जहाज खरिदको प्रक्रियाससँगै हवाई माफियाको चलखेल तीव्र


जहाज खरिद प्रक्रियाको तीव्रतासँगै मोटो रकम कमिसन बटुल्ने आशमा बसेका हवाई माफियाहरूको एक समूहले पनि यसबीच आफ्नो चलखेललाई भित्रभित्रै अगाडि बढाएको छ। जुन जहाज अर्थात् अमेरिकन र युरोप कम्पनीको जुन जहाज खरिद गर्दा बढी कमिसन आउँछ, त्यही जहाज खरिद गर्ने योजनामा कार्यकारी कंसाकारको समूह लागिपरेको छ।

यसैबीच हवाई माफियाको एक समूहले कार्यकारी कंसाकारलाई मात्रै होइन, पर्यटनमन्त्री शरदसिंह भण्डारीलाई समेत आफ्नो प्रभावको घेरामा पारिसकेको स्रोतले बतायो।
निगमलाई जहाज बिक्री गर्नका लागि अमेरिकाको प्रमुख जहाज उत्पादक कम्पनी नेपाल आइसकेको छ। ती अधिकारीहरूले एक साताअघि निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसँग भेटघाट गरेका थिए। कंसाकारको संयोजकत्वमा ‘नयाँ जेट विमान खरिदसम्बन्धी उपसमिति गठन गरेको छ। यसैबीच आजभोलि नै युरोपको जहाज उत्पादक कम्पनी एयरबसका अधिकारीहरूसमेत आउने भएका छन्।
बोइङ र एयरबसले जहाज बिक्री गर्नका लागि हालको प्रस्तावको म्याद भाद्र महिनाको दोस्रो सातासम्म रहेका कारण निगम व्यवस्थापनले सो म्याद असोजको दोस्रो सातासम्म थप्न दुवै कम्पनीलाई तीनसाता अगाडि पत्र पठाएको थियो।
निगमले दुई ठूला जहाज किन्न गत २०६५ चैत २५ मा मागेको टेण्डर गत जेठ ८ गते खोलेको थियो। नियमतः टेण्डर खोलेको एक साताभित्र जहाज खरिद सम्बन्धमा निर्णय गर्नुपर्दथ्यो। तर, निगममा भएको यसबीचको अस्वस्थ चलखेलका कारण जहाज खरिद प्रक्रियामा ढिलाइ हुन गएको हो।
गएको दुई दशकमा निगमले एउटा पनि जहाज खरिद गर्नसकेको छैन। बोइङले ४ करोड २० लाख अमेरिकी डलरमा एउटा न्यारो बडी र एयर यसले एउटा न्यारो बडीलाई पनि बोइङ सरहरकै मूल्य र एउटा वाइड बढीलाई करिब ९ करोड ५० लाख डलरमा बिक्री गर्ने प्रस्ताव गरेको सम्बद्ध स्रोतले जानकारी गरायो।
यसरी लम्बियो
पर्यटनमन्त्री शरदसिंह भण्डारीको कमिसनमुखी कार्यशैलीका कारण नयाँ जहाज खरिदको प्रक्रिया लम्बिएको निगमका एक उच्च अधिकारीले बताए। उनका अनुसार मन्त्री भण्डारीले जहाज खरीद प्रक्रियामा रहेको वायुसेवा निगमको कर्मचारी संयन्त्रमा जहाज खरीद प्रक्रिया अगाडि बढाउने वातावरण सिर्जना गर्नुपर्नेमा मन्त्री भण्डारीले त्यसको उल्टो कार्यकारीमा सुगतरत्न कंसाकारलाई ल्याएर उल्टै निगमको कर्मचारी संयन्त्रका बीचमा प्रतिकूल वातावरण उत्पन्न गरिदिएका कारण जहाज खरिदको प्रक्रिया लम्बिएको हो।
नोक्सानी
जहाज अभावका कारण नेपाल वायुसेवा निगमले दिनहुँ ठूलो परिमाणमा नोक्सानी व्यहोर्दै आएको छ। निगमसँग भएको एउटै मात्रै जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ भने ग्राउण्डेड जहाज मर्मतका लागि गएका कारण पनि निगमले आफ्नो उडान सेक्टरहरू गुमाउँदै गएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि पर्याप्त मात्रामा जहाज नभएको लामो समय भइसक्दा पनि निगमले जहाजको अभावलाई पूर्ति गर्न नसकेका कारण निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा क्रमशः यात्रुहरू गुमाउँदै गएको छ। यसबीच निगमले जहाज अभावका कारण उडान सेक्टरहरू घटाउन बाध्य भएका कारण विस्तारै निगमले आफ्ना यात्रुहरू गुमाउँदै आएको छ। जसले गर्दा निगमले ठूलो परिमाणमा नोक्सानी व्यहोर्न बाध्य भएको छ।
सधैं चर्चामा
०४६ सालको राजनीतिक परिवर्तनपछि निगम सधैं चर्चामा आउने गरेको छ। निगमभित्र भएका गतिविधिले राष्ट्रिय चर्चाको महत्त्व पाउँदै आएको छ। ०४६ सालको परिवर्तनपछि एकप्रकारले भन्ने हो भने निगम सधैं राष्ट्रिय चर्चाको केन्द्रमा तानिँदै आएको छ।
यसबीचमा लाउडाकाण्ड, धमिजाकाण्ड, चेज एयरकाण्ड, बीटीआर काण्डलगायत निगमको बहुचर्चित आर्थिक घोटलाका काण्ड हुन्। प्रायः यी सबै काण्डमा निगमसँग सम्बन्धित रहेका विभागीय मन्त्रीहरू तानिएका छन्, मुछिएका छन्। निगमभित्र हुँदै आएको हरेक काण्डले राष्ट्रिय चर्चा पाउँदै आएको छ। यसपटक पनि निगमले नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएका कारण निगमले कस्तो जहाज कसरी खरिद गर्ला भन्ने आमचासो बढेको छ।
परिवर्तनसँगै फेरबदल
०४६ सालको राजनीतिक परिवर्तनसँगै निगममा कार्यकारी परिवर्तनको खेल सुरु भएको छ। सरकारमा आएका हरेक विभागीय मन्त्रीहरूले निगमको प्रमुख परिवर्तन गर्ने एक प्रकारको प्रचलन नै सुरु गर्दै आएका छन्। पछिल्लो समयमा नेकपा (माओवादी) सरकारकी पर्यटनमन्त्री हिसिला यमीले पनि सो परम्परालाई निरन्तरता दिइन्। र, ऐनबमोजिम चार वर्षका लागि नियुक्त क्याप्टेन केवी लिम्बूलाई अवकाश दिई उनले सो ठाउँमा सुगतरत्न कंसाकारलाई नियुक्ति गरिन्। त्यसको विरुद्धमा लिम्बुले सर्वोच्च अदालतमा मुद्दा दायर गरे। सर्वोच्च अदालतले लिम्बूलाई सामान्य पुनर्बहालीको आदेश मात्र दिएन, पेसाले क्याप्टेन लिम्बूलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा यथास्थानमा बाँकी समयका लागि काम गर्नु/गराउनु भनी मन्त्रिपरिषद्, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालय सञ्चालक समिति, नेपाल वायुसेवा निगम र नेपाल वायुसेवा निगमलाई आदेश गरिदियो।
निगम डुबाउने कला
सर्वोच्च अदालतले लिम्बूलाई कार्यकारी अधिकारसहित निगमको महाप्रबन्धक बनाएपछि पर्यटनमन्त्री भण्डारीले सर्वोच्च अदालतले गरेको निर्णयको समेत अपमान हुनेगरी सुगतरत्न कंसाकारलाई अगाडि बढाएको निगमका कर्मचारीहरू बताउँछन्।
खाने र खुवाउने कलामा माहिर मानिएका कंसाकारले मन्त्री भण्डारीले पैसाको प्रभावमा पारेर निगमको कार्यकारी अध्यक्ष बन्न सफल भएका हुन्। नयाँ जहाज खरिदमा मोटो रकम कमिसन बुझाउने सर्तमा मन्त्री भण्डारीले कंसाकारलाई कार्यकारी अध्यक्ष बनाएर निगमभित्र नौलो कर्मचारीहरूका बीचमा विवाद खडा गरेको बताइन्छ। नेपाल वायुसेवा निगम ऐन २०१९ अनुसार निगमका एकजना मात्र कार्यकारी प्रमुख रहनसक्ने हुँदाहुँदै ऐनको समेत प्रतिकूल हुनेगरी महाप्रबन्धक हुँदाहुँदै कार्यकारी अधिकृत नियुक्त गर्नु गैरकानुनी भएको निगमका कर्मचारीहरू बताउँछन्।
फेरि विवाद
दुई साताअघि सर्वोच्च अदालतले केबी लिम्बूलाई नै पुनः कार्यकारी प्रमुख भएको अन्तिम आदेश दिएको छ। र, सोही आदेशले केही दिनअघि लिम्बूलाई नै महाप्रबन्धकको हैसियतले निगममा काम गर्न नदिएर पर्यटन मन्त्रालयमा सरुवा गर्ने मन्त्रालयको निर्णयलाई समेत बदर गरेको छ।
त्यसरी नै अदालतले मिति ०६६ जेठ १८ मा सर्वोच्च अदालतले जारी गरेको लिम्बूको मुद्दामा दिएको उत्पे्रषण, परमादेशको आदेशलाई यथावत राख्दै महाप्रबन्धक लिम्बूले नै सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्न पाउने आदेशसमेत दिएको छ। एउटा कार्यकारी नियुक्त भएर काम गरिरहेको अवस्थामा विभागीय मन्त्री शरदसिंह भण्डारीले अर्को कार्यकारी नियुक्त गरेर निगमलाई विवादको घेरामा तान्ने काम गरेको निगमका अधिकारीले बताए। ती अधिकारीका अनुसार भण्डारीले पैसामोहलाई केन्द्रमा राखेर कंसाकारलाई कार्यकारी अध्यक्ष बनाएकै कारण विवाद उत्पन्न भएको हो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: