६०० वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमणमा

नेपालको एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर भू–भागमध्ये करिब ६०० वर्गकिलोमिटर जमिन भारतीय अतिक्रमणमा परेको छ। व्यवस्थापिका संसदको अन्तरराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको आजको बैठकमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले सो जानकारी दिदै भारतसाग सीमा जोडिएका २६ लिल्लामध्ये २१ जिल्लाका ५४ स्थानमा सीमा अतिक्रमण भएको स्पष्ट पार्नुभयो। अतिक्रमणमा परेका ६० हजार हेक्टर भूमिमध्ये सबैभन्दा बढी कालापानीमा करिब ३७ हजार हेक्टर, सुस्तामा १४ हजार हेक्टर र अन्य ५२ स्थानमा गरी नौ हजार हेक्टर जमिन रहेको उहााले जानकारी दिनुभयो।अतिक्रमित क्षेत्रको अवलोकन गरी फर्केका सो समितिका सदस्यहरूसाग नेपाल–भारत सीमा समस्या र समाधानका विषयमा भएको छलफलमा सीमाविद् श्रेष्ठले सुगौली सन्धिबमोजिम नक्साङ्कन गरिएको भूभागलाई भारतीय पक्षले मान्यता नदिएकाले सीमा विवाद यथावत रहेको बताउनुभयो। उच्चस्तरीय सीमा सुरक्षा संयन्त्रको अभावका कारण नेपाली भूभागअतिक्रमण भइरहेको उल्लेख गर्दै सीमाविद् श्रेष्ठले भन्नुभयो–अतिक्रमित भूभागलाई नेपालको पक्षमा ल्याउन द्विपक्षीय सम्झौता हुननसके तेस्रो पक्षको मध्यस्थता, संयुक्त राष्ट्रसङ्घको सहयोग वा अन्तरराष्ट्रिय अदालतको सहारा लिनु आवश्यक छ। सीमा विशेषज्ञ पुण्यप्रसाद ओली र राजेन्द्र मरहठ्ठाले सीमा समस्याजस्तो संवेदनशील विषयमा स्थानीय निकाय र केन्द्रीय संयन्त्रबाट मात्र सम्भव नहुने भएकाले राजनीतिक तहबाट समाधानको उपाय खोजिनुपनेर्ेे धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले एक हजार ८८६ किलोमिटर सीमाक्षेत्रमा स्थापित १८ सुरक्षा कार्यालयमा जनशक्ति अभावका कारण प्रतिव्यक्ति २.४ किमी सीमा सुरक्षाको जिम्मा रहेको बताउनुभयो। सीमा सुरक्षाका लागि भारतीय पक्षबाट करिब ४५ हजार सशस्त्र सेना बल (एसएसबी)को व्यवस्था गरिएकाले उनीहरूतर्फ प्रतिकिलोमिटर २५ सुरक्षाकर्मी तैनाथ रहेको अवस्था छ।

सो अवसरमा सभासद् सावित्रीकुमार काफ्लेले राष्ट्रिय सुरक्षानीतिको अभावमा मुलुकको भूभाग अतिक्रमण भएकोतर्फ सरकार, राजनीतिक दल तथा स्थानीय जनतासचेत हुनुपर्ने बताउनुभयो।

परराष्ट्रसचिव डा.मदनकुमार भट्टराई, भूमिसुधार तथा व्यवस्थासचिव छविराज पन्त र गृहप्रवक्ता रत्नराज पाण्डेले कूटनीतिक एवम् राजनीतिक तहबाट सीमा समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। समितिका सभापति पद्मलाल विश्वकर्माको सभापतित्वमा बैठक बसेको थियो।


Advertisements

One Response to “६०० वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमणमा”

  1. B.Gautam Says:

    होइन यस्तो कुराको हामी इटलीमा बस्ने नेपालीहरुले नि बिरोध गरम न। यो ईन्डिया को दादा गिरी को सबै नेपालीहरुले बिरोध गर्नै पर्छ ।

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: