सरकार गठन र विघटनमात्र समाधान होइनः प्रचण्ड

सरकार गठन र विघटनमात्र समाधान होइनः प्रचण्ड
समुद्रपारि डट कम सम्वाददाता
८ सेप्टेम्बर, ०९ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन र विघटनमात्र राजनीतिक समस्याको समाधान नभएको बताउनुभएको छ ।
नेपालगन्जबाट काठमाडौं र्फकनेक्रममा आज स्थानीय राझा विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष दहालले भन्नुभयो- ‘सरकार त हाम्रो दलले दुई घण्टामै ढाल्नसक्छ, तर त्यो मात्र सम्पूर्ण समस्याको समाधान भने होइन ।’
संसद गतिरोधको मुख्य कारण वर्तमान अप्राकृतिक गठबन्धन सरकार नै भएको भनाइ राख्दै उहाँले संविधान संशोधन गरेर भए पनि नागरिक सर्वोच्चतालाई सम्बोधन गर्न सरकार र राजनीतिक दल सहमतिमा आउनुको अन्य विकल्प छैन भन्नुभयो ।
अध्यक्ष दाहालले आˆनो दलले नागरिक सर्वोच्चताका विषयमा संसदमा दर्ता गरेका सङ्कल्प प्रस्तावको जुनरूपमा पनि छलफल गर्न एकीकृत नेकपा (माओवादी) तयार रहेको बताउँदै भन्नुभयो- नागरिक सर्वोच्चताको बहसलाई टुङ्गोमा नपुर्‍याएसम्म राजनीतिक सहमति निर्माण हुनसक्दैन ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले उपराष्ट्रपतिको मुद्दा पनि संविधान संशोधनबाटै टुङ्गो लगाउन सकिन्छ भन्नुभयो ।

८ सेप्टेम्बर, ०९ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन र विघटनमात्र राजनीतिक समस्याको समाधान नभएको बताउनुभएको छ ।नेपालगन्जबाट काठमाडौं र्फकनेक्रममा आज स्थानीय राझा विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष दहालले भन्नुभयो- ‘सरकार त हाम्रो दलले दुई घण्टामै ढाल्नसक्छ, तर त्यो मात्र सम्पूर्ण समस्याको समाधान भने होइन ।’संसद गतिरोधको मुख्य कारण वर्तमान अप्राकृतिक गठबन्धन सरकार नै भएको भनाइ राख्दै उहाँले संविधान संशोधन गरेर भए पनि नागरिक सर्वोच्चतालाई सम्बोधन गर्न सरकार र राजनीतिक दल सहमतिमा आउनुको अन्य विकल्प छैन भन्नुभयो ।अध्यक्ष दाहालले आˆनो दलले नागरिक सर्वोच्चताका विषयमा संसदमा दर्ता गरेका सङ्कल्प प्रस्तावको जुनरूपमा पनि छलफल गर्न एकीकृत नेकपा (माओवादी) तयार रहेको बताउँदै भन्नुभयो- नागरिक सर्वोच्चताको बहसलाई टुङ्गोमा नपुर्‍याएसम्म राजनीतिक सहमति निर्माण हुनसक्दैन ।पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले उपराष्ट्रपतिको मुद्दा पनि संविधान संशोधनबाटै टुङ्गो लगाउन सकिन्छ भन्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: