बडादसैअन्तर्गत घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौ। बडादसैअन्तर्गत सप्तमी तिथिमा आज अधिराज्यभरि परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ। सो फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन,मगर र नेवार जाति ८ जनाले काठमाडौँको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दशैँघरमा ल्याउने परम्परा रहेको छ। हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्दछ। घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ। केही बुद्धीजिवी र धार्मिक सम्प्रदायका प्रतिनिधिहरूले पशुपन्छी पनि यही सृष्टीका रचना हुन। उनीहरूले पनि बाँच्न पाउने अधिकार छ भन्दै भगवानलाई खुशी पार्ने नाममा निर्दोष पशुलाई वलि नदिन आग्रह गर्दै आएका छन्। फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ–आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ। गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउँछन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: