राष्ट्रपतिले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी पदीय जिम्मेवारी दुरुपयोग गरेःबाबुराम भट्टराई

नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी पदीय जिम्मेवारी दुरुपयोग गरेको आरोप लगाए।किराँत जनराज्य आन्दोलन अन्तरगत आइतबार उदयपुर सदरमुकाम गाइघाटमा एकीकृत नेकपा माओवादीद्धारा आयोजित जनसभामा बोल्दै डा. भट्टराईले राष्ट्रपतिको सोही कदमका कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताए।उनले राष्ट्रपतिको असंवैधानिक कदमको समर्थन गरेर नेकपा एमाले र कांग्रेसले एतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन।

भट्टराईले माधव नेपाल नेतृत्वको सरकार चाँडै ढल्ने ठोकुवा गर्दै आफ्नो पार्टी नेतृत्वको संयुक्त राष्ट्रिय सरकार गठन हुने घोषणा समेत गरे। जनसभामा बोल्दै माओवादीका पोलिटव्यूरो सदस्य एवम् पूर्व शान्ति मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले आफ्नो नेतृत्वको सरकार ढाल्ने एमाले र कांग्रेसलाई त्यसको परिणाम भोगाएरै छाड्ने बताए। माओवादीलाई शान्ति प्रक्रियाबाट बाहिर लगि सशस्त्र द्वन्द्वमा फर्काउन देशी विदेशी तत्वहरुले बनाएको योजना असफल गराएरै छाड्ने शर्माले बताए।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: