंहरु सफल हुनु हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: