हिजो नपढी पछुतो आज पढी पछुतो

गणेश शाह

घोराही दाङ
यो पङ्तिकार जन्मिएको बि सं.२००६साल र नेपालमा प्रजातन्त्र जन्मिएको ००७ साल नेपालको प्रजातन्त्र यो पङ्तिकार जत्ति पनि बूढो हुन सकेन । ने.का. ले शिसु प्रजातन्त्र भन्दा भन्दै कचल्टिएछ । न ऊ किशोर न युवा न प्रौढ । बामपुड्के छँदा छँदै बूढो भैसकेछ बिचरो । भन्न खोजिएको कुरो अर्कैतिर मोडिएला । खास कुरो यो हो । त्यति खेर कस्तो थियो त नेपालको पहाडी भेगको अति दुर्गम जिल्ला रुकुमतिरको शैक्षिक अबस्था त्यस बेला यो जिल्ला सल्यान अन्तर्गत नै थियो । मैले थाहा पाएसम्म कसै कसैले गुरु पुरोहितका घरमा गएर बाह्रखरीसम्म पढ्थे त्यतिभए जीवन भरिलाई पुग्थ्यो त्यति बेला । जब जमाना छिप्पिँदै गयो पढाइको महत्व बुझिँदै गयो अरु पढ्न नपाएकोमा मानिस पछताउदै गयो ।
२०१०सालमा रुकुमकोटमा जनताद्वारा भरखरै स्थापित प्राथमिक पाटशालाले त्रिभूवन पब्लिक प्राइमरी स्कूलूको नामबाट स्वीकृति पाएको रहेछ । त्यसै स्कूलबाट मैले कक्षा पाँच पास गरेको थिएँ । यही हो मेरो जिवनको पहिलो र अन्तिम औपचारिक शिक्षा । मलाई पढ्ने अति इच्छा थियो तर त्यो भन्दा माथि पढ्नका लागि या त बाहिर जानु पथ्र्यो या त थन्किनु पर्दथ्यो । त्यसैले म थन्किएँ । किनभने मेरो बुबा एक शाह परिवारमा जन्मिए पनि भातको क्रममा उपल्नो चौलामा बस्न नपाउने भित्रेनी पट्टिको रे । रानी तिरका छोराले मात्र पढ्न पाउने त्यस बेला मेरा बुवाहरु असाक्षर नै रहनु भएछ । सात साल पहिलॆ जन्मिएका मेरा दाजुहरु औंठा छाप थिए । मेरो अनुभवमा म ठकुरी परिवारको अत्यन्त शोषित पीडित शाह हुँ । शाह भन्दा जे जस्तो तजमल बुझिन्छ त्यस्तो शाह परेन म ।
शैक्षिक योग्यता यति मात्र भए पनि मैले यो जात भातको भेद भाव असल कमसलको मान्यता बिरुद्ध सडकमा आउन चाहन्थें । पारिवारिक दवाबका कारण मैले अर्घेलो गर्न सकिन त्यसैले मेरा तिता अनुभुतिहरु धेरैलाई आज रमाइला दन्त्यकथा झैं लाग्न सक्छन् । अवसरहरु उपभोग गर्न चाहेको भए पाचायती काल मेरो निम्ति स्वर्ण काल हुन्थ्यो तर कुन्नी किन हो मलाई पाचायतको छेवै मन परेन । छ्यालिस सालसम्म शुद्ध मतदाता रहेको मान्छे म अठचालिसदेखि केही बर्ष एमाले दाङमा रहेर काम गरें । महाकली सन्धी र पार्टी बिभाजनले मेरो आफ्नो पार्टीप्रतिको आस्था पानी सरह चुहिँदै गयो र ०६१देखि कुनै राजनैतिक दलको सदस्यता नलिने अठोट गर्दै स्वतन्त्र बामपन्थी हुन पुगें । अब नेपालका सम्पूर्ण बामपन्थीहरु एक ढिक्का भएको देख्न चाहन्छु ।

यहाँ यति बिलौना गर्नुको आसय के हो भने मेरो आधा उमेरदेखिको उकुस मुकुस कुनै साचार माध्यमद्वारा प्रकाशित गराउन नसकेकॊ पीडा । एक दिन बरिष्ठ पत्रकार तथा साहित्यकार गुरु श्री नारायणप्रशाद शर्माज्यू हाल पे्रसकाउ िन्सल नेपालका अध्यक्षले मेरा गन्थन ध्यानपूर्वक सुनिदिनुभयो । त्यसपछि मलाई केही लेख्नका लागि पटक पटक हौसला दिनु भयो । साथै आफ्नो पत्रिका युगबोध राष्ट्रिय दैनिकबाट मेरा रचनाहरु प्रकाशित गरिदिएर वास्तबमा नै म वहाँप्रति कि्रतार्थ हुने मौका पाएँ । मैले एमाले परित्याग गर्दासम्म यो पार्टी नेपालका अन्य कम्युनिष्ट पार्टीको तुलनामा ढुल्मुले नीति राष्ट्रिय हीत बिपरितको चरित्र नेताहरु महत्वाकांक्षी स्वार्थी र पदलोलुप हुदै गएको पाएँ । एउटा इमान्दार कम्युनिष्ट कार्यकर्ताले यो पार्टीको सदस्य भएर काम गर्नु अपराध हो जस्ता लाग्यो ।

तैपनि कहिले कसो लाग्थ्यो कतै मैले अलि बढि सोचें कि तर ०५४सालमा पुटको पीडा भोगेर पुनः एकिकृत हुन पुगेकॊ पार्टी आज फेरी नेताहरुमा निर्लज्जतापूर्वक गोरु जुधाइको अबस्था देख्दा मैले गरेको आत्म निर्णय उचित जस्तो लाग्छ । जनताले कति दुख पाइसके आर्थिक तथा सामाजिकरुपमा देश धेरै तल झरि सक्यो । जनताले रगत बगाएर स्थापित गरेको संबिधानसभाले नयाँ संबिधान लेख्न बाँकी नै छ । आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । बिस्तारवादी बैरीले चारैतिरबाट देशको सिमाना चपाइरहेको छ । यस्तो बेला युद्धबाट शान्ति प्रकि्रयामा आएको बिद्रोही पार्टीलाई एक्ल्याउने जिस्क्याउने हेपेर जथाभाबी बोल्ने जनमुक्ति सेनालाई अहिल्यै शिबिर छोडेर युद्धतिरै जाउँ जस्तो गराउने र आपुहरु पनि आपसमा गुट र पुट गरेर शडकमा छताछुल्ल हुने ।

यस्ता दलहरुको अबस्था र देशको भताभुङ्ग चाल देख्दा युवाहरु पढेर पछताएका होलान जस्तो लाग्छ । एस एल सी गर्ने बित्तिकै बरु सिकर्मी डकर्मी जस्ता प्राबिधिक शीपतिर लागेको भए सानोतिनो जागिरी मज्दुरी गरेकोभए पनि यतिन्जेल रस्तिबस्ति भैसक्थ्यो होला पढ्दैजाँदा डिग्री डिप्लोमा त गरियो जागिरीको छेउ टुप्पो छैन । पढाइ खर्चको रीणले टुप्पी लाघिसक्यो । शीपको नाममा चामल पाए भात पकाउन जानिन्न । न त यति पढेर पल्लेदारी गर्न सुहाउँछ । यस कारण एमालेका नेतालाई राजनीति गरी पछुतो भए जस्तै युवाहरुलाई आज पढि पछुतो भएको पनि होला भन्ने लाग्छ ।

एमाले पक्षधर लेखक स्तम्भकार अथबा साचार कर्मीले जतिसुकै ढाकछोप गरे पनि आन्तरिक रुपमा अब नेकपा एमाले सिसाको गमला झैं चक्नाचूर भैसकेको रहेछ । घोसित रुपमा छर्पस्ट हुन मात्र बाँकी छ । केपी जीको भाषा अभिब्यत्ति वहाँको चर्तिकला उदण्ड स्वभाव जस्ता कुराले एमाले त बर्बाद भयो नै तर वहाँको भुमिकाले राष्ट्रले समेत बेला बेलामा धक्का खानु पर्यो । बिदेशीले राम्रो खेलाही फेला पारेका रहेछन् केपी ग्रुपमा । अब केही समय पछि नेकपा एमाले पनि सिपी जीको मालेकै साइजमा पाउने छन् बचेकुचेका कार्यकर्ताले ।

त्यसैले झलनाथ र बामदेब जस्ता कम्रेडहरु जग भत्किएको बल्खु दरबारको रङ्गरोगन हेरेर थालबाट कटौरा भइ बसी रहन उचित छैन जस्तो लाग्छ । बरु स्वतन्त्र बाम नेता भएर काम गर्नु बेस होला । जसबाट तपाईंले सोचे जस्तै स्वतन्त्र स्वाभिमान र समुन्नत नेपाल बनाउन चाहेका दल नागरिक समाज स्वतन्त्र बुद्धिजीबि र इमानदार जनताहरुलाई मदत पुगोस यसो गर्दा तपाईंहरुको इतिहास पनि राम्रो बन्न सक्ला । २०६६ भाद्र १५

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: