६०१ जना माननिय सभासद, नयाँ नेपालको सिमाना खै ?

-राम कृष्ण श्रेष्ठ
सर्ब प्रथम त आदरणीय दाजुभाई तथा दिदी बहिनिहरु र प्यारा बैदेसिक रोजगारमा सुखको सपना बोकी बिदेशिएका संपुर्ण मित्रहरुमा महान चाड बिजयादशमी दिपावली र रमाजान ईदको शुभ उपलक्ष्यमा देश बिदेशमा छरिएर रहेका नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा सुख शान्ति र सम्बृद्धिको कामना गर्दै दुई चार अक्षर कोर्दैछु त्रुटी भएमा क्षमा चाहान्छु । हुन त सबैले भन्छन् शान्ति चाहियो सुख चाहियो तर सुख शान्ति पाउनका लागी सबै भन्दा पहिले अहंकार अभिमान र धमण्डीपना लाई बिसर्िएर कटु स्वार्थलाई छाडेर आ आपुनो स्थान बाट नेपाल र नेपालीको कसरी हित हुन्छ भन्ने सोची मुल कर्तव्य लाई सबैले पालना गर्न जरुरी छ । हामी प्रवासमा रहेका प्रदेशीहरुले त आफुले गर्नु पर्ने कर्तव्यलाई भोकै तिर्खै घाम पानी हुरी बतास र पारीबारिक बिछोड सहेर पनि प्राण भन्दा प्यारो गाउँ घरजन्मभुमी देश नेपाल लाई स्वर्ग भन्दा पनि सुन्दर देख्ने ईच्क्षा अभिलाषा लिएर आपुनो कर्तव्यमा लागी परेका छौ ।नयाँ नेपाल बनाउन जमर्को गरीरहेका हाम्रा ६०१ जना माननिय सभासद् सम्पुर्ण नेपाल लाई सुन्दर शान्त बनाउने कर्मचारी बुद्धिजिबी तथा देशपे्रमीहरुको ध्यान आर्कषण गराउन चाहान्छु । त्यसै त भु परिबेष्ठीत र सानो दुइ ढु¨ा बिचको तरुल भनिएको हाम्रो देश नयाँ नेपाल बनाउने व्रुममा हिमाल पहाड तराई बिभिन्न जात जाति बिभिन्न भाषा भाषी भन्दै देशलाई छिया छिया पारेर टुव्रुाउन त खोजिएको हैन बडो गंभिर भएर समयमै सोच्नु पर्ने भएको छ ।एकातिर भनिन्छ हामी नेपालीको मुटु एकै हो काटे रगत आउछ रगत सबैको रातो हुन्छ नर नारी सबै एउटै हौं तर दुई बर्ष भित्र नयाँ संबिधान निर्माण गर्छौ देशमा शान्ति ल्याउछौं गाँस बास कपास शिक्षा स्वास्थ र रोजगारी जस्ता नेपालीका आधारभुत आवश्यक्ता लाई पुरा गर्छौ सबै नेपाली एक ढिक्का हुनेछौ आपसमा मेलमिलाप र सदभाव राखी प्राण भन्दा प्यारो देशलाई स्वर्ग भन्दा पनि सुन्दर बनाउने प्रण गरी सपथ लिएका जिम्मेवार व्यक्तिहरुको मार्ग दर्शन खै के यहि हो सपथ ग्रहणको परिभाषा ?पुर्ब टिस्टा देखी पश्चिम मा कांगडा सम्म फैलिएको नेपाल आज साघंुरिदै कालापानी र सुस्ता लगायत बिभिन्न ठाउँ मा अतिव्रुमण भईरहेको छ नेपाल आमाको मुटुमा किला ठोकिदै छ जन धनको सुरक्षा छैन बन्द हडताल आगजनी लुटपाटले देश अस्तव्यस्त छ ।
जल श्रोतको धनि देश हाम्राे पिउनको लागी पानी छैन लोड सेडिङ्गको मारमा छौं दिनको १० घण्टा बिजुली प्राप्त हुन्छ लाखैं नेपालीले प्रत्यक्ष रोजगारी पाएका उधोगधन्दा कलकारखाना बन्द छन् नेपाली जनता महंगीको चपेटामा परेका छन स्वास्थ चौकीमा औषधी छैन सामान्य झाडा पखाला जस्तो रोगले महामारी को रुप लिदा सम्म सरकारमा पुगेकाहरु मुकदर्शक बनेर जन स्वास्थ्य माथी खेलबाड गरिरहेका छन। शिक्षा आर्जन गर्ने शिक्षण सस्थाहरु बिभिन्न बहानामा बन्द छन संचार क्षेत्रमा आव्रुमण भैरहेको छ । बिश्व समुदायले नेपाल र नेपालीको भूत र वर्तमानमा भईरहेका कामको मुल्याङ्कन छर्ल¨ ऐनामा जस्तो हेरिरहेका छन् भने भगवान गौतम बुद्धको मार्ग दर्शन सुख शान्तीको बाटो अबलम्वन गरेको खै त आजका महान नेताहरुको तौर तरिका महान कर्मचारीहरुको काम गराइको शैली गरिब निमुखा जनताको उज्वल भबिष्य कसरी हुने हो किसानहरु सबै तिर बाट अपहेलित छन् समयमा बिउमल छैन ऋण सुबिधा न्यून छ ।
देशको आम्दानी भन्दा कैयौ गुणा ज्यादा नेता र कर्मचारी संघ सस्था को तलब भत्ता मा खर्च छ देश ऋणले चुर्लुम्म डुव्दैछ भने दुई वर्ष भित्र निति निर्माण संबिधान बनाउन देशलाई शान्ती र सम्बृद्धी बनाउन प्रतिक्षा गरेका ूकर्मठ महान नेताहरुू लाई सपथ खाएको संम्झना कस्ले दिलाउने अव यिनिहरुको हरेक ईसारा मा लाग्ने कि नलाग्ने सोच्ने बेला आएको छ ।
यदी हामी नेपाली ले प्राण भन्दा प्यारो देश नेपाललाई स्वर्ग जस्तो बनाउने हो भने हामी सबै एक ढिक्का भएर फुटेर होइन जुटेर देश निर्माण मा लाग्नु छ । त्यसैले त प्रवासमा रहेका संसार भरि छरिएर रहेका गैर आवासिय प्रदेशिहरुले हामी नेपाली हौं नेपालको लागी केही गरौ भन्ने प्रण गरी नेपाल र नेपालीको उन्नती र गरिमामय लाई सदा उच्च राख्न प्रत्येक गाँउ घर जिल्ला जिल्ला मा सानातिना बिकाशका योजना कार्यान्वयन गर्ने उदेश्यले सबै एन।आर।एन। मा आबद्ध भई नेपाल आमाको सपना पूर्ण गर्न सकौं भन्दै आपुना दुई शव्द लाई टु¨याउछु ।

जय नेपाल जय नेपाली ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: