संवैधानिक समितिको बैठकमा कुखुरोलाई राष्ट्रिय चरो बनाउने प्रस्ताव !

सानादेखि ठूला पार्टीसम्म, झुपडीदेखि महलसम्म र सबै समुदायको चुलोमा चढ्न थालेको कुखुरालाई अब राष्ट्रिय सम्मान नै दिने हो कि भनेर संविधानसभामा छलफल हुन थालेको छ ।यस्तो राष्ट्रिय सम्मान पाउने कुखुरो कुन जातको हुने, साखिने वा ब्रोइलर, भाले वा पोथी, त्योचाहिँ टुङ्गो लागिसकेको छैन । यो विषय अझै छलफलकै क्रममा छ ।चिकेन चिल्ली खाएर जिब्रो पट्काउने हुन् वा चिकेन रोस्ट, चिकेन तन्दुरी खाएर भुँडी ढल्काउने हुन्, ती सबैलाई कुखुराले राष्ट्रिय सम्मान पाउने कुरा सुन्दा खुसी नै लाग्ला तर कुखुराको मासु खानु त परै जाओस् कुखुराले छोयो भने नुहाउनेलाई भने यो कुरा कस्तो लाग्ला ?

नयाँ नेपाल निर्माणको महान् कार्यमा लाग्नुभएका संविधानसभा, संवैधानिक उपसमितिको बिहीबार बसेको बैठकमा सदस्यहरूबीच राष्ट्रिय चरो के राख्ने भनेर छलफल भएको थियो र बैठकमा हाल कायम रहेको डाँफे चराको सट्टा कुखुरा नै किन नराख्ने भनेर केही सदस्यले कुरा उठाउनुभयो । यसबारेमा उपसमितिले ठोस निर्णय भने गरिसकेको छैन ।मस्यौदा उपसमितिका संयोजक देवप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय चिहृनहरू डाँफे, गाई, सिमि्रक र लालीगुराँसलाई कायमै राख्ने कि नराख्ने, राख्ने हो भने के के राख्ने भनेर छलफल भएको जानकारी उपसमितिका उपसचिव वासुदेव उप्रेतीले दिनुभयो ।

राष्ट्रिय चिहृनबारे समितिमा छलफल भए पनि टुङ्गोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय समितिको बैठकमा नै गर्ने सहमति भएको छ । एकजना सदस्यले ‘मैले लालीगुराँस नै नदेखी आईएस्सी पास गरेँ, यो लालीगुराँस नै किन राख्ने’ भनेर प्रश्न राख्नुभएको थियो ।सदस्य सीपी मैनालीले राष्ट्रिय जनावरमा कृष्णसार राखे उचित हुने तर्क राख्नुभएको थियो । हाल कायम रहेको राष्ट्रिय जनावर गाई धर्मसँग जोडिएको हुनाले गैँडालाई राष्ट्रिय जनावरका रूपमा राखे उचित हुने विचार केही सदस्यको छ ।

बुधबारको बैठकमा राष्ट्रिय झन्डा हाल कायम रहेकोलाई नै राख्ने कि बदल्ने ? बदल्ने हो भने के राख्ने भनेर बिहीबारको बैठकमा प्रस्ताव ल्याउन सदस्यहरूलाई आग्रह गरिए पनि बुधबारको बैठकमा कसैले पनि झन्डा फेर्नैपर्ने र नयाँ झन्डा यस्तो हुनुपर्छ भनेर ठोस प्रस्ताव प्रस्तुत गर्नुभएन ।राष्ट्रिय झन्डाको किनारामा रहेको नीलो रङको सट्टा हरियो राख्दा यसले वातावरणीय सचेतता झल्काउने, समृद्धिको प्रतीक र मुस्लिम समुदायको रङसँग पनि मिल्दोजुल्दो हुने हुँदा समितिमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको जनाइएको छ ।उपसमितिको बैठकमा संविधान संशोधनबारे विषय प्रवेश भए पनि खासै छलफल अगाडि बढ्न सकेन । संविधानमा असंशोधनीय विषय राख्ने वा नराख्नेबारे पनि छलफल भयो ।

यसैगरी राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिका सभापति लोकेन्द्र विष्टमगरको सभापतित्वमा बसेको बैठकमा विशेषाधिकार दिने विषयमा छलफल भयो । बैठकमा त्यस्तो अधिकार प्रादेशिक कानुनले तोक्ने वा संविधानमै उल्लेख गर्ने भन्ने दुई विकल्पबारे बहस भएको छ ।समितिका सचिव ठाकुर बरालका अनुसार उपसमितिका संयोजक हितमान शाक्यलाई यसबारे थप छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ ।

Advertisements

One Response to “संवैधानिक समितिको बैठकमा कुखुरोलाई राष्ट्रिय चरो बनाउने प्रस्ताव !”

  1. shrestha Says:

    काम छैन बोहारी गुन्द्रुकलाई स्त्री लगाउनु। नेपालको राजनीतिक गर्ने नेताहरुलाई काम नपाएको अब हुँदा हुँदा कुखरको पनि राजनीतिक ?????????जुन नेपालमा मात्रै हैन संसारको हरेक कुनामा पाईन्छ हारेक मान्छेले खाइन्छ। कुरा ठीक हैन र?

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: