यस्तो छ सरकार ढाल्ने गोप्य खेल

अत्यन्त कमजोर गठबन्धनमा उभिएको माधवकुमार नेपालको नेतृत्वमा बनेको वर्तमान सरकार गिराउन अहिले सत्तारुढ गठबन्धनकै दलहरु भित्रभित्रै गम्भीररुपले लागिरहेको बुझिएको छ। त्यो गृहकार्यलाई माओवादीले पनि विशेष रुपमा सहयोग गरिरहेको छ। स्रोतका अनुसार यतिबेला पुष्पकमल दाहाल र गिरिजाप्रसाद कोइरालाबीच गोप्य भेटघाटसमेत हुने गरेका छन्।

स्रोतका अनुसार, माधव नेपाल नेतृत्वको सरकार गिराउन चाहनेहरुले प्रधानमन्त्री माधव नेपाल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअगावै वहाँको सरकार गिराउने योजनाअन्तर्गत आफ्नो अभियानमा जुटेका छन्। स्रोत भन्छ, सरकार गिराउन लाग्नेहरु तीनवटा विकल्पसहित अगाडि बढिरहेका छन्। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सक्रियतामा बन्न लागेको योजनामध्ये पहिलोमा वर्तमान माधव नेपालको नेतृत्वमा बनेको सरकारले उपराष्ट्रपतिको सपथ ग्रहणमा राम्रो काम गर्न नसकेको तथा रुक्मांगद प्रकरण साम्य पार्न नसकेको र यही कारणले संसद् चल्न नसकी बजेट पास हुन नसक्ने अवस्था सिर्जना भई संवैधानिक संकट उत्पन्न हुन सक्ने खतरा बढेको भन्दै सपथग्रहण प्रकरण र रुक्मांगत प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री माधवकुमार नेपाल तीन जनालाई दोष लगाई सहमतिका आधारमा पदबाट राजीनामा दिन लगाउने र तत्पश्चात् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला राष्ट्रपति तथा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने रहेको छ।

यो सम्भव नभएमा दोस्रो उपाय अपनाउने, त्यो हो राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई नछुने। प्रधानमन्त्रीले राम्ररी काम गर्न नसकेको भन्दै माधव नेपाललाई राजीनामा गर्न लगाउने र कांग्रेस, एमाले तथा माओवादी तीनवटै दलको संयुक्त सरकार बनाउने, यसो गर्दा सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगो नभएको बताइन्छ। यसबाहेक तेस्रो विकल्पमा कांग्रेस र माओवादी मिलेर एमालेलाई बाइपास गरी बाबुराम भट्टराईलाई प्रधानमन्त्री र सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने। यो योजनाअन्तर्गत कांग्रेस र माओवादीको गठबन्धन सरकार चाहनेहरु अगाडि बढिरहेको बताइन्छ।

उता, केही कांग्रेसी नेताहरु र एमालेको केपी ओली पक्ष भने आफ्नो पुरानो मिसन केपी ओली र सुजातामध्ये एक जनालाई प्रधानमन्त्री बनाउने अभियानमा अझै जुटिरहेको बताइन्छ। त्यही योजनाअन्तर्गत केपी ओली तीन दिनअघि भारत गएका छन्। यसअघि पनि सुजाता र केपी पटक–पटक भारत गएर आफ्नो लाइन मिलाउने प्रयासमा लागेका थिए। उनीहरु अझै पनि आफ्नो अभियानमा निराश नभएको बताइन्छ। त्यसका निम्ति संविधानसभामा आफू निकट सभासद्लाई राजीनामा गराई आफू सभासद् बन्ने तथा भारततिर लाइन मिलाउँदै गर्नेमा उनीहरु जुटिरहेका छ्न्।

पछिल्ल्लो समयमा उपराष्ट्रपति सपथ प्रकरणलाई लिएर सरकारले गरेको निर्णयप्रति सत्ता गठबन्धनमै रहेका मधेसवादी दल असन्तुष्ट देखिनु र प्रधानमन्त्री माधव नेपाल र गिरिजाप्रसाद कोइरालाबीचको सम्बन्ध चिसिनुलाई पनि सरकार खतरामा पर्ने संकेतका रुपमा लिइँदैछ भने प्रधानमन्त्रीको कार्यक्रममा माओवादीले कालो झण्डा देखाउने र कांग्रेस मन्त्री सामेल नहुने क्रम जारी छ।


2 Responses to “यस्तो छ सरकार ढाल्ने गोप्य खेल”

  1. B.Gautam Says:

    mikaa k prima volta cosi????????????’ ma va ……lo va

    Like

  2. shrestha Says:

    bichara madhav ji,balla talla paeko kursi pani khosne bhaisakyo.hey bhagawan………. koi he bachaneke liye.sayad Rakesh sudh hoga guhaar guhaar.

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: