हिन्दूको महान् चाड बडादसैँ आजदेखि शुरु, हर्षोल्लासका साथ मनाइँदै

हिन्दूको महान् चाड बडादसैँ आजदेखि पन्ध्रदिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार दुर्गा भवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।बडादसैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।

सत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ ।

बडादसैँको सातौँ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।

चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ।

विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर र्फकने क्रम सुरु भइसकेको छ । घर जान र घर र्फकनाका लागि राजधानीमा मानिस आउने र यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ ।

बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्ममका लागि बिदा गरिएका छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: